हस्तस्य भूषणम दानम, सत्यं कंठस्य भूषणं !



हस्तस्य भूषणम दानम, सत्यं कंठस्य भूषणं।
श्रोतस्य भूषणं शास्त्रम,भूषनैस्किं प्रयोजनम।

#अर्थातः जबकी हातको आभूषण दान/सेवा हो, घाटी/कण्ठको आभूषण सत्य बोल्नु हो र कानको आभुषण शास्त्र/ज्ञान/दर्शन सुन्नु हो भने बेकारका गरगहनाको केअर्थ/केकाम ?, अतः बेअर्थका हिरा,मोती, सुन वा चादी सब खोलामा लगेर फालिदिए पनि हुन्छ । 

याे श्राेक म किन यहाँ शेयर गरिरहेकाे छु भने, भर्खरै सुन तोलाको एकलाख नाघेछ । सुन र फलाममा केही भिन्नता नदेख्ने/नमान्ने, बरू प्रायोगिकताको हिसाबले फलामलाई बढी प्रेमगर्ने म जस्तो जोगीलाई तोलाको करोड नाघेपनि न त दुखि बनाउछ, न त उत्साहित बनाउछ, न खुशी बनाछ । शिवपुरीबाबाले एकपटक भनेका पनि छन- "जब तिमी सुन र फलाममा दुबैको सार्वभौम स्वरूपको युनिकता बाहेक केही भिन्नता देख्दैनौ तब मात्र तिम्रो आध्यात्मिक यात्राको शुरूवात सम्भव हुन्छ" ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim