नेपाली गाउँले जीवन – अर्थपूर्ण जीवन



नेपाली गाउँले जीवन धेरै हिसाबले गहिरो, अर्थपूर्ण, आनन्दीत, सन्तुलित र मानवीय हुन्छ । शहरको भागदौडभन्दा परको गाउँले जीवनले मन, शरीर र समाजलाई सन्तुलित बनाउने मात्र हैन समग्र जीवनलाई नै अर्थपूर्ण बनाईदिन्छ । जहाँ कृत्रिमताको साटो प्राकृतिकता, प्रतिस्पर्धाको साटो सहकार्य र तनावको साटो शान्ति पाइन्छ, त्यहाँको जीवन स्वाभाविक रूपमा सन्तुलित र पूर्ण अनुभव हुन्छ । त्यसर्थ, मैले “किन गाँउमै बस्नु पर्दो रहेछ?” भन्ने प्रश्नको उत्तर दिनको लागि गाँउले जीवनका उल्लेखनीय पक्षहरुलाई समेटेर यो लेख तयार पारेको हुँ । प्रस्तुत छ “गाँउले जीवन–अर्थपूर्ण जीवन” का आधारहरुः

१. स्वच्छ वातावरण र स्वस्थ जीवनः गाउँले जीवनको पहिलो महत्वपूर्ण पक्ष भनेको स्वच्छ वातावरणमा आनन्दले बस्न पाउनु हो । गाँउमा प्रदूषण कम हुने भएकोले त्यहाँको हावा स्वच्छ, पानी प्राकृतिक र खाना प्रायः जैविक हुन्छ । गाउँमा पाइने ताजा तरकारी, जैविक खाद्यान्न र स्थानीय उत्पादनले पोषणयुक्त जीवनशैली निर्माण गर्छ । गाँउको यस्तो स्वच्छ वातावरण र प्राकृतिक खानपानले शरीरलाई मात्र होइन, मनलाई पनि स्वस्थ राख्छ र दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । त्यसर्थ गाँउमा बस्दा जीवन स्वस्थ रहने मात्र होइन, गहिरो मानसिक शान्ति प्राप्त हुने भएकोले गाँउले जीवन अर्थपूर्ण रहन्छ ।

२. समुदाय, सामाजिक सम्बन्ध र आत्मियताः
गाउँमा सामाजिक सम्बन्ध अत्यन्तै गहिरो, आत्मिय र बलियो हुन्छ । छिमेकीहरू केवल छिमेकी मात्र होइनन, परिवारजस्तै हुन्छन । हरेक दुःख–सुखमा एकअर्कालाई साथ दिने संस्कारको कारण गाँउका सबै सदस्यहरुलाइ एकअर्काबिच आत्मियता र सहकार्यभावले घनिष्टरुपमा जोडेर राखेको हुन्छ जसले गर्दा गाँउले जीवन एकदमै सुरक्षित रहन्छ । यस्तो सामाजिक संरचनाले आपसी विश्वास, सहयोग र सद्भाव बढाउँछ, जसले जीवनलाई सहज र निश्चिन्त बनाउँछ । अर्थात, गाउँमा “म” भन्दा “हामी” को भावना बलियो हुन्छ, त्यसर्थ गाँउमा एक्लोपना भन्ने नै हुँदैन ।

३. आत्मनिर्भरताः आत्मनिर्भरता गाउँको अर्को महत्वपूर्ण पक्ष हो । आफ्नै खेतबारीमा उत्पादन गरिएको अन्न, तरकारी, फलफुल, दूध र अण्डाले जीवनलाई आत्मनिर्भर बनाउँछ । यसले परनिर्भर आर्थिक भार घटाउनुका साथै आपतकालिन बचत, आत्मविश्वास र दिगो आत्मनिर्भरता पनि बढाउँछ । आफ्नै श्रम र उत्पादनमा आधारित जीवनले आत्मसम्मान बढाउँछ र मानिसलाई आफ्नो जीवनप्रति गर्व गर्न सिकाउँछ । यसले दीगो आत्मनिर्भर जीवनशैलीको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ ।

४. सरल एवं तनावरहित जीवनः गाउँले जीवन सरल र तनावरहित हुन्छ । गाँउमा अनावश्यक प्रतिस्पर्धा, भागदौड र करिअरको प्रेसर कम हुने भएकाले मानिसहरू मानसिक रूपमा शान्त र सन्तुष्ट रहन्छन । दैनिक जीवनको गति आफ्नै प्राकृतिक लयमा चल्ने हुँदा शरीर र मन दुवैमा सन्तुलन कायम हुन्छ । त्यसर्थ, गाँउमा मानसिक तनाव कम र सन्तुष्टि बढी पाइन्छ, जसले मानिसलाई दीर्घकालीन रूपमा खुसी र स्वस्थ बनाउँछ ।

५. प्रकृतिसँग नजिकको सम्बन्धः प्रकृतिसँग नजिकको सम्बन्ध गाउँको आत्मा हो । हरियाली बनजंगल, खोला नाला, पहाड र खुला आकाशसँगको दैनिक सम्पर्कले मानिसलाई ऊर्जा र आनन्द प्रदान गर्छ । यस्तो वातावरणले मानसिक थकान हटाएर नयाँ ऊर्जा दिन्छ । यसरी प्रकृतिसँगको दैनिक सम्पर्कले मानीसको जीवन पनि प्राकृतिक लयमा चल्ने मात्र होइन मानीसको आत्म पनि सदैव पवित्र रहन्छ । अर्थात, बिहानको ताजा हावा, चराहरुको आवाज, विहानीको घामको स्पर्श र माटोमा गरिने दैनिक खेतिपातीको कामले जीवनलाई पूर्ण रुपमा प्राकृति एवं ऋतुअनुसारको जीवनशैली मोडमा चलाउछ ।

६. कम खर्चिलो जीवनः गाउँमा जीवनयापन खर्च कम हुन्छ । घरभाडा तिर्न पर्दैन । तिर्न परेपनि निकै सस्तो हुन्छ । मुख्य कुरा, गाँउमा धेरै जसो खाद्यान्न आफैं उत्पादन गर्न सकिन्छ । आफ्नै खेतबारीमा उत्पादन गरिएको अन्न, तरकारी, फलफुल, दूध र अण्डाले जीवनलाई आत्मनिर्भर बनाउँछ । फलस्वरुप आर्थिक बचत पनि हुन्छ । साथै, अनावश्यक विलासी खर्च कम हुने भएकाले आर्थिक व्यवस्थापन सजिलो हुन्छ । समग्रमा, घरभाडा, यातायात खर्च, खानापान र दैनिक आवश्यकताहरु गाँउमा सस्तो हुँन्छ जसले गर्दा गाँउमा आर्थिक रूपमा सहज जीवन बिताउन सकिन्छ ।

७. संस्कार, परम्परा र पहिचानको संरक्षणः संस्कार र परम्पराको संरक्षण गाउँमा अझै जीवित छ । चाडपर्व, भेषभुषा, खानपान, भाषा, परम्परागत रितीरिवाज र सांस्कृतिक अभ्यासहरूले हाम्रो पहिचान जोगाइराख्छन । पुस्तौंदेखि पुस्तासम्म सर्ने यी परम्पराहरूले सामाजिक एकता र सांस्कृतिक निरन्तरता कायम राख्छन् । खासमा आफ्नो मौलिक परम्परा र सास्कृतिक पहिचान सहतिको जीवन नै अर्थपूर्ण जीवन हो ।

८. बच्चाहरूका लागि राम्रो वातावरणः बास्तवमा बच्चाहरूका लागि गाउँ उत्कृष्ट वातावरण हो । खुला ठाउँ, प्राकृतिक सिकाइ र पारिवारिक संस्कारले उनीहरूको समग्र विकासमा सकारात्मक भूमिका खेल्छ । खुला ठाउँमा खेल्न पाउँछन । प्रकृतिसँग सिक्ने मौका पाँउछन । परिवार र समाजबाट राम्रो संस्कार पाउँछन । साथै, डिजिटल निर्भरता कम भई व्यवहारिक जीवनोपयोगी सीप विकास हुन्छ । त्यसर्थ बच्चाहरुका लागि गाँउ जस्तो उत्तम वातावरण अन्यत्र हुँदैन ।

९. सन्तुलित जीवनः गाउँले जीवनले काम र व्यक्तिगत जीवनबीच राम्रो सन्तुलन मिलाएको हुन्छ । ऋतुअनुसार बाली रोप्ने वा भित्राउने काममा लाग्नु पर्ने भएता पनि हरेक दिन बिहान बेलुका र खेतीबालीको समय बाहेक अरु समय सधैं परिवारसँग घरमै आनन्दको समय बिताउने, गफगाफ गर्ने, खाने, ठुलाले सानाइ सिकाउने, घरको काम सबै मिलेर गर्ने जस्ता गतिविधिहरुले गर्दा गाँउले जीवनमा कामको अलवा परिवारसँग प्रसस्त समय बिताउन पाइन्छ, फलस्वरुप पारिवारीक सम्बन्धहरू अझ प्रेमपूर्ण, जीवन्त र मजबुत हुन्छन ।

१०. आत्मिक शान्ति र आध्यात्मिकताः आत्मिक शान्ति गाउँको अमूल्य पक्ष हो । गाँउको शान्त वातावरणले ध्यान, पूजा, साधना र आत्मचिन्तनका लागि अनुकूल वातावरण सिर्जना गर्छ । जसले गर्दा मन बाहिरतिर भन्दा भित्रतिरै केन्द्रित हुन मद्यत पुग्छ । यस्तो अभ्यासले मानसिक स्थिरता र आत्मबोध बढाउँछ । जब बाहिरी दुनियाबाट आफ्नै भित्री दुनियामा ध्यान केन्द्रीत हुन थाल्छ, तब जीवन अर्थपूर्ण लाग्ने मात्र होइन, जीवनमा आत्मिक शान्तिको अनुभूति हुनथाल्छ ।

११. सीप विकास र व्यवहारिक ज्ञानः गाउँले जीवनले व्यवहारिक सीप विकास गराउँछ । खेतीपाती, पशुपालन, निर्माण र दैनिक कामकाजले मानिसलाई सक्षम र आत्मनिर्भर बनाउँछ । यस्ता सीपहरूले जीवनका वास्तविक समस्याहरू समाधान गर्न मद्दत गर्छन् । अर्थात, गाँउले जीवनले मानिसलाई व्यावहारीक ज्ञान अभिबृद्धी गराउछ जसले गर्दा उनिहरुमा दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्ने क्षमता बढ्छ । भनिन्छ मानिसले कि पढेर जान्छ, कि परेर जान्छ वा कि गरेर जान्छ । त, गाँउमा पुस्तकबाट भन्दा वास्तवीक जीवन भोगाइ र काम गराईबाट सिक्ने शिक्षा पाइन्छ र त्यस्तो शीक्षाले जीवनको हरेक दुःख सुखमा काम दिन्छ । 

१२. प्राकृतिक स्रोतहरूको सही उपयोगः प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोग गाउँको महत्वपूर्ण विशेषता हो । पानी, जंगल र जमिनको संरक्षण गर्दै प्रयोग गर्ने चलनले दीगो जीवनपद्धतीलाई प्रोत्साहन दिन्छ । यस्तो जीवनपद्धतीले भविष्यका पुस्ताका लागि पनि स्रोत सुरक्षित राख्न सिकाउछ । गाँउमा मानिसहरु प्राय स्थानीय स्रोत र साधनहरु जस्तै पानी, जंगल र जमिनमा नै निर्भर हुन्छन जसले गर्दा स्वत दिगो जीवनपद्धतिको विकास हुन्छ ।

