जब मेरो मसँग भेट भयो...!



जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन । यो त अस्तित्वकै सबैभन्दा गहिरो यात्राको चरम बिन्दु हो । आफूलाई चिन्ने र बुझ्ने काम संसारकै सबैभन्दा सरल जस्तो देखिए पनि, वास्तवमा त्यो अत्यन्त जटिल, गहिरो र दुर्लभ कुरा हो । जब मानिसले आफ्नो वास्तविक स्वरूपसँग भेट गर्छ, तब उसलाइ बाह्य संसारमा केही भेट्न, बुझ्न वा प्राप्त गर्न बाँकी छैन भन्ने बोध हुन्छ । त्यो क्षणदेखि संसारको सम्पूर्ण रंग, तरंग, स्वर र गति सबै आफ्नै अन्तरमनमा समाहित भएर शान्तप्रिय हुन्छ । बिस्तारै अरू मान्छेसँग भेटघाटको इच्छा, सम्बन्धहरूको आवश्यकता र बाहिरी उपलब्धिहरूको मोह एक एक गरेर हराउँदै जान्छ । अनि थाहा हुन्छ( जसलाई म सधैं बाहिर खोज्दै थिएँ, त्यो त म स्वयं नै थिएँछु । तर दुःखको कुरा के छ भने, धेरै मानिसहरू जीवनभर आत्माबाट टाढै रहन्छन् र अन्ततः आफूलाई नचिनीकनै यो संसारबाट विदा हुन्छन् । चिन्नेहरूले पनि धेरै ढिला, अन्तिमचरणमा चिन्छन, जसले गर्दा जीवनलाइ असलि अर्थमा जिउन पाँउदैनन । यही नै मानव जीवनको सबैभन्दा ठूलो विडम्बना चक्र हो ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Thanks For Visiting