सं/गीत: मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन्नँ !



मर्न बरु गाह्रो हुन्न (Marna Baru Garho Hunna)


मर्न बरु गाह्रो हुन्न,

तिम्रो माया मार्नै सकिन्नँ


बसन्तको हरियाली फूलसँगै ओइली जान्छ

निलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ

तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ

तिम्रो माया मार्नै सकिनँ ।

 

धेरै लामो बाटो हामी, सँगैसँगै हिडिँसक्यौं

टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौं

तर अन्त्य यसको यहीँ भन्न अझै मनै भएन

तिम्रो माया मार्नै सकिन्नँ ।


मर्न बरु गाह्रो हुन्न,

तिम्रो माया मार्नै सकिन्नँ

[आवाजः फत्तेमन राजभंडारी]

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message