बसन्त, उत्साह र नयाँ वर्षको उमंग



आज नयाँ वर्ष २०८३ को पहिलो दिन, जीवनमा विगतका अनेकन उकाली ओराली र मोडहरू सम्झँदा मन एकदमै दंग परेको छ र नयाँ वर्षाका नयाँ दिनहरू थप   सकृय, सृजनशील र सार्थक रहुन भन्ने मनोभावले उत्साहित भएको छ । बसन्त ऋतु सधैंझैं फेरि फर्किएको छ । नयाँ पालुवाहरू पलाउन थालेका छन । फुलहरू ढकमक्क फुलेर चारैतिर सुवास छर्न थालेको छ । फलहरू लाग्न थालेका छन । चराचुरुङ्गीहरूको मधुर स्वरले वातावरणा गुन्जायमान छ । हरियालीले भरिएको प्रकृतिको यो पुनर्जागरणले सबैको मनलाइ मोहित बनाएको छ । बसन्त ऋतुसँग मेरो पनि कनेक्सन गहिरो छ । शुरूवातीदेखि नै बसन्त ऋतुसँग मेरो जीवनको विभिन्न अध्यायहरू पनि जोडिँदै जोडिँदै आएका छन । बसन्त ऋतु काल मै जन्मिएर ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा पाइला राख्दै गर्दा, हरेक नयाँ वर्ष मलाई केवल पात्रोको परिवर्तन मात्र नभई, आत्मा र जीवनको नयाँ शुरुआत जस्तो लाग्छ । हरेक वर्ष बसन्त ऋतुले प्रकृतिमा अनुपम बहार ल्याए झै जीवनमा पनि निरन्तर नयाँपन, आशा र सम्भावनाको संकेत ल्याइरहेको महसुस गर्छु । 



अझ विशेष कुरा के छ भने, गत बसन्तमा नै म र मेरी प्रियसी कमला बिच शुभ विवाह सम्पन्न भइ गृहस्थ जीवनको नयाँ यात्रा सुरु गरेका थियौं र हामीले प्रण गरेका थियो हामी दुइ मिलेर जीवनलाइ अर्थपूर्ण बनाउने छौं । आमा, म, दाइ, भाउजु र भतीजी गरी पाँच जना सदस्य मिलेर बनेको हाम्रो सानो संसारमा मेरी जिवनसंगीनी पनि नयाँ सदस्यको रूपमा थपिएपछि जीवन थप अर्थपूर्ण बनेको थियो । 



मेरो लागि अर्को विशेष कुरा के छ भने यो नयाँ वर्ष अझ बढी उत्साह र प्रतीक्षाले भरिएको छ । किनभने यो नयाँ वर्ष को लगभग भदौ महिनाको पहिलो हप्तामा हाम्रो पहिलो सन्तान यस संसारमा आउने अपेक्षा छ । हामी अब केवल पति–पत्नी मात्र नभई छिटै माता पिता समेत बन्ने यात्रामा छौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मेरो मनमा भएका यो उत्साह र भावनालाइ यही छोटो ब्लग मार्फत प्रस्तुत गरें किनभने सायद वर्षौँपछि हामीले यही ब्लग पढेर आजको दिनको  हर्ष, उत्साह र उमंग लाई फेरि महसुस गर्नेछौँ । जीवनको यो यात्रा यस्तै साना–साना सम्झनाहरूले नै विशेष, खास र अर्थपूर्ण बन्दै जान्छ भन्ने विश्वासका साथ हामी (म र कमला) नयाँ वर्ष २०८३ लाई हृदयदेखि स्वागत गर्दछौँ । र, नयाँ वर्षले सबैमा उत्साह, उमंग र उन्नति ल्याउन भन्ने शुभकामना व्यक्त गर्दछौं ।


Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message