आर.आर. क्याम्पसद्वारा आयोजित गोदावरी बनभोज कार्यक्रम आज पनि मनमा एक रमाइलो सम्झनाको रूपमा रहिरहेको छ । विभिन्न विषयका साथिहरु उत्साहसहित भेला भएको त्यो दिन गोदावरीको हरियाली, शान्त वातावरण र खुला आकाशले पिकनिकलाई झनै खास बनाएको थियो । खानपान, खेलकुद, गीतसंगीत सहितको त्यो खुला माहोलले हामीलाई के स्मरण गराएको थियो भने कहिलेकाँही बन्द कक्षा कोठा र किताबी ठेलीभन्दा बाहीर निस्केर प्रकृतिको शरणमा खुला आकाशमुनी मनोरममा डुब्नु पनि बौद्धिक विकासको लागि अत्यन्तै आवश्यक पक्ष रहेछ । साथिभाई मिलेर गरिएको छोटो पदयात्रा, घुमघाम, खाईपीइ र प्रकृतिसँग जोडीन पाएको विशेषपलहरुले गर्दा बनभोज वास्तबमै बनभोज जस्तै भएको थियो । अझ, साथिभाईसँग खिचिएका तस्बिरहरु र साथमा बटुलिएका मीठा सम्झनाहरूले पिकनिकलाई एकदमै सफल र हृदयस्पर्शी बनाएको थियो ।