१३. श्रमको सम्मान र सक्रिय जीवनः श्रमको सम्मान गाउँमा स्पष्ट देखिन्छ । गाँउमा काम नगरी बस्ने चलन हुँदैन । गाँउमा काम नै धर्म हो, काम नै पूजा हो भन्ने भावना हुन्छ । त्यसर्थ गाँउमा दैनिक शारीरिक श्रम गरिन्छ । दैनिक शारीरिक कामले शरीरलाई बलियो एवं सक्रिय राख्नुका साथै श्रमप्रतिको सम्मान पनि बढाउँछ । यसले अनुशासन, लगनशीलता र आत्मनिर्भरता पनि विकास गर्छ ।

१४. स्वतन्त्रता र स्वाभिमानः स्वतन्त्रता र स्वाभिमान गाउँले जीवनको आधार हो । आफ्नै स्रोत र साधनमा आधारित जीवनले मानिसलाई आत्मनिर्भर र आत्मसम्मानी बनाउँछ । आफ्नै घर, आफ्नै जमिन, आफ्नै परिश्रम र आफ्नै उत्पादनमा आधारित जीवन बास्तवमा एकदमै स्वाभिमानपूर्ण जीवन हो जहाँ कसैको नियन्त्रण वा कसैसँग निर्भरता हुँदैन, जसले गर्दा गाँउले जीवनमा आत्मसम्मान बलियो हुन्छ ।

१५. सामुदायिक सहभागिता, सामूहिक निर्णय र सहकार्यः सामुदायिक सहभागिता, सामूहिक निर्णय र सहकार्यले गाँउले समाजलाई एकताबद्ध र जिम्मेवार बनाउँछ । जस्तै मेलापात, मेलापर्म, अ‍ैचोपैचो, समुह र सभा लगायतले गाँउलेहरुलाई एकआपसमा परस्पर घनिष्ठ सम्बन्धमा जोडेर राखेको हुन्छ । यस्तो सहभागिताले मानिसहरुमा लोकतान्त्रिक अभ्यास र सामाजिक जिम्मेवारी पनि विकास गर्छ ।

१६. प्राकृतिक उपचार र घरेलु औषधिः प्राकृतिक उपचार र घरेलु औषधिको ज्ञान गाउँमा प्रयापत पाइन्छ । जडीबुटी र परम्परागत उपचार विधिहरूले विभिन्न रोगब्याधी र स्वास्थ्य समस्याहरू समाधान गर्न सहयोग गर्छन । यस्तो अभ्यासले स्वास्थ्य सम्वन्धी वैकल्पिक एवं प्राकृतिक ज्ञान पनि बढाउछ । साथै, यसले आधुनिक औषधिमा निर्भरता कम गरि प्राकृतिक एवं सन्तुलित स्वास्थ्य दृष्टिकोण समेत विकास गर्छ ।

१७. मौलिक कला र सिर्जनात्मकताः मौलिक कला र सिर्जनात्मकता गाउँमा सदैव जीवित रहन्छ । लोकगीत, झ्याउरे, नाचगान, देउसी भैलो, रोधी, कथा, नाटक र हस्तकलाले मानिसहरुमा सांस्कृतिक समृद्धि र रचनात्मक अभिव्यक्ति अभिवृद्धी गर्दछ । यस्तो अभ्यासले मानिसहरुलाई कलात्मक, सृजनशील र सास्कृतिप्रेमी बनाउने मात्र हैन आफ्नो सास्कृतिक धरोहरहरुलाई समेत सदैव जीवित राख्न मद्यत पुग्छ । साथै, यसले सामाजिक मनोरञ्जन र सामूहिक खुशी पनि बढाउँछ ।

१८. वास्तविक जीवनको अनुभूतिः गाउँले जीवनले मात्र वास्तविक असली जीवनको अनुभूति गराउँछ । कृत्रिमता कम र प्राकृतिकता बढी हुने भएकाले गाँउमा साना–साना कुरामा पनि खुसी भेटिन्छ, जसले जीवनलाई साँच्चै अर्थपूर्ण बनाउँछ । सरलता र सन्तुष्टिमा आधारित जीवनले मानिसलाई वास्तविक खुशी के हो भन्ने बुझाउँछ । गाँउमा जीवन बास्तवमै बास्तवीक हुन्छन, शहरमा जसतो कृत्रिम हुँदैन गाँउको जीवन । बारिह अर्को र भित्र अर्को हुँदैन गाँउले जीवन । त्यसर्थ जीवनको वास्तविक स्वाद बास्तवमा गाँउमा नै पाइन्छ ।

समग्रमा, नेपालको गाउँले जीवन केवल जीवनयापन मात्र होइन, एक पूर्ण जीवनशैली हो, जहाँ सादगी, आत्मीयता र सन्तुष्टि पाइन्छ । गाँउको बसाइले मानिसलाई आत्मनिर्भर, सामाजिक रूपमा जिम्मेवार र मानसिक रूपमा सन्तुलित बनाउँछ । गाउँले जीवन केवल सहज, सरल र सन्तुलित मात्र होइन, आत्मनिर्भर, सुसंस्कृत एवं समृद्ध पनि हुन्छ, जसले जीवनलाई वास्तवमै यथार्थपरक, अर्थपूर्ण, सन्तुलित र दीगो बनाउँछ ।
Share:

मनमा गहिरो सन्तुष्टि, शान्ति र आनन्द दिने जीवनका पाँच जीवन्त कर्महरू



जीवनको वास्तविक आनन्द र सन्तुष्टि बाहिरी उपलब्धि वा भौतिक सुखमा भन्दा हाम्रो दैनिक कर्म, सोच र सम्बन्धहरूको गुणस्तरमा निर्भर रहन्छ । सानो तर अर्थपूर्ण काम, आत्मचिन्तन, सिर्जनात्मकता, प्रकृतिसँगको निकटता र मानवीय सम्बन्धहरूले मनलाई गहिरो शान्ति र खुशी दिन्छन । यही सत्यलाई आधार मानेर, मैले यहाँ जीवनलाई अझ अर्थपूर्ण, सन्तुलित र आनन्दमय बनाउने पाँच जीवन्त कर्महरूको चर्चा गरेको छु, जसले हामीलाई भित्रैबाट पूर्ण र सन्तुष्ट बनाउने बाटो देखाउँछन । 

(१) अरूलाई सहयोग गर्नु : अरूलाई सानो भए पनि सहयोग गर्दा मनभित्रैबाट आनन्द मिल्छ । जब हामी कसैलाई मद्दत गर्छौ, चाहे सानो सहयोग नै किन नहोस तब मनमा गहिरो खुशी आउँछ । निःस्वार्थ रूपमा गरिएको सेवा ले आफ्नो अस्तित्व अर्थपूर्ण लाग्छ, म पनि उपयोगी रहेछु भन्ने गहिरो अनुभूति दिन्छ, जसले अहंकार घटाएर  प्रेम र करुणा बढाउँछ र मन हलुका बनाउछ । यस्तो कामले क्षणिक खुशी मात्र होइन, जीवन्त सन्तुष्टि र शान्ति मिल्छ ।

(२) ध्यान र आत्मचिन्तनः शान्त भएर आफ्नै सास र विचारमा ध्यान दिनु मनलाई स्थिर र शान्त पार्ने  गहिरो उपाय हो । यसलाइ अंग्रेजिमा मेडिटेसन पनि भनिन्छ । ध्यान मार्फत मानिस वर्तमानमा बाँच्न सिक्छ, जसले मनको तनाव घटाउँछ, अनावश्यक चिन्ता हटाउछ र भित्री स्पष्टता र शान्ति बढाउँछ । ध्यानले आफूलाई गहिरोरूपमा बुझ्न मद्दत गर्दछ । 

(३) आफूलाई मनपर्ने काममा डुब्नुः जब हामी आफूलाई मनपर्ने काममा पूर्ण रूपमा डुब्छौं, समयको होस नै हुँदैन । जस्तै लेख्ने, पढ्ने, चित्र बनाउने, गित गाँउने, बाँसुरी बजाउने, अथवा अन्य कुनै न कुनै सिर्जनात्मक काम गर्नु । यसरी आफ्नो जीवनको उद्देध्य अनुसार आफुलाइ मन पर्ने कुनै न कुनै सिर्जनात्मक काममा डुबियो मनभित्रको भावनाहरू अभिव्यक्त हुन्छ, मन वर्तमानमा स्थिर हुन्छ, चिन्ता गर्न वा तनाब लिन समय नै हुँदैन, जसले अन्तत मन भित्रैबाट गहिरो आनन्द ल्याँउछ । यस्तो कामले जीवनलाई रचनात्मक र अर्थपूर्ण पनि बनाउँछ ।

(४)  प्रकृतिसँग जोडिनुः हरियाली जंगल, नदी, पहाड वा खुला आकाशमुनि बस्दा मन आफै चंगा हुन्छ, हलुका, प्रफुल्ल र शान्त हुन्छ । प्रकृतिसँग जोडिनाले मानिसलाई शहरी कृत्रिम व्यस्तताबाट टाढा लगेर जीवनको वास्तविक रंग, अर्थ र सुन्दरता सम्झाउँछ । प्रकृतिसँगको सम्वन्धले मनको तनाब, चिन्ता र थकान हटाएर प्राकृतिक उर्जा, सन्तुलन, सहअस्तित्व, समभाव, सरलता र जीवनप्रति कृतज्ञता बढाउँछ ।  

(५) गहिरो सम्बन्धहरू बनाउनुः साँचो खुशी एक्लै पाइँदैन, परिवार र सम्बन्धमा पाइन्छ किनभने मानिस सामाजिक प्राणी हो । खासमा परिवार, साथीभाइ वा प्रियजनहरूसँगको साँचो सम्बन्धले मात्र जीवनलाई वास्तविक अर्थ दिन्छ । परिवार, साथीभाइ वा अन्य प्रियजनहरूको माया, विश्वास र अपनत्वले भावनात्मक सहारा दिन्छ र एक्लोपन हटाउँछ । यद गर्नुहोस त जीवनमा परिवार, साथीभाइमा वा अन्य प्रियजनहरूसँग बिताएको समय नै प्रायः जीवनको सबैभन्दा मूल्यवान र यादगार क्षण बन्छ । त्यसर्थ अर्थपूर्ण जीवनको प्रमुख आधार भनेकै गहिरो सम्बन्धहरू र प्रेम हो । 

समग्रमाः खुशी खोज्दा पाइँदैन, अर्थपूर्ण काम गर्दा आफैँ आउँछ । जीवनको सबैभन्दा आनन्ददायक काम “बाहिरी” भन्दा “भित्री” हुनेरहेछन । यी र यस्ता कार्महरूले मात्र जीवनलाइ साचो अर्थमा अर्थपूर्ण बनाउछ । अर्थात, निस्वार्थ सेवा, ध्यान, सृजनतात्मक काम, प्राकृतिसँग जोडिनु र गहिरो सम्बन्धहरू बनाउनुले नै जीवनमा गहिरो खुशी, सन्तुष्टि, शान्ति र आनन्द ल्याउछ । यी कर्महरू गरेर जीवनको परमआनन्दलाइ आत्मसाथ गर्नुलाइ नै सायद मिनिङफुल लिभिङ वा अर्थपूर्ण जीवन भनिन्छ होला । 

Share:

समयको ऐनामा “मानिस”



नयाँ वर्ष २०८३ त आएको छ,
तर अझै पनि मेरो प्रश्न उही छ–
हामी बाँचिरहेका छौँ ?
कि केवल समय बिताइरहेका छौँ?
सायद नयाँ वर्ष त आयो,
तर जीवन अझै सुरु नै भएको छैन ।

वर्ष त हरेक वर्ष फेरिइरहेको छ,
तर, अझै पनि 
मानिस सुध्रिने त छेउ छनक देखिदैन ।
घडीको सुई त सुल्टो दिशा मै घुमिरहेको छ,
तर मानिसको चेतनाको सुई भने 
उल्टो दिशामा घुमीरहेको प्रतित भएको छ । 
सायद समय त अघि बढिरहेको छ,
तर मानिसहरुको चेतना भने 
झन झन पछि पर्दै गईरहेको छ ।

हातमा मोबाइल, आँखा स्क्रिनमा छ, 
र, औँला ननस्टप रिल स्क्रोल गरिरहेछ,
तर आत्मा भने कठै खाली छ । 
जस्तो कि मानिस मानव होइन,
समय काट्न बनाइएको कुनै यन्त्र हो ।

कोही अहङ्कारको महल बनाइरहेछ,
कोही उत्तेजना र आवेगको आगोमा आफैँलाई पोलिरहेछन,
कोही पैसाको पछाडि यति दौडिरहेका छन कि 
गन्तव्य कहिल्यै पुगिने ठाउँ होइन भन्ने बुझेर पनि, 
बुझ पचाएर दौडरिहेका छन...।

भन्नलाइ त मानव सभ्यता उन्नत भएको भनिन्छ,
तर मानवता भने कता कता हराएको जस्तो देखिन्छ ।
घर ठूला ठूला भएका छन, मन साना ।
सूचना धेरै भएका छन, विवके कम । 
बोलीचाली मीठा भएका छन, तर नियत कडा । 
सोसल मिडियामा साथी धेरै भएका छन,
दुःख सुखमा साथ कम ।
सम्बन्धहरु धेरै भएका छन, आत्मीयता कम ।
भीड बढेको छ, तर मान्छे एक्लिँदै गएका छन । 

सपना ठूला भएका छन, तर निद्रा हराएको छ । 
ज्ञान बढेको छ, तर प्रज्ञा हराउँदै गएको छ । 
नजिकै बसेका छन सबै, तर दूरी गहिरो छ ।
देखावा बढेको छ, वास्तविकता घटेको छ ।
तर्क बढेका छन, तर समझ घटेको छ ।
सफलता बढेको छ, तर सन्तुष्टि घटेको छ ।
कपट र वैमानि बढको छ, तर निष्ठा र नैतिकता हराएको छ ।
झुटको खेती बढेको छ, तर सत्यको रंग उडेको छ । 
जागरणको आवाज चर्को छ, तर आत्मा अझै सुतेकै छ ।

आखिरीमा...
यसै उसै जीवन त फगत बितिरहेछ,
तर, जिवनलाई असलि रुपमा जिउने 
फुर्सद भने कसैले पाएका छैनन । 
Share:

बसन्त, उत्साह र नयाँ वर्षको उमंग



आज नयाँ वर्ष २०८३ को पहिलो दिन, जीवनमा विगतका अनेकन उकाली ओराली र मोडहरू सम्झँदा मन एकदमै दंग परेको छ र नयाँ वर्षाका नयाँ दिनहरू थप सकृय, सृजनशील र सार्थक रहुन भन्ने मनोभावले उत्साहित भएको छ । बसन्त ऋतु सधैंझैं फेरि फर्किएको छ । नयाँ पालुवाहरू पलाउन थालेका छन । फुलहरू ढकमक्क फुलेर चारैतिर सुवास छर्न थालेको छ । फलहरू लाग्न थालेका छन । चराचुरुङ्गीहरूको मधुर स्वरले वातावरणा गुन्जायमान छ । हरियालीले भरिएको प्रकृतिको यो पुनर्जागरणले सबैको मनलाइ मोहित बनाएको छ । बसन्त ऋतुसँग मेरो पनि कनेक्सन गहिरो छ । शुरूवातीदेखि नै बसन्त ऋतुसँग मेरो जीवनको विभिन्न अध्यायहरू पनि जोडिँदै जोडिँदै आएका छन । बसन्त ऋतु काल मै जन्मिएर ३४ वर्ष पूरा गरी ३५औँ वर्षमा पाइला राख्दै गर्दा, हरेक नयाँ वर्ष मलाई केवल पात्रोको परिवर्तन मात्र नभई, आत्मा र जीवनको नयाँ शुरुआत जस्तो लाग्छ । हरेक वर्ष बसन्त ऋतुले प्रकृतिमा अनुपम बहार ल्याए झै जीवनमा पनि निरन्तर नयाँपन, आशा र सम्भावनाको संकेत ल्याइरहेको महसुस गर्छु । 

अझ विशेष कुरा के छ भने, गत बसन्तमा नै म र मेरी प्रियसी कमला बिच शुभ विवाह सम्पन्न भइ गृहस्थ जीवनको नयाँ यात्रा सुरु गरेका थियौं र हामीले प्रण गरेका थियो हामी दुइ मिलेर जीवनलाइ अर्थपूर्ण बनाउने छौं । आमा, म, दाइ, भाउजु र भतीजी गरी पाँच जना सदस्य मिलेर बनेको हाम्रो सानो संसारमा मेरी जिवनसंगीनी पनि नयाँ सदस्यको रूपमा थपिएपछि जीवन थप सन्तुलित, सार्थक र अर्थपूर्ण बनेको थियो । 

मेरो लागि अर्को विशेष कुरा के छ भने यो नयाँ वर्ष अझ बढी उत्साह र प्रतीक्षाले भरिएको छ । सायद यही नयाँ वर्षको कुनै सुन्दर पलमा हाम्रो पहिलो सन्तानसँग पहिलो भेट हुनेछ । हामी अब केवल पति–पत्नी मात्र नभई छिटै माता पिता समेत बन्ने यात्रामा छौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन मेरो मनमा भएका यो उत्साह र भावनालाइ यही छोटो ब्लग मार्फत प्रस्तुत गरें किनभने सायद वर्षौँपछि हामीले यही ब्लग पढेर आजको दिनको  हर्ष, उत्साह र उमंग लाई फेरि महसुस गर्नेछौँ । जीवनको यो यात्रा यस्तै साना–साना सम्झनाहरूले नै विशेष, खास र अर्थपूर्ण बन्दै जान्छ भन्ने विश्वासका साथ हामी (म र कमला) नयाँ वर्ष २०८३ लाई हृदयदेखि स्वागत गर्दछौँ । र, नयाँ वर्षले सबैमा उत्साह, उमंग र उन्नति ल्याउन् भन्ने शुभकामना व्यक्त गर्दछौं ।





Share:

बसन्त र मेरो जीवन



मलाई मेरो जीवन र बसन्त उस्तै उस्तै लाग्छ,   
किनभने मेरो जीवनमा पनि हरेक अन्त्यपछि
कुनै न कुनै नविन सुरूवात भएरै छाडेको छ । 
सायद यही कारणले होला, 
मेरो जन्म पनि बसन्त ऋतुमा भयो 
र, समयले मलाई बारम्बार बसन्तसँग ठोकाइरहन्छ, 
नयाँ बनोस भनेर होला, फेरि सुरु गरोस भनेर होला । 

खासमा वसन्तले मलाई
फूल झैं कोमल हुन मात्र हैन, 
जरा जस्तो गहिरीन पनि सिकाएको छ ।
त्यसैले, जब उजाड रूखका हाँगामा 
हरिया पातहरु पलाउन थाल्छन, 
तब म आफ्नो गहिरो चोटमा पनि
नयाँ आशा पलाएको महसुस गर्छु । 

गत वर्षको बसन्तले 
मेरो जीवनमा एउटा नयाँ स्वर थपिदियो
दुई एक भएर ‘हामी’ बन्ने स्वर । 
उनि जब प्रेमिका बाट जिवनसंगीनी भईन,
त्यस दिनदेखि जीवन वास्तबमै 
अर्थपूर्ण लागेको छ । 

नयाँ वर्षको उज्यालो लिएर
अहिले फेरि अर्को बसन्त आएको छ,
र, मलाई लागेको छ, सधैं झै यो बसन्तले पनि,
मेरो जीवनमा केही न केही नयाँ उपहार दिएर जानेछ । 

सादय चाँडै नै हाम्रो सानो संसारमा 
एउटा नयाँ जीवनको स्पर्श हुनसक्नेछ, 
र त्यो क्षणले मेरो जीवनलाई पूर्ण अर्थपूर्ण बनाइदिनसक्छ । 

त्यसैले, आज, यही बसन्तको आगनीमा उभिएर, 
मैले महसुस गरिरहेको छु 
जीवनको असली सौन्दर्य एक्लै फुल्नुमा होइन, 
सँगसँगै हराभरा हुनुमा रहेछ । 

जसरी हरेक वसन्तले मेरो जीवनमा 
कुनै न कुनै रंग भर्दै आएको छ,  
सायद, वर्षौपछि जब फेरि नव-वसन्त आउनेछ, 
तब म वसन्तले विगतमा भरिदीएका रंगहरुलाई हेर्नेछु,
र, खुशीले गदगद हुँदै, महसुस गर्ने छु
मेरो जीवन कहिल्यै एक्लो थिएनच,
बसन्त त सधैं म सँगसँगै हिँडिरहेको पो रहेछ । 
 
Share:

स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे



यो कविता मैले मेरो पहिलो ब्लगिङ यात्राको रुपमा मिति २०६९ साल फागुन १५ गते (मेरो जन्मदिन कै दिन) पहिलो पोस्टको रुपमा प्रकाशन गरेको थिए । भलै यो कविता मेरो सिकाइ चरणकै थियो, तर पनि मलाइ मेरो बालापन, मेरो गाँउले जीवन, म भित्रको गाँउ प्रेम, म भित्रको प्रकृति प्रेम, म भित्रको आध्यात्मिक अनुराग, म भित्रको सांस्कृतिक चेत र मेरो कवि मनको शुरुवाती प्रयासहरुलाइ यो कविताले छर्लंग पारेको भएर मलाई यो कविता सधैं सधैं विशेष, खास र अर्थपूर्ण लाग्छ । त्यसैले गर्दा अठार बिस वर्षमा लेखिएको यो कविता आज ३४ वर्षमा पुनः पढ्न, मनन गर्न र साझा गर्न मन लागेर यहाँ पुनः प्रकाशन गरें । 


आजको दिन मेरो जीवनको ब्लगिङ यात्राको शुरूवाती पहिलो दिन । मिति २०६९ साल फागुन १५ गते मेरो जन्मदिन कै दिन surprisingly मेरो नामको डोमेन www.bhimprasad.com.np नेपाल सरकारको डाटाबेसमा सफलतापूर्वक दर्ता भएर मैले आफैले डिजाइन गरेको ब्लगसाइटमा यो पहिलो ब्लग साझा गर्न पाउँदा मलाई बहुत खुशी लागेको छ । आजको आजै तात्तातै खासै केहि लेख्ने कुरा भेटीन । म एक कवि मनको विद्यार्थी भएको हुनाले यहाँहरू सामु मैले गत दशैमा गाँउ गएको बेलामा गाउँ घरको भीरपाखामा बाख्रा चराउन जादा रचना गरेको एक कविता प्रस्तुत गर्दै छु ! 


"स्मृतीमा बालापनः गाँउबाट हराएको मान्छे"

आज म गाँउमा छु । 

धेरै वर्ष पछि आज म, 

पुनः गोठालो आएको छु ।


बचपनमा घरबनाइ खेलेको ती ढुङ्गा-माटोहरू,

लहरा समातेर पीङखेलेको त्यो रिफेल चौतारो,

त्यो ढकाल चौतारो, त्यो मास्लो चौतारो;

स्कुलबाट भागी भागी पौडी खेल्ने बुडी गंगाको त्यो खाडी,

र सिङखोलाको त्यो दुईकापे हाँडे रूवा,

डन्डिबियो खेल्ने ती निस्नेखेतको खलेगरा,


मोजामा कोदोको भुस कोचेर 

फुटबल खेलेका टारका ती ठुला गराहरू, 

दिदीबैनिसग खुट्टी र गट्टा खेलेका ती आँगनहरू,

खोपी, ढ्याक र गुच्चा खेलेका घरका ती कर्साहरू, 

लुकी र ढ्यापलगाइ खेलेका गाँउका ती गल्लीहरू,

हाफछुट्टीमा चुङ्गी र भालेजुदाइ खेल्ने डाँडास्कुलको त्यो चौर,

सबै सबै यथावथ रहेछ, मलाई सम्झिरहेको रहेछ ।

मलाइ पर्खिबसेको रहेछ ।


लोक भाकाहाल्दै, सिटी बजाउदै, पात बजाउदै, 

घाँस दाउरा र गोठालो गरेका ती छत्यौनपाखा र निस्नेका भीरहरू,

अनि, मेलापात गरेका ती खेत खलियानहरू, 

सिम्लेखेत, चालिसे खेत, निस्ने खेत, टार खेत,

सबै सबै, जस्ताको तस्तै मलाई कुरीरहेका रहेछन । 

बादर लखट्ने टारी र ठुलटारखोला अझैं पनि छदै छ रहेछ ।

गाउबेसी, उकाली वराली, अझैपनि रहेछ ।


वायखोलाका एैसेलुका झ्याङहरू, खाडीका बयरघारी, 

सानटारखोलाको अमराका रूखहरू, 

र नीस्नेभीरको अमला र भलायोहरू, 

अझैपनि फलिरहेकै रहेछन ।


असार लागेपछि हामीले हल्लाउने-

त्यो बम्बै आपको रूख, केरकाली आपको रूख, 

र, त्यो लोहोरे आपको रूखहरूले अझैपनि फल दिईरहेको रहेछ ।


काफल पाक्न थालेपछि

काफल पाक्यो काफल पाक्यो भनेर

वियोगमा कराउने चरा, अहिले पनि कराईरहने रहेछ ।

कोइली चरीले अहिले पनि विरहको भाका गाईरहने रहिछिन ।

ढुकुरका जोडीहरू त्यो बुडो दबदबेको रूखको हाँगामा बसेर, 

प्रेमालाप गरिरहने रहेछन अझैपनि ।

विहान गाँउबासीलाइ सुर्योदयसै उठाउन "कुखुरी-काँ" 

कराउन छाडेको रहेनछ कुखुराको भालेले पनि ।


बचपनमा हामीले चोरी खाने गरेको कुमारघरको भोगटे,

गोपाल काकाको बारीको निबुवा र उखु, ठुलबाको बारीको काक्रो,

र सराई काकाको खेतको बेलाउती अझैपनि फरिलहेकै रहेछ ।


हामीले खोतली खोतली खाने, 

अर्चलेको खनायो, चालिसे खेतको बुडो खनायो, 

अझैपनि फलिरहेकै रहेछन ।

जिब्रो कालो न कालो हुनेगरी

हामिले बच्पनमा खाने कालीअँगेरी, 

अझैपनि पाखाभरी फलिरहेका रहेछन ।


मंसिरमा धानको कुनियोको शिरमा चढाउने 

लालुपातेफुल अझैपनि फुलिरहेकै रहेछ ।

हरेक अनाज रोप्ने बेलामा र भित्राउने बेलामा 

श्रद्दाले पहिलो भाग चढाउने गरेको

चालिसेको भुमे, निस्नेको भुमे,

र सिम्लेको भुमे अझैपनि रहिरहेछ ।


स्कुलबाट फर्कियपछिको हाम्रो खाजा 

केराको पातमा हालेको कोदोको रोटी,

अझैपनि पाक्ने रहेछ गाँउमा ।

मोही र भुटेको मकैभटमास खाजा चलन 

अझै पनि रहिहेछ गाँउमा ।


पन्ध्र असारमा खाने दहि चिउरा, साउनमा खाने खिर, 

तीजमा खाने दर, दशैमा खाने मासु चिउरा,

तीहारमा खाने झिलाय र रोटी, न्वागीमा खाने दहिचामल, 

पन्ध्र पुसमा खाने लट्टे, माघमा खाने खित्रो र तरूल, 

अनि फागुनको भाङ र धुनी चलन अझैपनि रहिरहेछ ।


सबै सबैलाइ, 

म जिउदै छ वा मरिसक्याे, थाहा छैन,

म फर्किन्छ वा फर्किदैन, थाहा छैन ।

तर, यी सबै सबै धैर्यपूर्वक मलाई पर्खिएर बसिरहेका रहेछन ।

ती सालका रूखहरू, ती पहरोहरू, ती भीरहरू, ती पाखाहरू,

ती खोलाहरू, ती चौतारीहरू, ती गराहरू, ती फाटहरू, 

त्यो बुडीगण्डकी, त्यो वायखोला, त्यो सिंगखोला,

धापिएको बेला आँतै शितल गराउने बाँसझ्याङको त्यो चिसो पनी,

तीनिहरू सबै सबै कति सौम्य र धैर्य !

मलाई कुरेर बसिरहेका रहेछन।


तर, म कति बैगुनी? 

आमाको गुन बिर्सियर 

बाहिर बाहिर चारी हिड्ने ?

संसारको भोगमा रमाइहिँड्ने ?

सान्सारिक भोगमा जति जति डुबे पनि

कहिल्यै तृप्त भएर आमाको काँखमा नफर्किने

सधै सधै अरूकै दास भएर रमाइरहने, 

हेर्नुस त, म कति बैगुनी ।


म गाँउ छाडेर काठमाडौं गएपछि,

मैले हेरीरहेको छु, मैले देखिरहेको छु,

र, मैले महसुस गरिरहेको छु-

काठमाडौंका कयौं चौरहरू मासिय, 

कयौं रूखबोटबिरूवा मासिय, 

कयौं कुलो र खोलाहरू मासिय,

कयौं फाल्सा, हिटी र धाराहरू मासिय,

कयौं पोखरीहरू मासिय,

कयौं गल्लिहरू मासिय, 

कयौं बाटोहरू मासिय,

कयौं जग्गाहरू मासिय,

केवल कंक्रिटका ठुला ठुला घरहरू

थपिएको थपियै छन,

जहाँ कोठाहरू त जोडिएको छ

तर कोठाको हरेक भित्ताले,

पल्लो कोठाको छिमेकीसँग 

मन जोडिन छेकिदिएको जस्तो, 

कसैको वास्ता बेस्ता नहुने ।

खासमा भन्नुपर्दा, 

कंक्रिट नै कंक्रिटको मरूभुमी रहेछ काठमाडौं, 

न मिठो खाने पानि छ, न सास फेर्न स्वच्छ हावा छ,

धुलो र धुवामा निसास्सियर पनि, 

हेर्नुस त, त्याँही रमाएर बसिरहेको म ।


उफ,

एकफेर सोचिल्याउला त

स्वर्ग भनेको त गाउँ नै पो रहेछ । 

तर, मलाइ थाहा छ-

सबैको भागमा,

स्वर्गको बास कहाँ लेखेको हुनेरहेछ र !

© SatBhim Adhya

Share:

Economic Inequality, Inflation and the Right to Food: A Human Rights Perspective



In recent years, one serious issue is clearly visible in our country- prices of daily food items are continuously increasing, but income of common people is not increasing in the same way. This situation is creating a big gap between rich and poor. As a result, many people are struggling even to manage basic food for their family. This is not only an economic problem. It is also a human rights issue. The right to food is a basic human right, but due to rising inequality and inflation, many people are being indirectly denied this right. Therefore, it is important to understand how economic inequality and market forces are affecting the right to food in our society.

In our society, economic inequality, I mean unequal distribution of income and wealth among people is increasing day by day. Some people are becoming richer, while many others are finding it harder to survive. This inequality is not only about money. It also affects access to education, health services and other opportunities. People with low income have limited choices in life. They cannot invest in good nutrition, proper healthcare and quality education. So, when inequality becomes high, it creates an unfair system where some people live with abundance, while others struggle for basic needs like food. This condition directly challenges the universal principle of equal human dignity.

Nowadays, almost everyone clearly knows that inflation is an increase in the prices of goods and services as the prices of rice, oil, vegetables, pulses and other daily food items have increased significantly in recent years in Nepal. However, the income of most people, especially daily wage workers, farmers and low-salary employees has not increased accordingly. Due to this, people’s purchasing power is decreasing. Even if they earn the same amount of money as before, they can buy less food than before. Families are forced to reduce the quantity and quality of food. Some may skip meals, while others may shift to less nutritious food options. This situation is more serious in low-income rural and urban families. Unfortunately they are helpless, as they have no control over it. Therefore, inflation is not just a number in economic reports, it directly affecting the stomach of people. 

According to the principle of the right to food, every person should have physical and economic access to sufficient, safe and nutritious food at all times. It is recognized as a fundamental human right in international frameworks and also in our national commitments. However, in reality, many people are unable to realize this right. When a family cannot afford basic food due to high prices and low income, their right to food is violated, not directly by law, but indirectly by the system. As Food is not a luxury item, it is essential for survival, health and human dignity. If a person is hungry, they cannot live a productive and meaningful life.

Economic inequality and inflation are deeply connected to food insecurity. When inequality is high, a large portion of the population already has low income. When inflation rises, these people are hit the hardest. Rich people can still afford food even if prices increase. But poor people have to struggle. This creates a situation where the same market system benefits some people while harming others. Market forces alone cannot ensure fairness. The idea that “market will adjust everything” does not work in reality for basic human needs like food. When food becomes expensive, it is not just a market outcome, it becomes a human rights concern. In this way, inequality and inflation together create a cycle where poor people become poorer and more vulnerable to hunger.

Addressing this issue is becoming increasingly important in a country like Nepal, where a large portion of the the population continues to struggle with poverty and basic survival. Many families depend on remittances, daily wages, subsistence or small-scale agriculture. Their income is not stable. At the same time, market prices are continuously increasing. And, urban areas are also facing high living costs. Rent, transportation and food prices are rising. Not only lower-class families but middle-class families are also feeling pressure in Nepal.

In rural areas, although some farmers produce food, they still face challenges like low productivity, lack of market access and climate-related problems. As a result, even farmers are not fully food secure. This shows that the problem is not only production, but also distribution, affordability and inequality. If development only focuses on economic growth and ignores inequality, then such problems will continue. Growth without fairness cannot ensure human rights. Therefore, government policies should focus on protecting vulnerable groups. This can include price control mechanisms, food subsidies, social protection mechanism/programs and support for local agriculture.

There is also a need to strengthen systems that ensure fair wages and income opportunities. When people have stable income, they can better handle inflation. Development should not only be about increasing GDP. It should be about improving the quality of life and ensuring that basic rights like food are accessible to all. 

Overall, economic inequality and inflation are not just economic issues, they are deeply connected to human rights. When people cannot afford food, their basic right to live with dignity is affected. In a society where some people waste food and others sleep hungry, there is a serious imbalance. This imbalance is not natural, it is created by government led market systems and policies that fail to ensure fairness. Therefore, it is important to view the right to food not just as a charity issue, but as a matter of justice and human rights. Only then can we move towards a more equal and fair society.

Reference:
United Nations. (1999). The right to adequate food (Article 11). Committee on Economic, Social and Cultural Rights, General Comment No. 12.
Sen, A. (1999). Development as freedom. New York: Alfred A. Knopf.
World Bank. (2023). Nepal development update: Restoring export competitiveness. Washington, DC: World Bank.
Share:

हर्षोल्लासपूर्ण अन्नप्राशन समारोह



२०८२ साल चैत्र ६ गते शुक्रबारको दिन हाम्रो परिवारका लागि अत्यन्तै विशेष, स्मरणीय र हर्षोल्लासपूर्ण रह्यो । यस दिन प्रिय भतिज (दाइको छोरा) को भातखुवाइ अर्थात् अन्नप्राशन समारोह अत्यन्त श्रद्धा, खुशीयाली, माया र उत्साहका साथ सम्पन्न गरियो । यस शुभ अवसरमा हाम्रो सम्पूर्ण परिवार—आमा, म, मेरी जीवनसंगीनी कमला, दाइ, भाउजु, दाइकी छोरी लगायत नजिकका आफन्तजन र इष्टमित्रहरूको उपस्थितिले वातावरण अझै रमाइलो, खास र आत्मीय भएको थियो । सानो बाबुलाई पहिलो पटक अन्न खुवाउने यो पवित्र संस्कार केवल परम्परा मात्र नभई परिवारका सबै सदस्यहरूलाई एकताबद्ध गर्ने, माया साट्ने र खुशी बाँड्ने सुन्दर अवसर पनि हो । रंगीन सजावट, हर्षोल्लास, शुभकामना र सबैको अनुहारमा देखिएको खुशीले यो दिनलाई झन् अविस्मरणीय बनाएको थियो । विशेषगरी भतिजको अनुहारमा देखिएको मासुम मुस्कानले सबैको मन जितेको थियो । यस्ता पारिवारिक जमघटका क्षणहरू जीवनका अमूल्य सम्पत्ति हुन जसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यका लागि मिठा सम्झनाहरू साँची राख्नेछन भन्ने सत्यलाइ आत्मसाथ गर्दै यस खुसीको क्षणलाई हामीले यादगार पलहरूको रूपमा स्मृतिको पानामा सझाएर राख्ने निधो गर्यौ ।






Share:

आनन्दमय जीवन जिउने सात सूत्र



जीवनलाई सहज, सरल, सन्तुलित र अर्थपूर्ण बनाउने प्रयासमा हामी प्रायः बाहिरी उपलब्धि, सफलता र व्यस्ततालाई मात्र प्राथमिकता दिन्छौं । तर वास्तविक शान्ति र सन्तुष्टि भने भित्रबाट सुरु हुन्छ । हाम्रो सोच, विचार, व्यवहार र चेतनाबाट । जीवनका साना तर गहिरा अभ्यासहरूले हाम्रो दिनचर्यालाई मात्र होइन, हाम्रो दृष्टिकोणलाई पनि परिवर्तन गर्न सक्छन । यहाँ प्रस्तुत “आनन्दमय जीवन जिउने सात सूत्र” कुनै जटिल सिद्धान्त होइनन, बरु दैनिक जीवनमा सजिलै अपनाउन सकिने सरल तर शक्तिशाली अभ्यासहरू हुन, जसले मनलाई शान्त, हृदयलाई हलुका र जीवनलाई आनन्दमय एवं अर्थपूर्ण बनाउने दिशामा मार्गदर्शन गर्छन ।


१.मौन रहनु/शान्त रहनु/एक्लै बस्नुः मौन बस्नु भनेको केवल नबोल्नु मात्र होइन, यो आफै भित्रको गहिरो आध्यात्मिक यात्राको ढोका खोल्नु हो । जब हामी केही समयका लागि बाहिरी कोलाहलबाट टाढा हुन्छौँ, तब मात्र मनले आफ्नो वास्तविक स्वरूप देखाउन थाल्छ । प्रायः हामी दिनभरि अरूको कुरा, काम, मोबाइल, चिन्ता र अपेक्षामा अल्झिएर आफ्नो भित्री संसारलाई बेवास्ता गर्छौँ । तर १० मिनेट जतिको एकान्तको मौनताले ती सबै आवरण हटाउँछ र मनमा उठिरहेका विचार, डर, चाहना, असन्तुष्टि लगायत सबै सबै प्रष्ट देखिन थाल्छ । यहाँ मुख्य कुरा विचारलाई दबाउनु होइन, मनमा वा आफुभित्र के भइरहेको छ वा के चलिरहेको छ त्यसको साक्षी बन्नु मात्र हो । जसरी आकाशले बादललाई हेर्छ । यसरी साक्षी भावमा बस्दा बस्दै विस्तारै बिस्तारै मनको अशान्ति घट्न थाल्छ, किनकि हामी विचारसँग लड्न छोड्छौँ । यो अभ्यासले आत्म–चेतना बढाउँछ, भावनात्मक स्थिरता ल्याउँछ र जीवनका जटिल अवस्थाहरूलाई पनि स्पष्ट दृष्टिले हेर्न सक्ने क्षमता दिन्छ । अन्ततः मौनता हाम्रो शिक्षक बन्छ जसले बिना शब्द वास्तविक आत्मज्ञान सिकाउँछ ।


२.शून्य प्रतिक्रिया (केवल सुन्ने मात्र): सुन्ने कला आजको संसारमा लगभग दुर्लभ बन्दै गएको छ, किनकि सबैजना बोल्न र आफ्नो विचार राख्न हतारिएका हुन्छन । तर साँचो बुझाइ बोलाइमाभन्दा सुन्ने क्षमतामा लुकेको हुन्छ । जब कसैले केही भन्छ, तब आफ्नो रक्षा गर्न, तर्क गर्न वा आफ्नो धारणा थोपर्न हामी तुरुन्तै प्रतिक्रिया दिन हतारिन्छौं । खासमा यस्तै हतारले धेरै सम्बन्ध बिग्रिन्छन । तर, यदि हामी केही क्षण रोकिन सक्यौँ भने, हामीले शब्द मात्र होइन, भावना पनि सुन्न सक्छौं । शून्य प्रतिक्रिया भन्नाले आफूलाई निष्क्रिय बनाउनु होइन, बरु सजग र धैर्यवान बन्नु हो । जब हामी प्रतिक्रिया दिन हतार गर्दैनौं, तब हाम्रो उत्तर अझ स्पष्ट, सन्तुलित र अर्थपूर्ण हुन्छन । यसले हाम्रो व्यक्तित्वमा परिपक्वता ल्याउँछ र अरूलाई पनि सम्मानित महसुस गराउँछ । सुन्न सक्ने व्यक्तिले मात्र साँचो अर्थमा वास्तविकता बुझ्न सक्छ र बुझाइ नै गहिरो सम्बन्धहरुको आधार हो । त्यसैले कहिलेकाहीँ मौन उत्तर सबैभन्दा शक्तिशाली प्रतिक्रिया बन्न सक्छ । 


३.स्वीकार्यता (जे भइरहेको छ त्यसैलाई स्वीकार गर्ने): जीवनको धेरै पीडा “के भइरहेको छ” भन्ने वास्तविकता भन्दा पनि “किन यस्तो भयो?” भनेर प्रश्न गर्ने स्वभावले जन्माउछ । हामी वास्तविकतालाई स्वीकार गर्न नसकेर त्यससँग लड्न थाल्छौं र यही संघर्षले मनमा तनाव र असन्तुष्टि बढाउँछ । स्वीकार्यता भनेको हार मान्नु होइन, बरु यथार्थलाई स्पष्ट रूपमा देख्नु हो । जब हामी भन्छौं “अहिले अवस्था यस्तै छ” तब हामी प्रतिरोध छोड्छौं र समाधान खोज्न सक्षम हुन्छौं । अस्वीकारले मनलाई अँध्यारो बनाउँछ तर स्वीकार्यताले मनमा उज्यालो ल्याउँछ । यसले हामीलाई परिस्थितिभन्दा माथि उठेर सोच्न सिकाउँछ । यो घटनाबाट मैले के सिक्न सक्छु? भन्नेखाले दृष्टिकोण दिन्छ । स्वीकार्यता भनेको जीवनसँगको सहकार्य हो, विरोध होइन । जब हामी जीवनलाई जस्तो छ त्यस्तै स्वीकार गर्छौं, तब मात्र हामी त्यसलाई परिवर्तन गर्ने सही शक्ति र बुद्धि प्राप्त गर्छौँ । यही स्वीकृतिको भावले अन्ततः मनमा शान्ति र जीवनमा सन्तुलन ल्याउँछ ।


४. सचेत क्रिया (बिस्तारै चल्ने, बिस्तारै खाने, बिस्तारै काम गर्ने): आजको जीवनशैली जे काम पनि छिटो छिटो गर्ने प्रतिस्पर्धामा आधारित छ । मानौ हामी समयसँग अघि दौडिरहेका छौं । यही हतारले खासमा जीवनको वास्तविक स्वाद हराइरहेको छ । जब हामी बिस्तारै हिँड्छौं, तब मात्र हामीले वरिपरिको वातावरण, हावाको स्पर्श र स–साना दृश्यहरूको सौन्दर्य महसुस गर्न सक्छौं । हतार हतारमा हैन, खाना खानूपूर्व अस्तित्व प्रति कृतज्ञ हुनु वा किसानहरु प्रति आभारी हुनु, र हरेक गाँसको स्वाद, गन्ध र त्यसले दिने उर्जा महसुस गर्दै खाएर खानासँग एक किसिमको कनेक्सन बनाउनुले खानको असली रस मिल्छ । अझ भनौं, बिस्तारै होसपूर्वक काम गर्दा हाम्रो ध्यान गहिरो हुन्छ, गल्ती कम हुन्छ र परिणाम राम्रो हुन्छ । बिस्तारै काम गर्नु कुनै आलस्यता होइन, जागृति हो, होसपूर्णता हो । यसले हाम्रो जीवनलाई यान्त्रिकताबाट मुक्त गरेर सचेत अनुभवमा रूपान्तरण गर्छ । जब हामी जीवनलाई बिस्तारै बाँच्न थाल्छौं, तब मात्र हामीले जीवनलाई “पूरै” बाँच्न थाल्छौँ । 

 

५.प्रकृतिसँग जोडिनुः हामीले के कुरा भुल्नु हुँदैन भने खासमा मानव जीवनको मूल जरा प्रकृतिसँग जोडिएको छ । तर आधुनिक शहरी जीवनशैलीले हामीलाई त्यसबाट टाढा पु¥याएको छ । जब हामी माटोमा वा घाँसमा खुट्टा टेक्छौं, हावाको स्पर्श महसुस गर्छौं, चिसो पानीले शरीर नुहाउछौं, खुला आकासको विराटता देख्छौ वा सूर्यको न्यानोपनलाई अनुभव गर्छौं, तब हाम्रो शरीर र मनमा एउटा प्राकृतिक सन्तुलन फर्किन्छ । प्रकृतिमा कुनै कृत्रिमता हुँदैन । त्यहाँ सबै कुरा स्वाभाविक, सरल र सन्तुलित हुन्छ । यही सन्तुलनले हाम्रो भित्री अशान्तिलाई पनि शान्त पार्छ । प्रकृतिसँग बिताएको समयले तनाव घटाउँछ, ऊर्जा बढाउँछ र सोचलाई स्पष्ट बनाउँछ । यसले हामीलाई सम्झाउँछ कि जीवनको वास्तविक सौन्दर्य कृतिम आधुनिकतामा हैन प्राकृतिक सरलतामा लुकेको छ । जब हामी प्रकृतिसँग पुनः जोडिन्छौं, तब हामी आफ्नै अस्तित्वसँग पनि पुनः जोडिन्छौं । प्रकृति केवल बाहिरी संसार मात्र होइन, हाम्रो भित्री स्वरूपको प्रतिबिम्ब पनि हो ।


६.क्षमा गर्नु (सबैलाई माफ गरिदिनु): मनमा दुःख, अहंकार, इख, रिस र गुनासो राख्नु भनेको आफूलाई नै अन्धकार कैदमा राख्नु जस्तै हो । हामी प्रायः सोच्दछौं कि क्षमा गर्नु भनेको आफ्नो गल्ती स्वीकार गर्नु हो, तर वास्तवमा क्षमा गर्नु भनेको आफ्नो मनलाई मुक्त गर्नु हो । जब हामी कसैलाई माफ गर्छौं, तब हामी भूतकालको बोझ छोड्छौं । क्षमाले चोटलाई मेटाउँदैन तर त्यससँगको हाम्रो सम्बन्ध परिवर्तन गर्छ । यसले मनभित्रको कठोरता पगाल्छ र करुणा जगाउछ । क्षमा गर्नु सजिलो हुँदैन तर यो अभ्यासले विस्तारै मनलाई हलुका बनाउँछ । जसरी भारी बोकेर हिँड्दा थकाइ लाग्छ, त्यसैगरी गुनासो बोकेर बाँच्दा जीवन भारी हुन्छ । क्षमा याचनाले जीवनलाई हल्का बनाउछ । अन्ततः क्षमा अरूका लागि होइन, आफ्नै मनको शान्तिका लागि महत्वपूर्ण सावित हुन्छ ।


७.आभार व्यक्त गर्नु/कृतज्ञ हुनुः कृतज्ञता जीवनलाई हेर्ने दृष्टिकोण हो, जुन अभावभन्दा बढी उपलब्धिमा केन्द्रित हुन्छ । जब हामी साना साना कुरामा पनि धन्यवाद भन्न थाल्छौं वा आभार प्रकट गर्न थाल्छौं तब हाम्रो जीवन स्वत समृद्ध महसुस हुन थाल्छ । जस्तै विहान स्वस्थ उठ्नु, सास फेर्नु, दुई छाक खाना खान पाउनु, शरीर ढाक्ने लुगा लगाउन पाउनु, घरमा सुत्न पाउनु, परिवार हुनु, साथिभाइ हुनु वा आफुलाइ एकदमै प्रिय लाग्ने व्यक्तिकोसाथमा हुनु जस्ता कुरा जीवनको एकदमै महत्वपूर्ण पक्ष हुन, यनिहरु हाम्रो उपलब्धि हुन, हामी यि कुराहरु हुनुमा अस्तित्वप्रति कृतज्ञ भयौं भने हामी आफुलाई सधैं समृद्ध पाउछौं । कृतज्ञता मनको सकारात्मक ऊर्जा हो, जसले असन्तुष्टि र तुलना गर्ने बानीलाई कम गर्छ । जब हामी “के छैन” भन्दा “के छ” मा ध्यान दिन्छौं, तब मन सन्तुष्ट हुन्छ । कृतज्ञ व्यक्तिले कठिन परिस्थितिमा पनि केही राम्रो देख्न सक्छ, किनकि उसको दृष्टि सकारात्मक हुन्छ । कृतज्ञता केवल शब्द होइन, अनुभूति हो । कृतज्ञता खासमा जीवनप्रतिको गहिरो सम्मान र प्रेम हो । जब हामी हरेक दिन साना साना कुरामा कृतज्ञ हुन थाल्छौ, तब जीवनले पनि हामीलाई कृतज्ञ हुनको लागि थप कारणहरू दिन थाल्छन ।


समग्रमा, जीवनलाई आनन्दमय बनाउने कुनै बाहिरी रहस्य छैन । यो हामीले भित्र विकास गर्ने बानी, सोच र चेतनामा निर्भर हुन्छ । यी सात सूत्रहरू अभ्यासका विषय हुन, एकैपटक पूर्ण रूपमा हासिल गर्ने लक्ष्य होइन । सानो सानो प्रयास, निरन्तर अभ्यास र धैर्यले यी सिद्धान्तहरू विस्तारै हाम्रो जीवनको हिस्सा बन्न सक्छन । जब हामी मौन, स्वीकार्य, होसपूर्ण, प्राकृतिक, क्षमादायी, कृतज्ञ र करुणमय भावमा बाँच्न थाल्छौँ, तब जीवन आफैँ सरल, हलुका, आनन्दमय र गहिरो अर्थपूर्ण बन्छ । त्यसैले, आजैबाट सानो कदम चालौं र आफ्नै जीवनलाई भित्रैबाट रूपान्तरण गर्ने यात्रामा लागौं ।

Share:

निर्वाचन कि अस्थिरताको चक्र?



नेपालको लोकतान्त्रीक इतिहासमा यो नै पहिलो कालो धब्बा हो जहाँ निर्वाचित सरकार ढालेर फेरी निर्वाचन नै गराइदैं छ । उच्च मतदाता सहभागिता सहितको निर्वाचित सरकार विदेशीको इशारामा जबरजस्त विध्वंस र आतंक मच्चाएर  ढालेर, गैरसंवैधानिक तरिकाले संसद विघटन गरी, नागरीक सरकारको नाममा रबी-बालेनको गठबन्धन सरकारले फेरी त्यही निर्वाचन नै गराउँदै छ । भनिन्छ लोकतान्त्रिक अभ्यासमा समस्या समाधानको सबै सबै विकल्पहरूले काम नगरेपछि अन्तिम समाधान भनेको निर्वाचन नै हो । तर, नेपालमा त कुनैपनि विकल्पहरूको प्रयोग नै गरिएन वा बहस समेत गरिएन । अहिलेको नजिर जो बसेको छ यो निर्वाचन सम्पन्न भएर सरकार गठन भएको ६ महिना देखि २ वर्ष भित्र अर्को कुनै पनि असन्तुष्ट  पक्षले गत भदौमा रबी-बालेनहरूले मंचाए जस्तै आतंक मच्चाएर पुनः सरकार नढाल्लान भन्ने कुनैपनि आधार छैन । नेपालमा अमेरिकाको मात्र नांगो हस्तक्षेप सर्वेसर्वा छैन, चीनले पनि निकट भविष्यमा चुपचाप एवं कुटिल तरिकाले हस्तक्षेपकारी भूमिका खेल्न सक्छ । उसैपनि कसैको बहुमत आँउदैन, संसदमा सरकार बनाउने र ढलाउने शक्तिसन्तुलनको द्वोन्दमा स्वत मध्यावधि निर्वाचनमा जानुपर्ने पनि हुनसक्छ । जसरीपनि, फेरी निर्वाचनमा जानुपर्ने दिन आउँन सक्छ छिटै । आशा गरौं त्यस्तो दिन नआवस ! यही निर्वाचनले नै नेपालीहरुले चाहेजस्तै सबै समाधान दिओस । नेपालीहरुले चाहे जस्तै जो कोही कुनै एक मसिहा पात्रले जादुको छडि घुमाएर सबै सबै समस्याको समाधान गरिदिउन । शुभकामना !

Share:

नेपालको लोकतन्त्र विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो

सहिद दिवसका सन्दर्भमा नेपालको लोकतान्त्रिक यात्राको स्मरण



पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठज्यूका विचारहरूको आधारमा मैले तयार पारेको यो लेख २०८२ माघ १६गते न्युज २४ दैनिकमा प्रकाशित भएको थियो । यसलाई सन्देशमूलक, ऐतिहासिक एवं भावी पुस्ताका लागि सन्दर्भयोग्य ठानेर, लेखकको अनुमति सहित यहाँ मेरो व्यक्तिगत ब्लगमा पुनःप्रकाशन गरिएको हो।

२००७ सालदेखि नेपालमा हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ । यो केवल एउटा सार्वजनिक बिदा मात्र होइन, यो दिन नेपाली इतिहासको सबैभन्दा गौरवशाली तर सबैभन्दा पीडादायी अध्यायहरूको श्रद्धापूर्ण स्मरण हो । यो दिन हामी ती महान् आत्माहरूलाई सम्झन्छौं, जसले राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो जीवनको सर्वोच्च आहुति दिए । त्यसर्थ, सहिद दिवस भनेको केवल सहिदहरूको सालिकमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्ने दिन मात्र होइन, यो त हामी वर्तमानमा उभिएर उनीहरूको त्याग, तपस्या र बलिदानलाई हामीले के कति न्याय गरेका छौं भनेर आत्मावलोकन गर्ने दिन हो । हामी कहाँबाट आएका हौं र हामी कता जाँदैछौं भन्ने प्रश्न आफैंसँग सोध्ने दिन हो । इतिहासको गहिराइमा डुबेर हेर्दा, हाम्रो लोकतन्त्र कुनै सहज यात्राबाट आएको होइन । यो न त हामीले दानमा पाएका हौं, न त कुनै भीड र भाषणको उपज हो । नेपालको लोकतन्त्र त फाँसीको डोरी, जेलको कालकोठरी, निर्वासन, अपमान, यातना र बलिदानको आगोबाट जन्मिएको हो ।                  

विसं. १९०३ देखि २००७ सालसम्म झण्डै १०४ वर्षसम्म नेपाल एक परिवारको निरंकुश शासनको बन्दी बन्यो । जहाँ शासन जनताको सेवाका लागि होइन, जनतामाथि शासन गर्नकै लागि थियो । राज्य र जनताबीच गहिरो दूरी सिर्जना गरिएको थियो । राजनीतिक चेतनालाई अपराध ठानिन्थ्यो । प्रश्न गर्ने आवाजलाई राज्यद्रोहको संज्ञा दिइन्थ्यो । लेख्नु विद्रोह मानिन्थ्यो, संगठित हुनु मृत्युदण्ड बराबर थियो । जनताको शासनका लागि जनमत होइन, शासकका इच्छाअनुसार चलाइने वस्तुमा सीमित बनाइएको थियो । शक्ति केही सीमित व्यक्तिको हातमा केन्द्रित रहँदा शिक्षा, प्रेस, संगठन, राजनीतिक गतिविधि र अभिव्यक्ति स्वतन्त्रतालाई योजनाबद्धरूपमा दबाइएको थियो, ताकि जनता अज्ञानता, भय र मौनतामै दबिएर रहून् । कानून न्यायका लागि होइन, सत्ता जोगाउन मात्र प्रयोग गरिन्थ्यो । देशको स्रोत र साधन शासक वर्गको विलासितामा खर्चिंदा आम जनता गरिबी, अविकास र असमानताको चक्रमा फसिरहे । तर इतिहास सधैं अँध्यारोमै फसिरहँदैन, एक न एक दिन चेतनाको दीप बलेरै छाड्छ भनेझैं त्यत्रो लामो दमनका बाबजुद अन्ततः चेतताको झिल्को देखिन थाल्यो ।                    

विसं. १९९० को दशकमा नेपालमा पहिलोपटक संगठित राजनीतिक चेतनाको सुरुआत भयो । यही कालखण्डमा टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजापरिषद् स्थापना भयो । यो संस्था नेपालको इतिहासमा राजनीतिक उद्देश्यका लागि स्थापित पहिलो संगठित संस्था थियो । यसले राणाशासनविरुद्ध केवल विरोध मात्र गरेन, प्रजातन्त्रको वैचारिक आधारशिला तयार गर्दै जनतामा अधिकार र स्वतन्त्रताको चेतना फैलायो । तर, यस आन्दोलनको मूल्य अत्यन्तै महँगो साबित भयो । १९९७ सालमा राणाशासनले यस आन्दोलनलाई क्रूरतापूर्वक दमन गर्दै अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसीको सजाय दियो । साथै, टंकप्रसाद आचार्यलाई पनि मृत्युदण्डको सजाय सुनाइयो । तर ब्राह्मण भएकाले आचार्यको ज्यान जोगियो । कपाल मुण्डन गरी आजीवन कारावासको सजायमा परिणत गरियो ।                    

इतिहासप्रति सबैभन्दा ठूलो अन्याय के हो भने, हामीले बलिदानलाई केवल चार अमर सहिदहरूको नाममा मात्र सीमित गर्दै आएका छौं । यस संघर्षका क्रममा कैयौं जनताले जेल, जन्मकैद, सर्वस्व हरण, हदबन्दी, जरिवाना, अमानवीय यातना र निर्वासनसमेत भोग्नुपर्‍यो भने धेरैले आफ्नो घरबार र जीवनको सुरक्षासमेत गुमाए । यी सबै बाँचेर पनि मरेका सहिदहरू थिए । उनीहरूको त्याग र तपस्याको ऋण कुनै पनि पुस्ताले कसैगरी चुकाउन सक्दैन । उनीहरूको त्याग, तपस्या र बलिदानले नै नेपाली जनताको मनमा प्रजातन्त्रको बीउ रोप्दै नयाँ राजनीतिक चेतनाको जागरण गराए जसका कारण राणाविरोधी आन्दोलन अझ सशक्त र घनीभूत बन्दै गयो । दबाब बढ्दै गएपछि राणा शासकहरूले केही सतही सुधारका प्रयास गरे तापनि निरंकुश शासन व्यवस्थाका कारण त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेन ।                            

विसं. १९९७ साल नेपाली लोकतान्त्रिक इतिहासको आत्मा हो । अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठका नाम केवल सहिद मात्र होइनन्, यी त लोकतन्त्रका चार खम्बाहरू हुन् । शुक्रराज शास्त्रीले इन्द्रचोकको खुला मञ्चबाट प्रजातन्त्रको आवाज उठाए । धर्मभक्तले कवितालाई क्रान्तिको हतियार बनाए । दशरथ चन्दले विचार र संगठनलाई जोड दिए । गंगालाल श्रेष्ठले युवाशक्तिलाई आन्दोलनमा आकर्षित गरे । उनीहरूलाई थाहा थियो – यो क्रान्तिको अन्त्य फाँसी हुन सक्छ । तर उनीहरू पछि हटेनन् । बन्दुकको गोली र फाँसीको डोरीमा झुण्डिँदा उनीहरूले आफ्नो शिर त झुण्डाए तर देशको शिर उचो बनाए । उनीहरूको बलिदानले नेपाली जनताको मनमा प्रजातन्त्रको बीउ रोप्यो, त्यही बीउले पछि विशाल वृक्षको रूप लियो । अहिले हामीहरूले उपभोग गरको स्वतन्त्रता उनिहरूको बलिदान हो । त्यसर्थ, कृपया यसको दुरुपयोग नगरौं । स्वतन्त्रताका नाममा छाडातन्त्र, अराजकता र भीडतन्त्रलाई प्रोत्साहन नगरौं ।                      

यी तथ्यहरूलाई उतिबेला सन् १९४१ अर्थात् (विसं १९९७) मा बेलायतका राजदूत सिंह शमशेर जबरालाई नेपालमा भएका भाइ लाठसाब (प्रमुख शासक, हाल शीतल निवासका मालिक) कृष्ण शमशेर जबराले पठाएको पत्र मैले अध्ययनका क्रममा प्राप्त गरी त्यसको प्रतिलिपि जस्ताको त्यस्तै यहाँ राखेको छुः                

(ऐतिहासिक दस्तावेज — पत्र)

१० फ्रेब्रुअरी १९४१, नेपाल ।

दाज्यैज्यू,

यहाकोई कोही घटिया मतमा परेका मानिसहरूले विद्रोह फैलाउने नियतरुप कार्वाही गर्न जारी रहेको कुरा सरकारमा जाहेर भई सुभासंकाबाट पक्राउ भई आएकाहरूको खार खेर हुँदा निस्किएको सबुत, प्रणाम, परिबन्धबाट र गुज्रेको सबुहतबाट निर्दोशी देखिएकाहरू छुटे । कसुरदार ठहरीएकाहरूमा ४ जनालाई ज्यान सजाँए भयो । २ जना बाहुनहरू मुडीए । १२ जनालाई जन्मकैद र सर्वस्व हुनेभए । २० जना ३ वर्ष देखि १८ वर्षसम्मको कैद परे । ४ जानाले चार भञ्ज्यांग बाहिर गरीने हदको सजाए पाए । यो खबर हजुरमा जाहेर भइरहे, कहाँ कसैले हजुरसँग यस विषयमा केही कुरा गरे वा सोधे भने, मुनासिव माफिको जवाफ बक्सनलाई सजिलो होला भन्नाखाततिर श्रीपाँच बुवाज्यूबाट हुकुम बक्से मुताविक यो खबर हजुरमा जाहेर गरी पठाएको छु। जम्मा सजाँए पाउने र छुटनेहरूको नाम नामेसी लेखिएको र पाएको सजाए जनिएको कागज एक प्रति यसै साथ चढाइ पठाएको छु। यो ब्यहोरा त्यहाँ हजुरसँग कुरा गरी बक्सनलाई चाहिने होइन, खाली हजुरलाइ सम्म थाहा होस भनी पठाएको हो । साहेवनाहरूसँग कुरा भएमा हिन्दुस्तानका बिद्रोहीहरूको बहकाउमा फसेका नेपाली केही नवजवानहरूले विद्रोह मन लाई उपद्र मच्चाउने नियत लिई काम गर्न लागेको थाहा भई मामिला चलेछ । त्यसमा मुख्य कसुरदार ठहरीएका ४ जनालाई ज्यान सजाय भयो । २ जना बाहुनहरू मुडीए । १२ जना जन्मकैदमा परे । २० जनाले तिनिहरूको कसुर अनुसार ३ वर्षदेखि १८ वर्षसम्म जेलमा रहने सजाए पाए । यी विद्रोहीहरूले ठुलो उपद्र मच्चाउने सुर बाँधेका रहेछन । उठानको बेलामानै कुरा खुल्न गएको हुनाले बेस भयो । अहिले प्रकाश नभई गोप्य रहन गएको भए धेरै मानिसलाई बिगार्ने चेस्टा उनिहरूले गरेका थिए भन्ने मौका अनुसार यस्तै मुनासीव माफीकको कुरा गरी बक्सने छ । जो मर्जी । ज्यादा के बिन्ती चढाउ, गाथमा सधा आराम र सुविस्ता भए बालकको उद्धार होला । जो मर्जी ।

सदा भक्त वालक भाई कृष्ण शम्सेरको

कोटी कोटी दण्डवत

श्री दाज्यैज्यू सु.प्र.मा.ने.ता.मु.प्र.प्र.गो.द.वा

ज. सिंह सम्सेर जंग बहादुर राण

जि.व.बज.यक्ष.का हजुरमा ।



१९९७ सालको बलिदानपछि राणाशासन हल्लिन थाल्यो । यसैबीच राणाशासनविरुद्धको संघर्षलाई संस्थागत रूप दिन राजनीतिक दलहरू गठन हुने क्रम बढ्दै जान थालेसँगै राणा शासनविरोधी गतिविधि संगठितरूपमा क्रियाशील हुने क्रम पनि बढ्दै जान थाल्यो । विसं. २००३ सालमा नेपाली कांग्रेसको स्थापना भई प्रजातान्त्रिक अधिकार र जनसत्ताको पक्षमा संगठित आन्दोलन अघि बढायो भने वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भई सामाजिक न्याय र समानतामा आधारित परिवर्तनको एजेण्डासहित राजनीतिक चेतनालाई थप विस्तार गर्‍यो । यी दलहरूको उदयले राणाविरोधी आन्दोलनलाई स्पष्ट दिशा, संगठन र नेतृत्व प्रदान गर्दै संघर्षलाई नयाँ चरणमा प्रवेश गरायो ।                    

छिमेकी मुलुक भारतमा ब्रिटिस शासनविरुद्धको आन्दोलन निष्कर्षमा पुग्ने क्रममा थियो । अन्ततः २००४ सालमा भारत ब्रिटिस शासनबाट मुक्तसमेत हुन पुग्यो । छिमेकी भारतमा ब्रिटिस शासनको अन्त्यले नेपालभित्रको राणाविरोधी आन्दोलनलाई थप ऊर्जा दियो । देशभित्र राणा शासनविरोधी आन्दोलन चर्किंदै गइरहेको अवस्थाका साथै छिमेकी मुलुकमा देखिएको परिवर्तनको हावाले राणा शासकहरू डराएर जनअधिकार स्थापित गर्न केही लचिलो बन्न थाले, तर ती पर्याप्त थिएनन् ।                    

अन्ततः २००७ सालमा जनआन्दोलन र सशस्त्र संघर्षको सम्मिलित दबाबले राणाशासनको अन्त्य भयो । प्रजातन्त्र आयो । त्यो कुनै दान थिएन, त्यो त नेपालीहरूको रगतले लेखिएको अधिकार थियो । १०४ वर्ष लामो निरंकुशता, दमन, जेल, यातना र बलिदानपछि प्राप्त यो परिवर्तनले जनतालाई पहिलोपटक शासनको केन्द्रमा उभ्यायो र अधिकार, स्वतन्त्रता तथा प्रतिनिधित्वको ढोका खोल्यो । यद्यपि, यो उपलब्धि पूर्ण थिएन, तर यसले निरंकुश शासनको अन्त्य गर्दै नेपाललाई लोकतान्त्रिक अभ्यासको यात्रामा प्रवेश गरायो, जसको आधार जनताको साहस, एकता र अविचल प्रजातान्त्रिक संघर्ष नै थियो ।                        

सहिदहरूले बाटो त देखाए, तर बाटो हिँड्ने जिम्मा बाँचिरहेकाहरूको काँधमा आयो । त्यसैले नेपालको लोकतान्त्रिक इतिहास केवल सहिदहरूको कथा मात्र होइन, सहिदहरूपछि बाँचेर पनि डर नमानेका, हार नस्वीकारेका र निरन्तर संघर्षमा होमिएका सहिदका विचारहरूका उत्तराधिकारीहरूको पनि कथा हो । टंकप्रसाद आचार्य, रामहरि शर्मा, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, वामपन्थी नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, महेन्द्र नारायण निधि, रामनारायण मिश्रलगायत कयौं नेताहरूले जेल, निर्वासन, यातना र अपमान सहँदै पनि प्रजातन्त्रलाई संस्थागत गर्ने कठिन यात्रामा आफूलाई होमे ।                            

२००७ सालपछि लोकतन्त्र संस्थागत गर्ने चुनौती थप जटिल रह्यो । किनभने, जनताका लागि स्वतन्त्रता र अधिकार केवल घोषणामा मात्र सीमित गरेर भएन, यसलाई व्यवहारमा उतार्ने कठिन कार्य अघि थियो । संघर्ष, बलिदान र ऐतिहासिक परिवर्तनका बाबजुद नयाँ संस्थाहरू बनाउने, कानून लागू गर्ने र जनताको विश्वास जित्ने जिम्मेवारी सबैको सामु थियो । अन्ततः विसं. २०१५ सालमा नेपालको इतिहासमै पहिलो आम निर्वाचन सम्पन्न भयो, जसले जनतालाई पहिलोपटक आफ्नो प्रतिनिधि आफैं छान्ने वास्तविक अधिकार प्रदान गर्‍यो । त्यो निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र थिएन, त्यो त १९९७ सालमा राणाशासनविरुद्ध फाँसी चढेका अमर सहिदहरूको आत्माप्रति जनताद्धारा समर्पित प्रजातान्त्रिक उपहार थियो । त्यस निर्वाचनले नेपाली जनतालाई स्वतन्त्रता, प्रतिनिधित्व र राजनीतिक भागीदारीको वास्तविक अनुभूति गराउँदै लोकतन्त्रलाई मात्र होइन, राष्ट्रिय चेतनालाई पनि स्थायित्व प्रदान गर्‍यो ।                          

