न म शरीर हु, न यो शरीर मेरो हो, म त एक अनन्त अनन्त ज्ञानस्वरुप हुँ !



अष्टावक्र महागीतामा 

राजा जनकलाई अष्टावक्र भन्छन-

नाहं देहो न मे देहो

बोधोऽहमिति निश्चयी।

कैवल्यं इव संप्राप्तो

न स्मरत्यकृतं कृतम्॥

#अर्थातः न म शरीर हु, न यो शरीर मेरो हो । म त एक अनन्त अनन्त ज्ञानस्वरुप हुँ । म न त कुनै विगतमा अल्झिन्छु न त कुनै भविष्यप्रति चिन्तित रहुन्छु ।

Share:

कविताः गतिको सरल नियम


© हिमाल चन्द्र बराल

अक्सर सत्तासीनहरु

सबै धृतराष्ट्रका सन्ततिहरु नै हुन्छन्

जसको विवेक अन्धो हुन्छ

मति इमानसँगै सति जान्छ

अहंकारले मातेपछि

सिङ्गो पृथ्वी आफ्नै पाइतालामुनि देख्छन्

भुइँफुट्टा भाइभारदारको बुइ चढेर

आफूलाई सत्यको ठेकेदार ठान्दछन्

शक्तिले यति धेरै उन्मत्त हुन्छन् कि

समयलाई मुठ्ठीमा कैद गरेको भ्रम पाल्दछन्

यिनमा लुई चौधौंको भूत यसरी सवार हुन्छ कि

अरु सबैलाई दास करार गर्दछन्

स्वयं मालिकत्वको नशामा चूर हुन्छन्

अक्सर शासकहरु

हिरण्यकश्यपुकै नवअवतार हुन्छन्

जो आफ्ना भजनमण्डलीको दायाँबायाँ बसेर

आफूलाई ईश्वर घोषणा गर्दछन्

चाहे त्यो कुनै गद्दाफी होस्

पोलपोट होस् वा सद्दाम हुसेन

या जङ्गबहादुर होस् वा हिटलर

सबै आफूलाई अजेय र अजर सोची टोपल्छन्

परन्तु

गतिको नियतिलाई कहाँ मञ्जुर हुन्छ र

यिनीहरुको उद्दण्डताको उन्माद;

कहाँ स्वीकार हुन्छ र

यिनीहरुको तुजुकको नाङ्गो नर्तन;

न हिजो कसैले रोक्न सक्यो

न कसैले छेक्न सक्नेछ भोलि

इतिहासको निर्ममताको जाँतोमा

लाचार घून बनेर पिसिनुपर्ने

तमाम आततायीहरुको भयानक नियति ! 

Share:

Lockdown Pursuits: From Badminton to Blockbusters



लकडाउन भरीको प्राय समय तास खेलेर, ब्याडमिन्टन खेलेर, क्यारीम खेलेर, लुडो खेलेर, थोरबहुत समय पुस्तकहरु पढेर, धेरै समय त्यसै त्यसै बरालीएर विताईयो । यद्यपी, पछिल्लो समय दुईवटा हलिउड मुभी हेरीयो । Queen of Katwe  र Hotel Rwanda । दुबै अफ्रिका केन्द्रित । एउटा भिजनरी गुरुले एउटी चेलीभित्र लुकेको अन्तरनिहित क्षमता लाई विकास गराएर सोही क्षमताको आधारमा विश्वसामु आफ्नो देश युगान्डालाई चिनाउन नजाने के कति परीसानी खेप्नु पर्दछ र चेलीले पनि आफ्नो बेस्ट भरजन डीस्कभर गर्न नजाने के कति संघर्ष गर्नु पर्दछ भन्नेकुरा छर्लंग परिएको छ Queen of Katwe मा चेस खेल मार्फत, पूर्ण त चेस खेलमा आधारित पहिलो हलिउड मुभी पनि हो यो । 

त्यस्तै विभेद, दोन्द, हिंसा र परनिर्भर राजनीतिलाई सेफ ल्यान्डींग गराएर शान्ति र सुरक्षा कायम गराउन एउटा सर्वसाधारण होटल म्यानेजरले पनि नेतृत्वदायी भूमीका खेल्न सक्ने रहेछ भन्ने छर्लंग परिएको छ Hotel Rwanda मा । यी दुबै सत्य घटनामा आधारीत मुभीहरु हुन ।

Share:

The Binary Blueprint for Pure Love



In life, we can learn a valuable lesson from the numbers 1 and 0. They teach us how to treat each other with kindness and respect to make our love meaningful. Imagine 1 saying to 0, "you make me feel ten times stronger" and 0 responding, "without you, I am nothing". When they come together as "10" it shows that true love is about mutual respect, value, acceptance, and supports. In reality of life, our love should be like of 1 and 0, where we treat each other with respect and help each other for our meaningful lives filled with pure love.

Just like computers need both 1 and 0 to work, our love need respect, acceptance, and support to thrive. Think of it as a simple code for a happy and loving life. When we value and support each other, our love becomes strong and pure, just like the bond between 1 and 0.

In the winding journey of life, let's embrace the lesson from 1 and 0. Our love can be beautiful and meaningful if we treat each other with kindness, accept one another, and help each other grow. Like 1 and 0 coming together, our love can be a source of happiness and purity in our lives.

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message