देश जलाउने आतंककारीहरूको मीलन र सत्ता सपना




देश जलाउने आतंककारी/ठगहरू मिल्नु त स्वभाविक थियो, देशलाइ बंगलादेश बनाउने नाममा त्यत्रो अर्बौको डलर पचाएका स्टेकहोल्डरहरू जो परे । यो त सब  डिजाइन अन्तरगतको एउटा हिस्सा न हो । ब्लुप्रिन्ट त धेरै पहिलादेखि तयार थियो । तर, घर जलाएर फेरी त्यही घरमा जान यिनीहरूको लुछाचुडि जो देखिन्छ, दया लागेर आउछ यिनीहरूको भविष्य सम्झिदा ।

तर, यो मिनल सँगै, गँजडीको हैसियत कति रहेछ भन्ने पनि नेपाली जनताले राम्रोसँग छर्लंगै देखे । अन्तराष्टिय ठगको पाटिमा लतारिएर जानु सिवाय केहि खुल्क्याउन सकेन । अब जीवनभरी- "हाम्रो सभापति ठग हैन, हाम्रो सभापति प्रति राजनीतिक प्रतिशोध भयो" भनेर सडकमा नारा लगाएर जुनि बिताउनु सिवाय यो गँजेडीबाट अरू केहि आशा गर्न सकिन्न । किनभने, ठग पाटिका हरेक नेता/सांसद/कार्यक्रर्ताको पछिल्लो तीन वर्षको काम "हाम्रो सभापति ठग हैन, हाम्रो सभापति प्रति राजनीतिक प्रतिशोध भयो" भन्ने सिवाय अरू एउटो सिन्को भाचेको देखिदैन । ए साची, यिनिहरूले एउटा महान काम (क्रान्ति) चै गरे क्यार- देश जलाउने क्रान्ति । योजनाबद्ध रुपमा (बिदेशीको गोटी बनेर)- जेल फुटाउने, सिहदरवार, सर्वोच्च अदालत, संसद भवन, देशभरीका सरकारी अड्डा, मिडिया हाउस, बिजनेस हाउस, पसल, भाटभटीनि वा जनताको घर जलाएर लुटपाट गर्ने, आतंक मच्चाउने; शहिदहरूको स्टाचु फुटाउने, किसुनजी जस्तो सन्त सादगी नेताको कुटी जलाउने, नेपालमा प्रजातन्त्रको जग हालेका बिपी जस्तो नेताको ऐतिहासिक घर जलाउने जस्ता महान क्रान्ति गरिटोपले क्यार, देश बनेन बनेन भन्ने नारा लगाएर बनेको देश पनि भताभुंग बनायौ, बस त्यति हो ।  सो महान क्रान्ति गर्न तिमि ट्यापे र तिम्रा गँजडी ग्याङ पनि ज्यान दिएर लाग्यौ, किनभने तिमिलाइ नेपालको हिटलरी प्रधानमन्त्री बन्नु जो छ । अब, तिम्रो बचाउमा "राम राम" भन्नु सिवाय केहि गर्न सकिदैन, sorry साथी ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message