स्वीकार्य छैन



कार्ल मार्क्स (Karl Marx) को यही कविताले नै मलाई सधैं चुनौतीलाई स्वागत गर्न प्रेरित गर्याे ।


"स्वीकार्य छैन"

कठिनाइ बिनाको रित्तो जीवन

मलाई पटक्कै स्वीकार्य छैन

अहँ ,मेरो तुफानी मनलाई स्वीकार्य छैन

मलाई त चाहिन्छ एउटा महान उच्च लक्ष्य

र त्यसको लागि चाहिन्छ 

जिन्दगीभर संघर्षको अटूट सिलसिला 

आऊ हामीलाई स्वीकार्य छैन

क्षुद्र ,निरुदेश्य र लक्ष्यहीन जीवन

हामी अर्धनिद्रामा उल्टै कलम घोट्दै

उत्पीडन र अत्याचारकाबीचमा बाँच्ने छैनौं

हामी आकांक्षा,आक्रोश ,आवेग

र स्वाभिमानकासाथ बाँच्ने छौं

साँच्चैको असल मानव भै जिउने छौं ।

"Those who fear challenges never live but just exist."

© कार्ल मार्क्स

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim