हरेक बिरूवाहरूमा हामी छौं र हरेक हामीभित्र बिरूवाहरू छन


#Earth_Day को अवसरमा रचिएकाे-

हरेक बिरुवाहरु र रुखहरुमा,

हरेक तालहरु र समुन्द्रहरुमा,

हरेक हिमालहरु र पहाडहरुमा,

हामी छौ साथी, हामी ।

र हरेक हामीभित्र–

विरुवाहरु, रुखहरु,

तालहरु, समुन्द्रहरु,

हिमालहरु र पहाडहरु छन् ।

नपत्याय छाम्नुस आफूलाई

र महसुस गर्नुस कि–

हाम्रो लागि पृथ्वी प्रेम हो,

र पृथ्वीको लागि हामी ।

हामीले मान्नै पर्दछ-

पृथ्वी नै स्वर्ग हो, पृथ्वी नै ईश्वर हो,

पृथ्वी नै पिता हो र पृथ्वी नै माता हो ।

समग्रमा,  "पृथ्वी" सबै महान चीजहरु

एकैठाउँमा सजिएको उत्कृष्ट कला हो ।

©सतभीम

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim