Celebrating Bada Dashain 2070 Festival with family is truly a blessing that encapsulates the essence of love, tradition, and togetherness. The joyous atmosphere is adorned with laughter, feasts, and the exchange of blessings, creating cherished memories that strengthen familial bonds. The significance of Dashain extends beyond religious observance; it becomes a precious time when generations unite, sharing stories, partaking in festive meals, and relishing the warmth of familial ties. In these moments, the festival becomes a heartfelt celebration of love, unity, and the enduring blessings of family.
Please Keep Calm, Smile And Take a Photo💖
Because, photograph is the pause button of life
Dear Nature, why R U so amazing? Can I kiss you?💖
I found, Nature always wears the colors of the soul
From classroom to career: story of my first job of my life
मेरो जीवनको पहिलो जागीरको बारेमा एउटा रोमान्चक कहानी छ जसले मेरो जीवनको पहिलो जागीरको अनुभवलाइ जीवन्त बनायो । म काठमाडौंको सोर्हखुट्टेमा रहेको सिग्मा कलेजमा भर्खरै ११ कक्षा पास भएर कक्षा १२ मा पढ्दै थिए । हाम्रो पढाइ दिउसोकाे थियो । अझै पनि मलाइ याद छ, मेरा घनिष्टतम साथिहरू विज्ञान, बिजय, गणेश, सिर्जना, करूणा, बालकृष्ण, फुरी, कुमार, शिला, मनिसा लगायत थिए ।
एक दिन विहानै सोर्हखुट्टे गणेशमन्दीर छिर्ने गल्लीको बाँयातर्फ रहेको पहिलो बिल्डिङको दोस्रो तलामा अवस्थित ग्लोब एजुकेशनल इन्सटिचिउटको अफिसमा म हाँजीर गर्दै थिए । अचानक, हामीलाइ कलेजमा अंग्रेजी पढाउनुहुने गुरु त्यही टुप्लुक्क आइपुग्नुभयो । उबेला गुरुलाइ कक्षाकोढामा भन्दा बाहीर अन्यत्र भेट्दा सातो जान्थ्यो, हामी डराउथ्यौं, डरै डरमा नमस्कार सर भने मैले पनि । तब सरले सोध्नुभयो, अरे भीम तिमि यहाँ के पढ्न आएको ? तब मैले लजाउदै लजाउदै भने- म यहाँ कम्प्यूटर टिचरकोरूपमा विगत ४ महिनादेखि काम गरिरहेको छु । मैले यहाँ कम्प्युटर सिक्न वा पढ्न आउनुहुने विद्यार्थीहरूलाइ बेसीक कम्प्युटर र ग्राफिक्स डिजाइनीङ सिकाउछु भनें । अनि, मैले सोधे- हजुर चै यहाँ के कामले पाल्नुभएको थियो सर ? सरले भन्नुभयो, म पनि यहाँ आइएलटिएस पढाउछु । हस सर म क्लासमा गए भनेर म मेरा विद्यार्थीहरू आइसक्नुभएकोले क्लासतर्फ लागे । पढाइ सकेर दिउसो कलेज गए । कलेजमा हाफ टाइम पछि जब सोही अंग्रेजी सरको क्लास शुरू भयो, तब शुरूमै सरले कडा स्वरमा सबैले होमवर्ग गरेर ल्याएका छौ नि भनेर सोध्नुभयो । धेरैले होमवर्क गरेर नल्याएका तर मैले भने होमवर्क गरेर ल्याएकोले सरले भन्नुभयो तिमारू अल्छीहरूले गरेर खादैनौ । हेर, भीम विहान विहान कम्प्युटर टिचरको रूपमा जागिर खान्छन, पढाउन जान्छन र पनि होमवर्क गरेर ल्याएकाछन, तिमारू अल्छीहरू घर गयो खायो, सुत्यो, उठ्यो, खायो अनि आयो भनेर रिसाउदै भन्नुभयो ।
यसरी सरले मेरो प्रशंसा गर्नुभएपछि मेरो नाम फुलिएर ठुलो भयो । मेरा साथिहरूले म कम्प्युटरको अलिक पारखी छु भन्ने थाहा पाए । त्यसपछि उनिहरूका विभिन्न असाइनमेन्टहरू, डकुमेन्टेसनका कामहरू लगायत विभिन्न कामहरू मलाइ गरिदेउ है भीम भन्थे, मैले पनि निशुल्क गरिदिन्थे । मलाइ टाइपिङ गर्न, डिजाइन गर्न, वा केही काम गर्न अरूले जति धेरै दिएपनि जिम्मेवारीपूर्वक निशुल्क गरिदिन्थे ताकी मैले मेरो स्कील र स्पीड विकास गर्न सकु । मेरो यो २०१० ताकाको कलेज स्मृतीहरूलाइ अहिले २०१३ मा पुनर्ताजगी गरेर मेरो ब्लगमा अभिलिखित गरे।
स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे
आजको दिन मेरो जीवनको ब्लगिङ यात्राको शुरूवाती पहिलो दिन । मिति २०६९ साल फागुन १५ गते मेरो जन्मदिन कै दिन surprisingly मेरो नामको डोमेन www.bhimprasad.com.np नेपाल सरकारको डाटाबेसमा सफलतापूर्वक दर्ता भएर मैले आफैले डिजाइन गरेको ब्लगसाइटमा यो पहिलो ब्लग साझा गर्न पाउँदा मलाई बहुत खुशी लागेको छ । आजको आजै तात्तातै खासै केहि लेख्ने कुरा भेटीन । म एक कवि मनको विद्यार्थी भएको हुनाले यहाँहरू सामु मैले गत दशैमा गाँउ गएको बेलामा गाउँ घरको भीरपाखामा बाख्रा चराउन जादा रचना गरेको एक कविता प्रस्तुत गर्दै छु !
"स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे"
आज म गाँउमा छु ।
धेरै वर्ष पछि आज म,
पुनः गोठालो आएको छु ।
बचपनमा घरबनाइ खेलेको ती ढुङ्गा-माटोहरू,
लहरा समातेर पीङखेलेको त्यो रिफेल चौतारो,
त्यो ढकाल चौतारो, त्यो मास्लो चौतारो;
स्कुलबाट भागी भागी पौडी खेल्ने बुडी गंगाको त्यो खाडी,
र सिङखोलाको त्यो दुईकापे हाँडे रूवा,
डन्डिबियो खेल्ने ती निस्नेखेतको खलेगरा,
मोजामा कोदोको भुस कोचेर
फुटबल खेलेका टारका ती ठुला गराहरू,
दिदीबैनिसग खुट्टी र गट्टा खेलेका ती आँगनहरू,
खोपी, ढ्याक र गुच्चा खेलेका घरका ती कर्साहरू,
लुकी र ढ्यापलगाइ खेलेका गाँउका ती गल्लीहरू,
हाफछुट्टीमा चुङ्गी र भालेजुदाइ खेल्ने डाँडास्कुलको त्यो चौर,
सबै सबै यथावथ रहेछ, मलाई सम्झिरहेको रहेछ ।
मलाइ पर्खिबसेको रहेछ ।
लोक भाकाहाल्दै, सिटी बजाउदै, पात बजाउदै,
घाँस दाउरा र गोठालो गरेका ती छत्यौनपाखा र निस्नेका भीरहरू,
अनि, मेलापात गरेका ती खेत खलियानहरू,
सिम्लेखेत, चालिसे खेत, निस्ने खेत, टार खेत,
सबै सबै, जस्ताको तस्तै मलाई कुरीरहेका रहेछन ।
बादर लखट्ने टारी र ठुलटारखोला अझैं पनि छदै छ रहेछ ।
गाउबेसी, उकाली वराली, अझैपनि रहेछ ।
वायखोलाका एैसेलुका झ्याङहरू, खाडीका बयरघारी,
सानटारखोलाको अमराका रूखहरू,
र नीस्नेभीरको अमला र भलायोहरू,
अझैपनि फलिरहेकै रहेछन ।
असार लागेपछि हामीले हल्लाउने-
त्यो बम्बै आपको रूख, केरकाली आपको रूख,
र, त्यो लोहोरे आपको रूखहरूले अझैपनि फल दिईरहेको रहेछ ।
काफल पाक्न थालेपछि
काफल पाक्यो काफल पाक्यो भनेर
वियोगमा कराउने चरा, अहिले पनि कराईरहने रहेछ ।
कोइली चरीले अहिले पनि विरहको भाका गाईरहने रहिछिन ।
ढुकुरका जोडीहरू त्यो बुडो दबदबेको रूखको हाँगामा बसेर,
प्रेमालाप गरिरहने रहेछन अझैपनि ।
विहान गाँउबासीलाइ सुर्योदयसै उठाउन "कुखुरी-काँ"
कराउन छाडेको रहेनछ कुखुराकाे भालेले पनि ।
बचपनमा हामीले चोरी खाने गरेको कुमारघरको भोगटे,
गोपाल काकाको बारीको निबुवा र उखु, ठुलबाको बारीको काक्रो,
र सराई काकाको खेतको बेलाउती अझैपनि फरिलहेकै रहेछ ।
हामीले खोतली खोतली खाने,
अर्चलेको खनायो, चालिसे खेतको बुडो खनायो,
अझैपनि फलिरहेकै रहेछन ।
जिब्रो कालो न कालो हुनेगरी
हामिले बच्पनमा खाने कालीअँगेरी,
अझैपनि पाखाभरी फलिरहेका रहेछन ।
मंसिरमा धानको कुनियोको शिरमा चढाउने
लालुपातेफुल अझैपनि फुलिरहेकै रहेछ ।
हरेक अनाज रोप्ने बेलामा र भित्राउने बेलामा
श्रद्दाले पहिलाे भाग चढाउने गरेको
चालिसेको भुमे, निस्नेको भुमे,
र सिम्लेको भुमे अझैपनि रहिरहेछ ।
स्कुलबाट फर्कियपछिको हाम्रो खाजा
केराको पातमा हालेको कोदोको रोटी,
अझैपनि पाक्ने रहेछ गाँउमा ।
मोही र भुटेको मकैभटमास खाजा चलन
अझै पनि रहिहेछ गाँउमा ।
पन्ध्र असारमा खाने दहि चिउरा, साउनमा खाने खिर,
तीजमा खाने दर, दशैमा खाने मासु चिउरा,
तीहारमा खाने झिलाय र रोटी, न्वागीमा खाने दहिचामल,
पन्ध्र पुसमा खाने लट्टे, माघमा खाने खित्रो र तरूल,
अनि फागुनको भाङ र धुनी चलन अझैपनि रहिरहेछ ।
सबै सबैलाइ,
म जिउदै छ वा मरिसक्याे, थाहा छैन,
म फर्किन्छ वा फर्किदैन, थाहा छैन ।
तर, यी सबै सबै धैर्यपूर्वक मलाई पर्खिएर बसिरहेका रहेछन ।
ती सालका रूखहरू, ती पहरोहरू, ती भीरहरू, ती पाखाहरू,
ती खोलाहरू, ती चौतारीहरू, ती गराहरू, ती फाटहरू,
त्यो बुडीगण्डकी, त्यो वायखोला, त्यो सिंगखोला,
धापिएको बेला आँतै शितल गराउने बाँसझ्याङको त्यो चिसो पनी,
तीनिहरू सबै सबै कति सौम्य र धैर्य !
मलाई कुरेर बसिरहेका रहेछन।
तर, म कति बैगुनी?
आमाको गुन बिर्सियर
बाहिर बाहिर चारी हिड्ने ?
संसारको भोगमा रमाइहिँड्ने ?
सान्सारिक भोगमा जति जति डुबे पनि
कहिल्यै तृप्त भएर आमाको काँखमा नफर्किने
सधै सधै अरूकै दास भएर रमाइरहने,
हेर्नुस त, म कति बैगुनी ।
म गाँउ छाडेर काठमाडौं गएपछि,
मैले हेरीरहेको छु, मैले देखिरहेको छु,
र, मैले महसुस गरिरहेको छु-
काठमाडौंका कयौं चौरहरू मासिय,
कयौं रूखबोटबिरूवा मासिय,
कयौं कुलो र खोलाहरू मासिय,
कयौं फाल्सा, हिटी र धाराहरू मासिय,
कयौं पोखरीहरू मासिय,
कयौं गल्लिहरू मासिय,
कयौं बाटोहरू मासिय,
कयौं जग्गाहरू मासिय,
केवल कंक्रिटका ठुला ठुला घरहरू
थपिएको थपियै छन,
जहाँ कोठाहरू त जोडिएको छ
तर कोठाको हरेक भित्ताले,
पल्लो कोठाको छिमेकीसँग
मन जोडिन छेकिदिएको जस्तो,
कसैको वास्ता बेस्ता नहुने ।
खासमा भन्नुपर्दा,
कंक्रिट नै कंक्रिटको मरूभुमी रहेछ काठमाडौं,
न मिठो खाने पानि छ, न सास फेर्न स्वच्छ हावा छ,
धुलो र धुवामा निसास्सियर पनि,
हेर्नुस त, त्याँही रमाएर बसिरहेको म ।
उफ,
एकफेर सोचिल्याउला त
स्वर्ग भनेको त गाउँ नै पो रहेछ ।
तर, मलाइ थाहा छ-
सबैको भागमा,
स्वर्गको बास कहाँ लेखेको हुनेरहेछ र !