ऊ अघि अघि । म पछि पछि ।
आउछ । लान्छ । जान्छ ।
दुःख दिन्छ । रुवाउछ ।
चोट दिन्छ । दुखाउछ ।
प्यार दिन्छ । छुटाउछ ।
खुसी दिन्छ । लुटाउछ ।
भाग्य दिन्छ । फुटाउछ ।
याद दिन्छ । चुटाउछ ।
त्यसैले,
वैगुनि समयको नामबाट
नयाँसालमा म शुभकामना बाड्दीन ।
मलाइ माफ गर्नुहोला ।।
© SatBhim




