२०८०, तिमिलाई धेरै धेरै धन्यवाद !



आज २०८० सालको अन्तिम दिन, कर्मथलोबाट भएपनि यो वर्षलाइ बिदाई गर्न एक तस्बिर खिचियो । यो साल पनि विगताका अरू सालझैं गल्तिहरू गर्दै गर्दै र हरेक गल्तिहरूबाट जीवन्त पाठहरू सिक्दै सिक्दै बित्यो । यो साल पनि जिन्दगीको मैदानमा संघर्ष गर्दै, अझ भनौं पढेर-परेर-र-गरेर सिकाई, ज्ञान र अनुभव बटुल्दै, सुन्दर भोलिको सपना बुन्दै बित्यो । मलाई विश्वास छ, अस्तित्वले मलाई जहाँ पुर्याउन पर्ने हो त्यही बाटोमा निरन्तर मलाई हिँडाउनेछ, र मलाई म को हुँ, त्यही बनाउने छ । मेरो सरल जीवनलाई अनेकन हन्डर ठक्कर खुवायरै भएपनि मलाई मेरो असली राजमार्ग पथमै हिँडाएकोमा म तिमी प्रति कृतज्ञ छु, धेरै धन्यवाद २०८० !

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim