यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले कहिले !

Yesto pani hudo Raicha (यस्तो पनि हुँदो रैछ)

यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कहिले कहिले
कसैलाई माया गर्नु, एउटा भुल गरें मैले । 

मेरो जस्तो माया दिने, तिमीलाई हजार होलान
तिम्रा लागि मेरा जस्ता, हजार हजार मुटु रोलान ।
 
जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु, एउटा भुल गरें मैले । 

मेरो माया कुल्ची जाने, तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस् ।
 
उदास आँखा मेरा पनि, सपना देख्थे पहिले पहिले
कसैलाई माया गर्नु, एउटा भुल गरें मैले । 



[आवाजः फत्तेमन राजभंडारी]
[शब्दहरुः यादव खरेल]
[संगीत: नाती काजी]
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim