आत्मानुभूति र अभ्यासमार्फत रूपान्तरणको यात्रा



रूपान्तरण कुनै बाह्य चमत्कारबाट होइन, जीवनको आफ्नै अभ्यास र अनुभूति मार्फत सम्भव हुन्छ । श्रुति वा शब्दले केवल ज्ञान वा संकेत दिन सक्छ, तर ती ज्ञान वा संकेतहरूलाई जीवनमा उतार्न प्रयोग र अनुभूतिका चरण पार गर्नै पर्छ । आध्यात्मिक यात्रामा हामीले अरूलाई अन्धअनुसरण गर्नुको सट्टा, आफ्नो भोगाइ, चुनौती र असफलताबाट सिक्नुपर्छ । प्रत्येक दिनका अनुभवहरूले नै हामीलाई मार्गदर्शन गर्छन्- के गर्ने, के नगर्ने भन्ने कुरामा । यसर्थ, कोही बाह्य गुरुको शरणमा लम्पसार पर्नुको सट्टा, आत्म ज्ञान, आत्म-अवलोकन र सचेत अभ्यासमार्फत आपफुले आफूलाई मानेर अघि बढ्नु नै रूपान्तरणको सशक्त उपाय हो । जब हामी आफूलाई बुझ्न र क्रिया गर्न थाल्छौं, तब मात्र हामी साँच्चिकै परिवर्तनको बाटोमा अग्रसर हुन सक्छौं । त्यसैले रूपान्तरणको लागि कोहि गुरूको अनिवार्यता छैन बरू हामी स्वयं हाम्रो जीवनको महानतम गुरु हौं ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim