कविताः जहाँ पुगेर टुङ्गिन्छ शब्दहरुको सीमा



तिम्रो सम्झनाको

मन्द मन्द हावाले 

मेरो चेतन तन्तुलाई

जब चुम्दछन् प्रेमले ।


तब तिम्रो तारिफमा

एउटा अमर कविता कोरु झैं लाग्छ,

र मस्तिष्कका शब्दकोशका पानाहरु

ओल्टाउँछु, पल्टाउँछु ।


हृदयको कलममा

भावनाको मसी भर्छु,

शब्दहरुको नापतौल गर्छु ।


तब अनायास दिव्यबोध हुन्छ

मलाई मेरो अर्थहीन प्रयत्नको,

वास्तवमा तिम्रो तारिफमा

कुनै कविता लेख्नै सकिन्न,

तिमीप्रतिको प्रेमको अनुभूतिलाई

शब्दहरुले कहाँ बोक्न सक्छन् र?


जहाँ पुगेर टुङ्गिन्छ शब्दहरुको सीमा

त्यहाँबाट शुरु हुन्छ

मेरो गहिराे प्रेमको भावार्थ


जब सकिन्छ आवाजहरुको उछलकूद

त्यहाँबाट प्रारम्भ हुन्छ

मेरो शब्दातीत भाकाहरुको नृत्य


जसरी अन्तिम सत्य

मौनताको भाषामा लेखिन्छ

तिमीप्रतिको मेरो प्रेमगीतलाई

निम्छरा शब्दहरुमा व्यक्त गर्नै सकिन

केवल आभास गर्न सकिन्छ

आत्मिक तन्तुको स्पर्शहरुमा...!

© हिमाल चन्द्र बराल

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!
Loading Archive...

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message