देशलाई कंगाल हुनबाट कसरी बँचाउने ?



हामीले हाम्रो आफ्नो काम र जिवनशैलीले परिवारको, समाजको र देशको अर्थतन्त्रमा के कति नकारात्मक प्रभाव वा सकारात्मक प्रभाव पारिराखेका छौं? भनेर सदैव विचार गर्नुपर्छ । एक जमानामा अर्गानिक कृषि उत्पादमा आत्मनिर्भर नेपाल, त्यतिमात्र हैन छिमेकी देशहरूको  संकटमा खाद्यान्न एवं अनुदान पठाउने देशको हालत अहिले केवल २५/३० वर्षको अन्तरालमा कंगाल हुने दिशा उन्मुख छ र यसको दोषी हमी सबै हौं, हाम्रो जीवनशैली नै हो । आधुनिक जीवनशैलीको नाममा हामीले खासमा नरकिय जीवन बाँचीराखेका छौं । 

त्यसर्थ, नेपालको अर्थतन्त्रको सस्टेनेवल सोलुसन भनेका- (१) नसुहाउँदो भद्दा लाग्ने  लग्जरीअस/मटेरियल जैवनशैली भन्दा पुनः नेपालीपन झल्किने सरल जिवनशैली अपनाउने, (२) कृषिलाई सबैभन्दा सम्मानित पेशा घोषणा गरी सोही अनुसारको लगानी गरेर कृषि उत्पादन बढाउने, (३) जलविद्युत उत्पादन बढाउने (एउटा सानो  परियोजना निर्माण गर्न पनि २५ वर्षसम्म भ्रष्टाचार गरेर खाईरहेर हैन कि हरेक परियोजना बढिमा ५ वर्षमा सम्पन्न गरिसक्ने)  र विशेष गरि (४) पर्यटन प्रवर्द्धन (पर्यटकहरूलाइ झन्झटमुक्त प्रशासनीक सेवा तथा निशुल्क भीजा प्रदान) गर्ने हुन। 

हमीले हाम्रो दर्शन- (१) कृषि मुलश्च: जीवनम् (२) उत्तम खेती, मध्यम व्यापार, कमसल जागिर; लाई पुनः स्मरण गरौं, पालना गरौं ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message