कविताः एक्लो हुनु त अनेक पो रहेछ

इनुमाजीको एक दमदार कविता- 



"एक्लो"

केही समय

भीडभन्दा अलग रहनु

एक्लै हिँड्नु

ठेस लागेर लड्नु

आफै उठ्नु

आफ्नै माया लाग्नु

आफै रमाउनु

आफैसँग गफ गर्नु

आफैदेखि आफै रिसाउनु

आफैसँग प्रतिकार गर्नु

आफैलाइ पढ्नु

हो, यसरी 

आफैभित्र आफैलाइ खोज्नु

अनि आफैभित्र दुनियाँ भेट्नु ।

एक्लो हुनु त अनेक पो रहेछ !

©इनुमा

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message