नेपालको लोकतान्त्रीक इतिहासमा यो नै पहिलो कालो धब्बा हो जहाँ निर्वाचित सरकार ढालेर फेरी निर्वाचन नै गराइदैं छ । उच्च मतदाता सहभागिता सहितको निर्वाचित सरकार विदेशीको इशारामा जबरजस्त विध्वंस र आतंक मच्चाएर ढालेर, गैरसंवैधानिक तरिकाले संसद विघटन गरी, नागरीक सरकारको नाममा रबी-बालेनको गठबन्धन सरकारले फेरी त्यही निर्वाचन नै गराउँदै छ । भनिन्छ लोकतान्त्रिक अभ्यासमा समस्या समाधानको सबै सबै विकल्पहरूले काम नगरेपछि अन्तिम समाधान भनेको निर्वाचन नै हो । तर, नेपालमा त कुनैपनि विकल्पहरूको प्रयोग नै गरिएन वा बहस समेत गरिएन । अहिलेको नजिर जो बसेको छ यो निर्वाचन सम्पन्न भएर सरकार गठन भएको ६ महिना देखि २ वर्ष भित्र अर्को कुनै पनि असन्तुष्ट पक्षले गत भदौमा रबी-बालेनहरूले मंचाए जस्तै आतंक मच्चाएर पुनः सरकार नढाल्लान भन्ने कुनैपनि आधार छैन । नेपालमा अमेरिकाको मात्र नांगो हस्तक्षेप सर्वेसर्वा छैन, चीनले पनि निकट भविष्यमा चुपचाप एवं कुटिल तरिकाले हस्तक्षेपकारी भूमिका खेल्न सक्छ । उसैपनि कसैको बहुमत आँउदैन, संसदमा सरकार बनाउने र ढलाउने शक्तिसन्तुलनको द्वोन्दमा स्वत मध्यावधि निर्वाचनमा जानुपर्ने पनि हुनसक्छ । जसरीपनि, फेरी निर्वाचनमा जानुपर्ने दिन आउँन सक्छ छिटै । आशा गरौं त्यस्तो दिन नआवस ! यही निर्वाचनले नै नेपालीहरुले चाहेजस्तै सबै समाधान दिओस । नेपालीहरुले चाहे जस्तै जो कोही कुनै एक मसिहा पात्रले जादुको छडि घुमाएर सबै सबै समस्याको समाधान गरिदिउन । शुभकामना !



