२०८२ सालको बडादशैँ हाम्रो परिवारका लागि केवल चाडपर्व मात्र थिएन, बरु पारिवारिक एकता, प्रेम र सद्भावलाई अझ मजबुत बनाउने एक अनुपम अवसर बनेको थियो । म अध्ययनको शिलशिलामा ३ वर्ष जर्मन बसेर फर्किएकोले र अझ गत वर्ष २०८१ साल फागुनमा मेरो शुभविवाह भएर घरमा नयाँ सदस्य कान्छि बुहारी थपिएकोले यसपालिको दशै मलाइ त झन विशेष हुने भयो नै । त्यसैले दशैँ शुरु हुनु एक हप्ता अघिदेखि नै हामीमा उत्साह, टिकाजमरा राख्ने तयारी र चाडपर्वको रमाइलोले विशेष बनाएको थियो । दाइभाउजु, हामी आमा छोरा बुहारी सबै एउटै ठाउँमा भेला भइ मनाउनु, पालैपालो एकअर्काबाट आशीर्वाद र टिकाजमरा थाप्नु र उत्साह साटासाट गर्नुले परिवारको महत्व झनै प्रगाढ भएको महसुस गरायो । साथै, थानकोट कान्छामामाको घर र गोरखामा मावली जाँदाको उत्साह, आशिर्वाद र रमाइलो त अझ विशेष थियो । समग्रमा, २०८२ सालको बडादशैँ हामी सबैलाई भावनात्मक रूपमा नजिक ल्याउने, प्रेम र सद्भाव बढाउने र परिवार नै जीवनको सबैभन्दा ठूलो समृद्धि हो भन्ने कुरा पनुः सम्झाइ दिने अविस्मरणीय उत्सव बन्यो । स्मरणको लागि केही तस्बिरहरूः
Please Keep Calm, Smile And Take a Photo
Because, photograph is the pause button of life
Dear Nature, why R U so amazing? Can I kiss you?
I found, Nature always wears the colors of the soul
कृष्ण तिमिलाइ राधा सुहाको...!
खासमा मलाइ अभिनय गर्न मन पर्दैन र आँउदैन पनि । हामी दुबै कुनैपनि सामाजिक संजाल चलाउदा पनि चलाउदैनम । तर, तीजको पावन अवसरमा बुडीले एउटो भिडियो बनाम बुडा भनेर बिनम्र अनुरोध गरेपछि लौ त लौ बनाम भनेर रमाइलोको लागि बनाएको एउटा भिडियो । कृष्ण तिमि मनैमा पसेछौ, थाहै नपाइ सुटुक्क बसेछौ । रातो रूमालको, कृष्ण तिमिलाइ राधा सुहाको ।
म चै कृष्ण अरे, उनी चै राधा अरे । म कृष्णलाइ उनी राधा अति सुहाएको अरे । नसकिने भयो कमलिसँग, नसकिने भयो । अन्तत, यो भिडियो हामी दुबैको लागि एउटा मिठो स्मृति बनेर बस्यो । त्यसैले यसलाइ सुरक्षित राखम भनेर आफ्नै ब्लगसाइटमा प्रकाशन गरिराखेको ।
सासु–बुहारीको तीजका रमाइलो क्षणहरू
नेपाली नारीहरूको महान एवं पवित्र चाड तीजको पावन अवसरमा मेरी आमा र मेरी बुडी अर्थात सासु–बुहारीले यस वर्ष निकै उत्साहका साथ विभिन्न तीज विशेष कार्यक्रमहरूमा सहभागी हुँदै श्रद्धापूर्वक तीज मनाए । काठमाडौँ उपत्यकाको सम्पूर्ण महादेव मन्दिरहरूमा गरिएको पवित्र दर्शन, चेलिबेचिहरूबीचको दरखाने कार्यक्रमको हाँसो–ठट्टा र नाचगान, अनि नगरकोटको सुनौलो विहानी, चिसो हावा र रमणीय दृश्यसँगै बिताएका अनुपम क्षणहरू सबै सबै ले सासुबुहारीको यस वर्षको तीज उत्साहपूर्ण, स्मरणीय र अर्थपूर्ण भएको मैले बुझेको छु । सासुबुहारीको तीज विशेष झलकहरु सम्झनाको लागि यहाँ प्रकाशन गरेको ।
धेरै पछि भेटिएको साथी: एक यादगार दिन
आजको दिन मेरोलागि एकदमै खास दिन सावित भयो । किनभने, स्कुलको साथि जो कक्षा ६ देखि कक्षा १० सम्म सँगै एउटै स्कुल श्री भीमोदय उच्च माध्यमिक विद्यालयमा पढियो, केयरसिंङ गुरूङसँग धेरै पछि काठमाडौंमा भेट हुँन पाउदा र दिनभरी दुइभाइ साथि काठमाडौंका विभिन्न ठाँउहरू बालाजु, माछापोखरी, बाइपास, बाइसधारा, त्यसपछि बुडानिलकन्ठ भगवानको दर्शन र अझ सबैभन्दा सुन्दर पक्ष चै जामचेन बिजय स्तुपासम्मको पदयात्रा एकदमै विशेषा रह्यो । स्कुले साथी, धेरै पछि भेट भएको, जीवनको दुख सुखको गफगाफ, जीवनको योजना, अरिअर र पारिवारीक कुराहरू, हाँसो र ठठ्टा गरेर दिन एकदमै थाहा नै नपाए झै बितिगयो । हुन त हामि निरन्तर फुन मार्फत सम्पर्क भइनै रहन्थ्यो, उ गाँउ माछेखोलामा बस्ने, म काठमाडौंमा, त्यसैले फुनबाट सम्पर्क त भइनै रहन्थ्यो, तर भेट भएर यसरी घुमघाम गर्न पाउँदा हामी दुबैजना एकदमै खुशी भयौं । उ जहिले काठमाडौं आएपनि मलाइ सम्झिएर भेटेकै हुन्छ । समग्रमा यस्तो प्रिय साथिसँगको भेटघाट र घुमघाम एकदमै स्मरणीय रह्यो । सम्झनास्वरूप केही तस्बिरहरूः













