नसरूद्दीन: एक भुलक्कड साधु



एकपटक मुल्ला नसरूद्दीन आज घर गएर जसरी पनि एउटा महत्वपूर्ण काम गर्छु भन्ने निर्णय गरेर चाडै घर पुगेछन । उनि बहुतै भुलक्कड भएकोले गर्ने भनेको काम सम्झनको लागि खल्तिमा एउटा सानो ढुंगा हालेछन । जब उनि घर पुगे, उनले गर्छु भनेको काम त भुलीहाले । खल्तिमा त्यो ढुंगो पनि थियो तर के को लागि, यो ढुंगो खासमा के को लागि भनेर सोच्न थाले । उनको पत्नीले भनिन- अरे नसरूद्दीन, सोच्न छोड, अहिले जाउ सुत, भोली सोचौंला यो ढुंगो के को लागि रहेछ भनेर । तब, नसरूद्दीनले भने–  "नो नो नो, पक्कै पनि यो एकदम महत्वपूर्ण काम होला, त्यसैले त मैले आजै त्यो काम गर्छु भन्ने निर्णय गरेको थिए । कुनैपनि मुल्यमा मैले त्यो काम पत्ता लगाएर गर्नै पर्छ, त्यसैले तिमि जाउ सुत"। 

जब मध्यरातको २ बज्छ, तब नसरूद्दीनले सम्झिएछन त्यो गर्छु भनेको काम । उनले आजबाट बेलुका एकदम चाडै सुत्ने कामको थालनी गर्छु भन्ने निर्णय गरेका रहेछन । त्यो ढुंगो खासमा चाडै सुत्न सम्झाउनको लागि राखेका थिएचन । (OSHO: The Alpha and the Omega v4 बाट अनुवादीत) ।

खासमा, बेअर्थको रेसमा रहेका हामी सम्पूर्ण महत्वाकांक्षी मानिसहरूको जीवनमा यही घटना घटीरहेको छ । मनमस्तीस्कभरी- महत्वाकांक्षा, दौलत, लोभ, मोह, घृणा, घमण्ड र काम नलाग्ने कुडाकर्कट इन्फरमेसन भण्डारणले खासमा गर्नुपर्ने कामबाट भने हरेक पल दुर दुर भइरहेका छौं ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim