मेरी निर्झर रूपचन्द्रिका



मलाई थाहा छ,

तिमि कोमल र अनमोल छौ ।

त्यसैले त तिमी, मेरो जीवनको प्रेम हौ ।


मलाई थाहा छ,

तिमि सगरमाथा जस्तो उच्च र शान्त छौ,

त्यसैले त तिमी, मेर‍ो प्रेमको गहिराही हौ ।


मलाई थाहा छ,

तिमि सागर जस्तो गहिरो र विराट छौ,

त्यसैले त तिमी,मेरो प्रेमको चुचुरो हौ ।


मलाई थाहा छ,

तिमि नदी जस्तो सतत र पवित्र  छौ,

त्यसैले त तिमी, मेरो प्रेमको लम्बाई हौ ।


मलाई थाहा छ,

तिमि आकाश जस्तो अनन्त र उज्यालो छौ,

त्यसैले त तिमि, मेरो प्रेमको केन्द्र हौ ।


मलाई थाहा छ,

तिमि सं/गीत जस्तो सुमधुर र भावमय छौ,

त्यसैले त तिमी, मेरो जीवनको अर्थ हौ ।


मलाई थाहा छ,

तिमि फूल जस्तो सुगन्धीत र हराभरा छौ,

त्यसैले त तिमी, मेरो जीवनको आशा हौ ।


मलाई थाहा छ,

तिमि चाँदनी जस्तो शीतल र झलमल छौ,

त्यसैले त तिमि, मेरो जीवनको रोशनी हौ ।


मलाई थाहा छ,

तिमि तारा जस्तो चम्किलो र रहस्यमयी छौ,

त्यसैले त तिमी, मेरो जीवनभरिको खोज हौ ।


मलाई थाहा छ,

तिमि झरना जस्तो निर्झर र निश्छल छौ,

त्यसैले त तिमी, मेरो जीवनको शान्ति हौ ।


मलाई थाहा छ,

तिमि आगो जस्तो उष्ण र ज्ज्वलन्त छौ ।

त्यसैले त तिमी, मेरो प्रेमको शक्ति हौ ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim