कविताः तिम्रो कपाल, बतास र म



तिम्रो ती कालो लामो कपाल

जुन हावामा लहरिँदा,

म कायल हुन्छु, सोचमग्न हुन्छु—

कुन महान चित्रकारले बनायो होला,

यस्तो शास्वात सौन्दर्य स्वरूप ।


जसरी तिमी हाँस्दछौ 

र बतास तिम्रा कपालसँग खेल्दछ,

त्यो दृश्य मेरा आँखाका लागि,

प्रार्थना जस्तै हो।


र मैले महसुस गरेको छु,

तीम्रो कपालको हरेक रेशाहरू,

हाम्रो पवित्र प्रेमलाइ जोडने धागा हुन्।

छायाँजस्तै, जसले मलाई घामबाट बचाउँछ,

वा मिठो सुगन्धजस्तै,

जसले मेरो मनको पीडाहरू पगाल्छ।


कपाल मात्र होइन चम्पा,

तिम्रा मासुम मुस्कानले,

मेरो मनलाइ घायल नै बनाउँछ ।

अझ तिम्रो नसालु नयन,

सागरजस्तै गहिरो, विराट,

जसमा म डुब्न चाहान्छु, हराउन चाहान्छु, 

हरेक दिन, हरेक पल, सधैंभरि।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message