How did Nietzsche become insane? नित्से कसरी पागल भए ?



१९ औँ शताब्दीको विश्वविख्यात जर्मन दार्शनिक एवं कवि फ्रेडरिक नित्से (Friedrich Nietzsche) एकदम करुणाले भरिएका व्यक्ति थिए । उनी मनबाट जति कोमल थिए त्यो भन्दा बढी उनी एकदम रमाइला, एकदम हँसिला एवं प्रकृतिवादी थिए । उहाँ स्विजर्ल्यान्डको बसेल युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो । सारा जीवजन्तु, चराचुरुङ्गी, किराफट्यांग्रा, ढुङ्गा, माटो, जल, वायु, वनस्पति, आकाश, सूर्य, अग्नि सबै सबै पक्षहरू एक अर्का बिच घनिष्ट पारस्परिक सम्बन्ध रहेको हुन्छ त्यसैले हामीले सबैको प्रेमपूर्वक सम्मान गर्नुपर्छ भन्ने विचार थियो उनको । 

एक पटक नित्से इटालीको टुरिन सहर भ्रमण गर्दै थिए । अकस्मात् सडकमा एक जना मानिसले एउटा घोडालाई दुर्व्यवहार वा कुटपिट गरिरहेको नित्सेले देखे । त्यो दृश्य देखेर नित्से एकदम विचलित भए, भावविभोर भए र उनी घोडाको छेउमा पुगे । र, घोडालाई सुमसुमाउँदै बर-बर्ती आँसु झार्दै रुन थाले । अनि, घोडाले पनि भावविभोर नित्सेको कोमल मनको पीडा बुझेर शिर झुकायो ।  

तर, दुःखद कुरा के हो भने, यस घटना पछि नित्सेको मानसिक स्वास्थ्य बिग्रिन थाल्यो । बिस्तारै बिस्तारै उनको मानसिक विघटन बढ्दै गयो । यतिसम्म भयो कि पछि उनले जीवनभर मानसिक आश्रय-स्थल (asylum) मा बिताउनु पर्‍यो । भनिन्छ, उनको पागलपना सुरु हुनुमा त्यही इटालीको सहरमा घोडालाई कसैले निर्घात कुटेको देखेको घटनाले बढी प्रभाव पार्‍यो । 

त्यसर्थ, मानिसको मनको कोमलतामा कहाँनेर कतिखेर चोट पुग्न सक्छ भन्ने कुरा हामी सबैले हरेक पल मनमा लिनुपर्दछ र सकेसम्म सृष्टिको सबै सबै पक्षहरूसँग घनिष्टतम सम्बन्ध, सम्मान र सद्भाव राख्नुपर्दछ भन्ने कुरा हामीले भुल्नुहुँदैन ।


#श्रोतः जर्मन भाषामा प्रकाशित उहाँको जीवनी अंशलाइ मेरो भावअनुवाद।


Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र- अन्तरमुखी हुनु (मौन) , वैराग्य हुनु (जिज्ञासु) र एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim