तर, एउटो सोलिफिस्टो चरा पनि हामीभन्दा बाठो छ



हामी ठान्दछौं कि पृथ्वी हाम्रो मात्रै रजाइँ गर्ने मैदान हो । खासमा पृथ्वी हाम्रो भन्दा बढी त जीवजन्तु, चराचुरुङ्गी, किराफट्याङ्ग्रा र रूख-बोट-बिरुवा इत्यादिको घर हो । तर, हामीले विलासी जीवन जिउने शिलशिलामा, विकासको नाममा यो साझा पृथ्वीको कयौं रूखहरू काटेर उजाड बनाएका छौं, कयौं जीवजन्तूहरूलाइ मारेका छौ, कयौं चराचुरुङ्गीको घर भत्काइदिएका छौ, प्रविधिको नाममा कयौं हानिकारक केमिकलहरू, विकिरणहरू, मेसिनहरू र मिसाइलहरू बनाईरहेका छौं, जसले पृथ्वी र पृथ्वीवासी सबैमा तिब्र गतिमा हानि पुगिरहेको छ । 

हामिले के भुल्नु भएन भने पृथ्वीमा हाम्रो जति अधिकार छ उति नै समान अधिकार अरू जिवजन्तुहरूको पनि छ । हामीले हामीलाई खुबै बाठो भन्ठान्छौ होला तर एउटा सोलिफिस्टो चरा पनि हामीभन्दा बाठो छ । त्यसर्थ, हामी पनि आफुलाई कृतिम हैन कि प्राकृतिक मानव आत्मसात गरी प्रकृतिको लयमा मिलेर बसौं ! एकअर्कालाई हानि नपुर्याई प्रेम र सद्भावपूर्ण तरिकाले शान्तिपूर्वक बसौं । #EnvironmentDay

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message