शुभविवाह जीवनको एउटा महत्वपूर्ण मोड हो, जहाँ दुई परिवारहरूको आशीर्वाद, सद्भाव र शुभेच्छाले जीवनको नयाँ यात्राको सुरुवातलाई अझ अर्थपूर्ण बनाइदिन्छ। मेरो र कमलाको शुभविवाह समारोहका यी भिडियोहरूले त्यतिबेलाको वातावरण, नातागोता र साथीभाइको साथ, परम्पराहरू, पन्चेबाजा, नाचगान, भोज र खुशीका अन्य क्षणहरूलाई जस्ताको तस्तै भावनासहित सम्झनामा जोगाइराखेका छन । समय बित्दै जाँदा यी क्षणहरूले परिवार, प्रेम, जिम्मेवारी र एकअर्काप्रति समर्पणको मूल्यलाई झनै गहिरो रूपमा सम्झाइरहन्छने छ भन्ने विश्वास छ । यी भिडियो संकलनहरूमा रहेका प्रत्येक पलहरूले त्यो विशेष दिनलाई फेरि एकपटक मनमा उतार्ने सम्झनाको मझेरी बनेको छ।



