आइन्स्टाइनको ड्रेसअप काण्ड



स्टुडेन्ट लाइफ देखि नै कपडा लगाइ (गेटअप) एवं फेसनमा अल्बर्ट आइन्स्टाइन कहिल्यै ध्यान दिदैनथे, एकदम चार्लीचाप्लीन पाराका थिए लगाइमा उनि । उनको यै बानिले गर्दा उनकी पत्नी हैरान थिइन । जब जब आइन्स्टाइन काममा जान लाग्छन तब पत्नीले सम्झाउथिन– अलि प्रोफेसनल, फीट वा सुहाउदो  गेटअप गरेर जाने गर्नुस न । तर, आइन्सटाइन सधै पत्नीलाइ–– मलाइ अफिसमा सबैले चिन्छन, यसले यस्तै लुगा लगाउछ भन्ने पनि थाहा पाएका छन, जुन जस्तो लुगा जसरी लगायर गएपनि के फरक पर्छ र भन्ने खाले तर्कले जित्ने गर्दथे ।

एकदिन उनि विशेष अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो पेपर प्रिजेन्ट गर्न जादै थिए (उनि विश्वविख्यात वैज्ञानिक कहलिनु अघि) । तब उनकी श्रीमतीले हातजोडेर बिन्ती गर्दै भनेछन– त्यत्रो अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरीबाट विख्यात मान्छेहरु आउँछन, त्यसैले कृपया आज एक दिन त अलिक सुहाउदो(फिट) लुगा लगायर जानुस । तब फेरी आइन्स्टाइनले अर्काे तर्क लडाउन थालेछन– मैले जस्तो लुगा लगायर गए पनि त्यहाँ मलाइ कसैले चिन्ने हैन, विदेशबाट आएका मानिसले मलाइ चिन्दैनन, जस्तो लगायर गएपनि के फरक पर्छ र ? 😛 

Source: From the book of "From Ignorance to Innocence" by OSHO

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim