आइन्स्टाइन एक विश्वविख्यात भुलक्कड



हामीलाइ के मात्र थाहा छ भने विश्वविख्यात जिनियस वैज्ञानिक अल्बर्ट आइन्स्टाइन (Albert Einstein) थिए, तर कमलाइ मात्र थाहा होला कि विश्वविख्यात भुलक्कड पनि अल्बर्ट आइन्स्टाइन नै थिए । एकपटक, आइन्स्टाइन प्रिन्सटन युनिभरसीटीमा प्रोफेसरको रुपमा काम गर्दै गर्दा ताका, युनिभरसीटीबाट निस्किएर घर जानकाे लागि ट्याक्सि चढीहालेछन । दुर्भाग्यबस उनेले आफ्नो घरको ठेगाना भने भुलेछन । 

र, अर्को दुभाग्य के भने ट्याक्सी चालकले पनि उनलाइ चिनेनछ । तब, आइन्स्टाइनले ट्याक्सी चालकलाइ सोधेछन– के तपाइले अल्बर्ट आइन्स्टाइनको घर चिन्नु भएको छ त ? तब ट्याक्सी चालकले भनेछ– त्यस्ता विश्वविख्यात महान वैज्ञानिकको घर कसले चिनेको हुँदैन र । प्रिन्सटन शहरको सबै मानिले उनको घर चिनेका छन, तर तपाइ किन आइन्स्टाइनको ठेगना सोध्दै हुनुहुन्छ ? के तपाई उहाँलाइ भेट्न जान लाग्नु भएको हो ? तब आइन्सटाइनले कपाल कनाउदै भनेछन– म नै आइन्स्टाइन हुँ, अचानक मैले मेरो घरको ठेगना भुले, कृपया मलाइ मेरो घरसम्म पुराईदिनुस न । 😛   

Source: From the book of "From Ignorance to Innocence" by OSHO

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim