घडीको सेकेन्ड सुई अनुसार चल्ने दार्शनिक



१८ औँ शताब्दीका विश्वविख्यात जर्मन दार्शनिक/विचारक इम्यानुअल कान्ट (Immanuel Kant) आफ्नो दैनिक दिनचर्याको सन्दर्भमा एकदम अनुशासित व्यक्तिको रूपमा प्रख्यात छन् । विशेष गरी पंचुआलीटी वा समयको सम्मानमा उनी जीवनभर एक सेकेन्ड पनि तलमाथि चुकेनन् । त्यसैले, उनलाई घडीको सेकेन्ड सुई अनुसार चल्ने दार्शनिकको रूपमा पनि चिनिन्छ । उहाँ कोनिस्बर्ग युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो ।

उनी हरेक दिन बेलुकाको ठ्याक्क ३ बजेपछि जङ्गलतिर बरालिन वा जङ्गल बाथको लागि वाकिङ जाने गर्नुहुन्थ्याे । यतिसम्मकी, उनको गृहनगर कोनिग्सबर्गका मानिसहरूले आफ्ना कामहरूको रुटिन नै कान्ट हिँडेको आवाजसँग सेट गरेका रहेछन् । अर्थात्, जब कान्ट हिँडेको आवाज आउँछ तब छिमेकीहरूले लु बेलुकाको ३ बजिसकेछ भन्दा रहेछन् । 

एक पटक एक जना छिमेकीले कान्टको नियमित हिँड्ने समय भन्दा केही मिनेट ढिला भइसक्दा पनि कान्ट नआएको नोटिस गरेछन् । तब, ती छिमेकी न कान्टलाइ केहि भएछ कि भनेर चिन्तित हुँदै जाँच गर्न कान्टको घरमा पुगेछन् । तर, त्यतिखेरसम्म कान्ट उनको नियमित वाकिङको लागि तयार हुँदै रहेछन् । 

अनि, ती छिमेकीले छक्क पर्दै सोधेछन्- प्रोफेसर! तपाइ आज किन ढिला हिँड्दै हुनुहुन्छ, के गडबडी भयो भन्नुस त?
तब कान्टले हाँस्दै भनेछन- "हेर्न्नुस न, हिजो मैले आजदेखि १५ मिनेट ढिला हिँड्न सुरु गर्ने निर्णय गरेँ, तर मैले जानाजान गरेको १५ मिनेट ढिला हिँड्ने निर्णयमा अडिक रहेर ठ्याक्कै १५ मिनेट ढिला हिँड्न थाल्नको लागि, अर्थात् १५ मिनेट समय विताउनकाे लागि एक पटक मोजा र जुत्ता लगाएर फुकालेर फेरी लगाउँदै छु ताकि म मेराे हिजाेकाे निर्णय अनुसार ठ्याक्कै १५ मिनेट ढिला हिँड्न थाल्न सकूँ ।" 

कान्टको यस कथनबाट के थाहा हुन्छ भने उनी उनको दिनचर्याप्रति कति समयनिष्ठ, प्रतिबद्ध र अनुशासित थिए । उनी यस्ता थिए कि, बिहानको १२ बज्यो भनेपछि ठ्याक्कै लन्च खानै पर्ने, साँझ ६ बज्यो भनेपछि डिनर खानै पर्ने, बेलुकाको ९ बज्यो भनेपछि सुत्नै पर्ने । हामी पनि थाेरबहुत समयनिष्ठ हुन सिकौँ ।

Reference: 
-TheDimondSutras (A book by OSHO)
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message