अस्तित्वको अन्तिम घन्टीः मर्नुभन्दा पहिले, एक पटक जाग !



ए मान्छे भाइ

संसारको भोगमा,

पद, पैसा र प्रतिष्ठाको दौडमा, 

तिमिले बच्पनदेखि नै-

जिवन जिउन त भुलीसक्यौ,

तर, कृपया, एउटा कुरा नभुल-

तिमिले छिटै एक दिन मर्नु पर्छ ।

मर्नुभन्दा पहिले,

एक पटक जाग,

नमर्नु मरिसकेपछि

बेहोसीमा हैन

होसमा मर ।

म हुँ शाश्वत अस्तित्व ।


यो नयाँ वर्षलाइ,

एउटा आशाको वर्ष बनाउ ।

तिम्रो अर्धमृत जीवनलाइ,

यो नयाँ वर्षमा पुनर्जीवन देउ ।

तिम्रो मरूभुमी जीवनमा,

यदि तिमि आशाको बिज रोप्न चाहान्छौ भने,

जीवनलाइ यदि फुल्न र फलाउन चाहान्छौ भने,

तिमिलाइ मेरोतर्फबाट यो अन्तिम अवसर हो,

ए मान्छे भाइ, तिमि जाग ।

सान्सारीक भोगको दास हुन बाट जाग

पैसा, बस्तु र मालको दास  हुनबाट जाग,

कम्प्युटर, मेसीन र मोबाइलको दासत्वबाट जाग ।

 म हुँ शाश्वत अस्तित्व ।


तिमि एकपटक गहिरो मौनतामा डुब,

तिमि एकपटक मौनताको महाशुन्यतामा हराउ,

सारा ब्रमाण्डिय गुप्त रहस्यहरू खुल्नेछ ।

तिम्रो जीवनको अर्थ पत्ता लाग्ने छ ।

तिमि को हौ, त्याे पत्ता लाग्ने छ ।

यो नयाँ वर्ष तिम्रो जागरणको लागि

सायद अन्तिम मौका हुनेछ ।

मान्छे भाइ, तिमी जाग ।

म हुँ शाश्वत अस्तित्व ।


आत्माको लाल्टिन जलाउ,

आज्ञा चक्र उघारेर हेर-

जुनको आकाशीय उज्यालो,

ताराहरूको अलौकिक चमक,

सुर्यको चमत्कारीक प्रकाश,

छायाको कलात्मक नृत्य, 

वायुको सुमधुर संगीत, 

ऋतुहरूको नित्य चक्र,

ढुंगा-माटोको सौम्य सरलता,

धर्तीको सार्वभौम गुरूत्व,

नदीको सतत सरिता लय,

आकाशको अनन्त विराटता,

ब्रमाण्डको सबै सबै जादुयी चमत्कारहरू देख्ने छौ,

तिमी को हौ?, त्यो पनि थाहा पाउने छौ,

सत्य के रहेछ, तिमिलाइ बल्ल थाहा लाग्ने छ ।

ए मान्छे भाइ,

कृपया, मर्नुभन्दा पहिले तिमि एकपटक जाग,

पूर्णतातर्फको एक पवित्र तिर्थयात्राको निमित्त,

सादय 2024 तिम्रो लागि,

मेरोतर्फबाट अन्तिम मौका हुनेछ ।

म हुँ शाश्वत अस्तित्व ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim