जिन्दगी उजाड हुनु हराभरा हुनुको पूर्वअवस्था हो



एक जना मानिस आफ्नो जीवन उजाड भएको पीडाले बेहोसीमा पाँच घण्टासम्म लुखुरलुखुर हिँड्दा हिँड्दा थकाइ महसुस भएपछि एउटा रुखको फेदमुनि बसेछ । रुखले उक्त मान्छेको सारा व्यथा बुझेर भनेछ– “हाम्रो पनि– सारा पातहरू झर्छन, वरिपरिका हराभरा वातावरण गुम हुन्छ, आफ्नो जमिन पनि सुख्खा मरुभूमिजस्तो हुन्छ, हावा हुन्डरी आइ हाँगाबिँगा भाँचिदिन्छ, समग्रमा हाम्रो जिन्दगी नै उजाड उजाड हुन्छ । तर, यसको मतलब यो हैन कि हाम्रो जिन्दगी नै समाप्त भयो । यो त हाम्रो जीवनको नववसन्तको पूर्वअवस्था हो । अर्थात्, छिटै हाम्रो हराभरा पालुवा पलाउनेवाला छ, फुल फुल्नेवाला छ, फल फल्नेवाला छ । त्यसर्थ, प्रिय मानवमित्र सायद यो अवस्था तिम्रो पनि जीवनको वसन्तको पूर्वअवस्था होला । यसमा चिन्तित नबन । सधैँ सबैलाई धैर्यताले नै मिठो फल खुवाउँछ ।” - ©SatBhim

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message