सं/गीत: देउरालीमा बतास चल्यो...!

 देउरालीमा बतास चल्यो

देउरालीमा बतास चल्यो

बतास चल्यो बतास चल्यो बतास चल्यो

देउरालीमा बतास चल्यो



बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
बाँजको पात हल्लाउदै
छहरालाई गिज्याउँदै
उकालीको बादलुलाई
उडाउदै जिल्याउँदै
उकालीको बादलुलाई
उडाउदै जिल्याउँदै
गुराँस घारी पाखो खुल्यो
पाखो खुल्यो पाखो खुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो

सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सौन्दर्य र एकान्तको
दुई धारा देउरालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौ डालीमा
सप्तरंगी चिमल फूलको
ओठ चुम्दै नौ डालीमा
भौतारिंदै हुस्सु डुल्यो
हुस्सु डुल्यो हुस्सु डुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो

घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
घारी घारी जिस्की पस्दै
डाली डाली बस्दै बस्दै
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्धको
कहिले काहीं थाके जस्तै
संगीत र सुगन्धको
सुइँको पाए मात्ते जस्तै
यतै कतै फूलमा भुल्यो
फूलमा भुल्यो फूलमा भुल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
बतास चल्यो बतास चल्यो बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो
देउरालीमा बतास चल्यो


Music: Natikaji
Singer: Premdhoj Pradhan
Lyricist: Ramesh Dhital
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message