आजका जेनेरेसन फगत गलत दीशामा चलिरहेका छन

जसरी हामीले संस्कार र सभ्यता सिक्यौं, उसैगरी आजको जेनेरेसनले कुसंस्कार र असभ्यता सिकिरहेका छन । हाम्रो परम्परागत संस्कृति, मुल्य, मान्यता र सभ्यताले देश र समाजमा एक दिव्य प्रकाशको भुमीका खेल्दै आएको छ, खास भन्ने हो भने हाम्रो सार्वभौम मौलिक पहिचान नै हाम्रो परम्परागत सस्कृति हो । जस्तै, आफुभन्दा सानालाइ माया गर्ने, आफुभन्दा ठुलालाइ आदर गर्ने, बृद्धहरूलाइ शीर झुकाएर नमस्कार गर्ने, उनिहरूबाट आशिर्वाद लिने, दुःखी, गरिब, अपांग, असहाय, बृद्धाहरूलाइ सहयोग गर्ने, पाहुनाहरूलाइ "अतिथि देवो भवः" मन्त्र पालना गर्दै सत्कार गर्ने, यस्ता हाम्रा सभ्य सस्कृति आजभोली बिस्तारै बिस्तारै मेटिदै मेटिदै जाने शिलशिला बढीरहेको छ । हाम्रो संस्कृति र सभ्यताका आचार र अनुष्ठानहरूले सारा नेपालीहरूलाइ भावनात्मकता, भाइचारा, कृतज्ञता, सद्भाव र एकताको सुत्रमा बाध्दै आएको थियो । तर, पछिल्लो केहि दशकदेखि पश्चिमा रूखो /असभ्य सस्कृति (कुसस्कृति) को चरम प्रभावका कारण आजका युवा पीढी आफ्नै सुन्दर सभ्य सस्कृतिबाट बेखर र दुर सुदुर हुँदै गइरहेका छन । भलै समय निरन्तर सही दीशामा चलिरहेको भएतापनि आजका जेनेरेसन फगत गलत दीशामा चलिरहेका छन, जो हानिकारक छ, यसलाइ रोक्न हामी सबै सरोकारवालाहरूले विशेष चासो दिनुपर्ने बेला ढिला भैसक्दै छ ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message