सासु–बुहारीको तीजका रमाइलो क्षणहरू



नेपाली नारीहरूको महान एवं पवित्र चाड तीजको पावन अवसरमा मेरी आमा र मेरी बुडी अर्थात सासु–बुहारीले यस वर्ष निकै उत्साहका साथ विभिन्न तीज विशेष कार्यक्रमहरूमा सहभागी हुँदै श्रद्धापूर्वक तीज मनाए । काठमाडौँ उपत्यकाको सम्पूर्ण महादेव मन्दिरहरूमा गरिएको पवित्र दर्शन, चेलिबेचिहरूबीचको दरखाने कार्यक्रमको हाँसो–ठट्टा र नाचगान, अनि नगरकोटको सुनौलो विहानी, चिसो हावा र रमणीय दृश्यसँगै बिताएका अनुपम क्षणहरू सबै सबै ले सासुबुहारीको यस वर्षको तीज उत्साहपूर्ण, स्मरणीय र अर्थपूर्ण भएको मैले बुझेको छु । सासुबुहारीको तीज विशेष झलकहरु सम्झनाको लागि यहाँ प्रकाशन गरेको ।













Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message