सं/गीत: बनेको छ पहराले यो छाती मेरो

बनेको छ पहराले यो छाती मेरो (Baneko Chha Paharale)
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो ।

खोसेको रोटीले मेरो पेट भरिन्न,
मागेको धोतिले मेरो लाज् छोपिन्न।

घोटिएर हात-पात झरिजाउन औला,
तर कोई अगाडि यी हात जोडिन्न ।

म आगो सहन्छु, अन्याय सहन्न,
म त्रिश्ना सहन्छु, तिरश्कार सहन्न।

मेरो सिर उडाउ, बरु त्यो सहन्छु,
तर कोई परायाले टेके सहन्न।

बनेको छ पहराले यो छाती मेरो,
बगेको छ छहरा रगतमा मेरो,
पखेरुमा जन्मे,टाकुरामा खेल्ने,
म झुक्दै नझुक्ने नेपालको छोरो ।

[आवाजः Gopal Yonzon]
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message