कविताः आत्मा



अमर छ । अजर छ । 

अजब छ । गजब छ । 

न जन्म हुन्छ न मृत्यु । 

न आकार छ न प्रकार ।

न देख्न सकिन्छ न छुन ।

कहाँ छ ? कस्तो छ ? 

कत्रो छ ? कति छ ?

नाप छैन । तौल छैन । 

छ त केबल अचम्म छ । 

अदृश्य,अदभूत  शक्ति छ ।

त्यसैले हरेक मनुवाभित्र 

राज गरिरहेको छ “आत्मा” । 


© SatBhim

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message