भाइ! तिम्रो जीवनको उद्देश्य के हो ?


धेरै आफन्तजनहरुले धेरै सोध्ने गरेका प्रश्न– भाइ! तिम्रो जीवनको उद्देश्य के हो  ?

मेरो उत्तर– वास्तवमा जीवन खुद आफैमा एउटा उद्देश्य हो । जीवनको दोस्रो अर्को कुनै लक्ष्य/उद्देश्य छैन । बरु जीवनलाई– सद्विचार, सद्बुद्धि, सत्कर्म, सद्ज्ञान, सद्आचरण, सद्आनन्द र सद्भावसहित जिउनु भने महत्त्वपूर्ण पक्ष हो । जीवन नदीजस्तै हो, कुनै उद्देश्यबिना सतत सलल बगिरहने, बगिरहने । कुनैएउटा फल/फुलको बिरुवाको के उद्देश्य हुन्छ? कस्मिकइनर्जीद्धारा आफै वृद्धि हुन्छ, ठुलो हुन्छ, फुल्छ, फल्छ, झर्छ बास । कुनै उद्देश्य हुन्छ ? 

गौतमबुद्धलाई उतिबेला तपाईँको जीवनको उद्देश्य के हो भनेर कसैले सोधेको भए? के गौतमबुद्धले कुनै उद्देश्य बोकेर हिँडेका थिए ? उद्देश्य भनेको– हाँसिल गर्नु, प्राप्त गर्नु, लिनु हो । गौतमबुद्धले जीवनमा केही लिएनन्, बस दिए मात्र । त्यसैले, जीवन- लिनु हैन, दिनु मात्र हो । कुनै फाईदाजनक उद्देश्य बोक्नु त व्यापार भयो, जीवन त अपार छ । त्यसर्थ, जीवनको एउटै आफ्नै ध्यय भनेको– ध्यान, अध्यान र विज्ञानद्धारा स्वयं आफूले आफैलाई आविष्कार गर्नु हो ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim