विश्व प्रसिद्ध भुलक्कड-जर्जबनार्ड शाह



नोबेल साहित्य पुरस्कार विजेता महान नाटककार/साहित्यकार जर्जबनार्ड शाह (George Bernard Shaw) एकपटक रेलमा बिना टिकट पकडीएछन । खासमा उनले टिकट त किनेका रहेछन तर कहाँ राखेछन राखेछन । धेरै झोला/सुटकेसहरु बोकेकोले उनी बाह्रपोके जस्तै देखिन्थे । उनी बसेको कम्पाटमेन्ट नै उनको झोला/सुटकेस/लुगा/किताब इत्यादिले भरिएको थियो । उनले टिकट कहाँ राखे हुँला त भनेर सारा सुटकेस छानमारे तर भेटेनन । 

अन्तमा, टिकट कलेक्टरले निराश हुँदै भनेछन– मैले तपाईँलाई राम्रोसँग चिनेको छु । तपाईँ जस्तो महान नाटककार/साहित्यकारलाई सारा विश्वले चिनेको छ । तपाइजस्तो मान्छे बिना टिकट पक्कै यात्रा गर्नुहुन्न मलाई थाहा छ । पक्कै पनि टिकट कतै हराएको हुनुपर्छ । कृपया पिर नगर्नुस म अब फेरी टिकट कलेक्ट गर्न आउँदिन र अरू टिकट कलेक्टरहरुलाई पनि तपाईँलाई परिसान नगर्न भनिदिन्छु । 

तब जर्जबनार्ड शाह जंगीएछन– अरे मूर्ख! के तिमीलाई लागिरहेछ मैले यो सारा तनाव (लगेजमा टिकट खोज्ने), तिमीलाई टिकट देखाउनको लागि लिइरहेको छु ? मुख्य समस्या टिकट होइन, मुख्य समस्या त टिकटबिना म कहाँ जाँदै छु भन्ने नै मलाई थाहा छैन । रेल यति छिटो चलिरहेछ तर मलाई म कुन स्टेसनमा उत्रनुपर्ने हो थाहा छैन ।

Source: From the Book "The Language of the EXISTENCE" by OSHO

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim