Lockdown Pursuits: From Badminton to Blockbusters



लकडाउन भरीको प्राय समय तास खेलेर, ब्याडमिन्टन खेलेर, क्यारीम खेलेर, लुडो खेलेर, थोरबहुत समय पुस्तकहरु पढेर, धेरै समय त्यसै त्यसै बरालीएर विताईयो । यद्यपी, पछिल्लो समय दुईवटा हलिउड मुभी हेरीयो । Queen of Katwe  र Hotel Rwanda । दुबै अफ्रिका केन्द्रित । एउटा भिजनरी गुरुले एउटी चेलीभित्र लुकेको अन्तरनिहित क्षमता लाई विकास गराएर सोही क्षमताको आधारमा विश्वसामु आफ्नो देश युगान्डालाई चिनाउन नजाने के कति परीसानी खेप्नु पर्दछ र चेलीले पनि आफ्नो बेस्ट भरजन डीस्कभर गर्न नजाने के कति संघर्ष गर्नु पर्दछ भन्नेकुरा छर्लंग परिएको छ Queen of Katwe मा चेस खेल मार्फत, पूर्ण त चेस खेलमा आधारित पहिलो हलिउड मुभी पनि हो यो । 

त्यस्तै विभेद, दोन्द, हिंसा र परनिर्भर राजनीतिलाई सेफ ल्यान्डींग गराएर शान्ति र सुरक्षा कायम गराउन एउटा सर्वसाधारण होटल म्यानेजरले पनि नेतृत्वदायी भूमीका खेल्न सक्ने रहेछ भन्ने छर्लंग परिएको छ Hotel Rwanda मा । यी दुबै सत्य घटनामा आधारीत मुभीहरु हुन ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim