महाधिवेशन सहाधिवेशन भन्दा पनि यतिखेर चनाखो हुनुपर्ने प्रमुख कुरा भनेको कस कसले कस कस लाइ परिचालन गरेर नेपालका गौरवपूर्ण इतिहास बोकेका सबै राजनीतिक दलहरुलाइ टुटाएर फुटाएर देशलाइ कमजोर बनाउन भरपुर कसरत गरीरहेका छन भन्ने कुरा महत्वपूर्ण हो । जस्तै, माओवादीलाइ फुटायो, पहिल्यै फुटेको एमालेलाइ पुनः फुटाउन भरपुर कसरत भएकै थियो, राप्रपालाइ फुटाउन भरपुर कसरत भएकै थियो, नेपाली काँग्रेसलाइ फुटाउन गगनलाइ उचालेर भरपुर प्रयास भैरहेको छ । यस्तो शिलशिला विगत एक वर्षदेखि चर्काउदै चर्काउदै ल्याइएको थियो । यस्तो गर्न बाह्य बल लगाइरहेका रणनीतिकारहरुको प्रमुख उद्देश्य भनेको नेपाललाइ जसरी हुन्छ कमजोर बनाउने, दोन्दमा फसाइराख्ने, अल्झाइराख्ने, यही नै हो । अन्तराष्टिय ठग रबि र गँजडी बालेन लगायतले (विदेशीको गोटी बनेर) मच्चाएका पछिल्लो जेन जेड आतंकबादी गतिविधि पनि यसैभित्र पर्दछ । अन्यथा, नेपाली इितहासमा, देशको हरेक संकटमा सबै राजनीतिक दलहरु एकताबद्ध भएको उदाहरण- भुकम्पपछिको पुननिर्माण, कोरोनाकाल, २०७७ सालको लिपुलेक सिमाविवाद र सर्वदलीय एकता सहित संविधाननै संसोधन गरेर सिमा विवादलाइ सम्बोधन गरीनु लगायत हरेक राष्टिय सवालमा सबै दलहरु एकताबद्ध भएका उदाहरण प्रसस्त थिए । यतिखेरको दुरदशा हेरम त, देशमा संवैधानिक संकट मडारीरहेको छ, देशलाइ पुनः लोकतान्त्रीक एवं संवैधानिक बाटोमा हिडाउन सबै दलहरु एकजुट भएर लाग्नु पर्नेमा, सबै दलहरु आ आफ्नै आन्तरिक विवाद र दोन्दमा फसेका छन । गगने जस्तो युवा नेता (कथित राष्टीय नेता) पनि यही मौका हो पाटी कब्जा गर्ने वा पाटी फुटाउने भनेर ज्यान फालेर लागिपरेको छ । सबै मिलेर यतिखेरको राष्टिय संकटलाइ कसरी समाधान गर्ने भन्ने त उसको दिमाखमा छँ दै छैन, केवल पाटी कब्जा गर्ने स्वार्थ बाहेक । जबकी आतंककारीहरुले उसकै घर पनि जलाएको थियो । समग्रमा, देश विषम संकटउन्मुख छ, तर यतिखेरको नेपाली जंक पोलिटिक्समा भने सबैलाइ (अलमोस्ट सबैलाइ)- पद, पावर, पैसा र पहुँच हाँसील गर्नु मात्र छ, राष्टिय हित त बालै फररर ।