प्रजातन्त्रको स्थापनापछि पनि नेपालको लोकतान्त्रिक यात्रा सहज थिएन । त्यसपछिका दशकहरूमा पञ्चायती व्यवस्थाको अन्त्य, प्रजातन्त्रको पुनर्बहाली, राजतन्त्रको अन्त्य, लोकतन्त्रको स्थापना, जनअभिमतको आधारमा बनेको संवैधानिक व्यवस्था र समग्र विकासको प्रक्रियासम्म आइपुग्दा, असंख्य राजनीतिक नेता, व्यक्तित्व तथा सामाजिक संघसंस्थाहरूले निरन्तर सक्रिय योगदान, त्याग र बलिदान दिएका छन् । उनीहरूले पनि जेल, निर्वासन, दमन, प्रतिबन्ध र अपमान सहँदै पनि लोकतन्त्रको दीप निभ्न नदिने जिम्मेवारी बहन गरे । यस्तो ऐतिहासिक योगदानलाई आज आएर एकाङ्गीरूपमा कम आँक्ने, घृणा वा दुरुत्साहनका शब्द प्रयोग गरेर अवमूल्यन गर्ने, नियोजितरूपमा झुटा आरोप लगाउने वा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत घृणा र द्वेष फैलाउने गतिविधिहरू बढेको देखिन्छ जुन राष्ट्रका लागि अत्यन्तै हानिकारक हुन सक्छन् । यस्ता प्रवृत्तिले लोकतान्त्रिक चेतनालाई कमजोर बनाउने मात्र होइन, सहिदहरूको बलिदान र त्यसपछिका पुस्ताले गरेका संघर्षहरूप्रति गम्भीर अन्याय पनि गर्दछ । त्यसैले इतिहासप्रति जिम्मेवार दृष्टिकोण अपनाउनु, योगदानको समग्र मूल्यांकन गर्नु र लोकतन्त्रको रक्षा गर्ने सबै शक्ति, व्यक्तित्व र संस्थाप्रति सम्मानजनक र विवेकपूर्ण व्यवहार गर्नु आजको अनिवार्य आवश्यकता हो ।                            

तर, आज हामी गम्भीर मोडमा छौं । लोकतन्त्रका नाममा अराजकता, स्वतन्त्रताका नाममा छाडातन्त्र, क्रान्तिका नाममा भीडतन्त्र र परिवर्तनका नाममा विध्वंश मौलाइरहेको देखिन्छ । देश जलाउने, निजी सम्पत्ति तोडफोड गर्ने, कानून मिच्ने, हिंसा फैलाउने र व्यक्तिगत स्वार्थका लागि मर्नेहरूलाई समेत सहिद घोषणा गर्ने प्रवृत्ति बढ् दो छ । यस्तो त वास्तविक सहिदहरूप्रति सम्मान होइन, घोर अपमान भएको झल्किन्छ । अन्यथा, वास्तविक सहिद भनेको के हो ? शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल लाई पढौं । क्रान्ति भनेको के हो ? राणाशासनविरुद्ध होमिएका ती हजारौं मौन बलिदानीहरूलाई पढौं ।                          

नेपालको लोकतन्त्र भाषणबाट आएको होइन । भीडबाट आएको हैन । न कुनै एक मसिहाले ल्याइदिएका हुन् । न कुनै आवेग र उत्तेजनाबाट आएको हो । न कुनै अराजकताबाट आएको हो, न कुनै विध्वंशबाट आएको हो । नेपालको लोकतन्त्र त फाँसीको डोरी, जेलको कालकोठरी, निर्वासन र यातनाको आँसुले जन्मिएको हो । विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो ।                                

त्यसैले, सहिदहरूको सपनालाई फिका नबनाऔं । सहिदहरूको बलिदानीलाइ उच्च कदर गरौं । उनीहरूले बसालिदिएको लोकतन्त्रको जगलाई कमजोर होइन, थप सुदृढ, थप परिष्कृत र थप जवाफदेही बनाऔं । मैले महसुस गरिरहेको छु– नेपालमा पछिल्ला केही समयदेखि देशी–विदेशी शक्ति मिलेर नेपालको लोकतन्त्र, लोकतान्त्रिक इतिहास र लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउने गतिविधि बढिरहेका छन् । यस्तो गतिविधि राष्ट्रकका लागि, राष्ट्रियताका लागि र जनताका लागि हितकर देखिदैंन । त्यसर्थ, माघ १६ गते केवल सहिदहरूलाई सम्झने दिन मात्र होइन, यो त संकल्प गर्ने दिन हो– ‘सहिदहरूले उपहार दिएका स्वतन्त्रताका नाममा देश जलाउने होइन, देश बनाउने गरौं ।’            


Share:

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे



पपुलिजमको आगोमा जलिरहेको नेपाल

नेपालको समकालीन राजनीतिमा पछिल्ला केही वर्षयता देखिएको पपुलिजम, डिजिटल म्यानिपुलेसन, भीड, बदला र उत्तेजनाको राजनीति कुनै आकस्मिक घटना होइन, बरु योजनाबद्ध रूपमा समाजमा निराशा फैलाएर, विवेकलाई कमजोर पारेर र लोकतान्त्रिक संस्थाहरूलाई बदनाम गर्दै निर्वाचनमार्फत नै राज्यसत्ता कब्जा गर्ने योजनाबद्ध एवं रणनीतिक अभ्यास हो । सामाजिक सञ्जालको एल्गोरिदमलाई हतियार बनाएर असन्तोषलाई आक्रोशमा बदल्ने, असहमतिको भाषालाई घृणामा रूपान्तरण गर्ने र जवाफदेही लोकतान्त्रिक अभ्यासभन्दा बाहिर उभिएर “सेलिब्रेटी शासन” गर्न खोज्ने प्रवृत्ति आज बालेन, रबी र उनिहरुको स्वर्थपूर्ण मिलन अर्थात विचार र सिद्धान्तकोबिनाको मिलनबाट चर्चामा रहेको कम्पिनी रास्वपा मार्फत सतहमा देखिँदैछ । यिनीहरुले न विचार, न नीति, न सिद्धान्त, न संस्थागत जिम्मेवारी बोकेका छन; उनीहरूको राजनीति केवल आवेग, उत्तेजना, बदला, विध्वंस, निराशा र डिजिटल भ्रमको भरमा उभिएको छ, जहाँ नेतृत्व भनेको जनतासँग फेस गर्ने होइन, फेसबुक स्टाटस लेख्ने हो, शासन भनेको विधि र विधान होइन, भीड र ट्रेन्ड हो र परिवर्तन भनेको निर्माण होइन, भत्काउने, जलाउने र विगार्ने कार्य हो । यस्तो पपुलिस्ट रणनीतिले अल्पकालीन लोकप्रियता त दिलाउन सक्छ, तर दीर्घकालीन रूपमा समाजमा सामाजिक विचलन, अराजकता, छाडातन्त्र, लोकतान्त्रिक अवमूल्यन र राष्ट्रिय एकतामाथि गम्भीर खतरा पैदा गर्छ । यही सन्दर्भमा, यो लेख पपुलिजम र डिजिटल म्यानिपुलेसनको नाममा देशलाई प्रयोगशाला बनाउने, विध्वंस मच्चाएर ‘क्रान्ति’ गयौं भन्ने र जसरी हुन्छ डिजीटल म्यानिपुलेसनको भरमा निर्वाचन जितेर सत्ता कब्जा गर्न लागिपरेका प्रवृत्तिहरुको राजनीतिक, नैतिक र ऐतिहासिक हिसाब–किताब गर्ने प्रयास हो ।


अब शुरु गरौं बालेन बाट । त्यो बालेन नाम गरेको केटो जो आफुलाइ नेपालको प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गरी सोसल मिडिया मानिपुलेसन र उत्तेजनाको व्यापार गरेर जनमत भड्काउनको लागि दौडीरहेका छन, उनिसँग नेता भएपछि जनताप्रति जवाफदेही हुनुपर्छ, जनताको हरेक सवालको उत्तर दिनु पर्छ, जनताको प्रश्न फेस गर्नु पर्छ, यो नै नेतामा हुनुपर्ने पहिलो अनिवार्य विशेषता हो भन्ने पनि थाहा छैन कि सायद ? हुन त चुनावमा उम्मेद्वार बन्दा फारम भर्नु पर्छ, धरौटी जमानत राख्नु पर्छ भन्ने सानातिना कुरा त थाहा नभएका प्रधानमन्त्रीको उम्मेद्वार हुन । यस्ता व्यक्तिलाई सामाजिक संजालको एकोहोरो एल्गोरिदमको आधारमा प्रवाह हुने रिलको प्रभावमा एकाथरी नेपालीहरुले देवत्वकरण जो गरिरहेका छन, महिसा जो मानिरहेका छन, अहिल्यैदेखि प्रधानमन्त्री नै मानिसकेका जो छन, दया लागेर आउछ ती सामाजिक संजाल मानिपुलेसनको बन्धक भएका पीडित नेपालीहरुको विवेक देखेर । कथित भविष्यको प्रधानमन्त्रीसँग जनता फेस गर्न र जनताको प्रश्नको जवाफ दिन जवाफदेहीता हुनुपर्दैन ? कृपया यत्ति कुरा त सम्झाइदिनुस तपाईहरुको प्रधानमन्त्रीलाई ।  


मेयर भएपछि कहिल्यै मिडिया फेस गरेका छन त यिनले ? कहिल्यै जनताप्रति जवाफदेहीता देखाएका छन त ? केवल फेसबुकको भर्चुअल पर्दामा विभिन्न मुडमा अनेक अनेक लेख्ने बाहेक । के शासन भनेको फेसबुकबाट चलाउने हो ? काठमाडौंलाइ स्वर्ग बनाउछु भनेर डोजर चलाएर भत्काउने र बिगार्ने मात्र काम गरेर आफ्नो कार्यकाल पनि पुरा नगरी भाग्ने यिनै हैनन ? एउटो मेयरको जिम्मेवारी त राम्रोसँग पुरा गर्न नसक्ने ले देशको प्रधानमन्त्रीको जिम्मेवारी निभाउन सक्छ ?  


सबैभन्दा मुख्य कुरा के हो भने “म त स्वतन्त्र व्यक्ति हुँ, कुनैपनि राजनीतिक दलमा जीवनभर आबद्ध रहन्न” भनेर अनेकन आशा र भरोसा देखाएर काठमाडौंको मेयर भएका यिनी, अन्तत मेयरको जिम्मेवारीकाल पुरा नै नगरी व्यक्तिगत स्वार्थको लागि एउटो विवादीत राजनीतिक दल रास्वपामा पोइला जान यिनलाइ कुन नैतिकताले दियो होला ? आफैंले एउटा राजनीतिक दल सम्म बनाउन नसकेर, हिटलरी प्रधानमन्त्री बन्ने केवल व्यक्तिगत स्वार्थको लागि राजनीतिक विचार र सिद्धान्त नै नभएको नपुसक राजनीतिक दल रास्वपामा लतारीएर पोइला गएका यिनले देशमा नेतृत्व दिन सक्लान भनेर जनताले पत्याइदिनु पर्ने ? अझ, कस्तो दलमा लतारिएर गएका छन भने राष्ट्रीय तथा अन्तर्राष्ट्रिय ठगहरुको जमात भएको, भिड, उत्तेजना, आवेग र निराशा बाडेर समाजमा सामाजिक द्वोन्द र विचलन पैदा गरीराख्ने र त्यही मौकामा जनताको टाउकामा टेकेर देशको टाउकामा प्ररहार गर्ने खाले ठग पार्टी रास्वपामा । खासमा, नेपाली जनताले ठग पार्टी रास्वपालाइ एक पटक अबसर नदिएको पनि हैन, ठग पार्टीका सबै ठगहरु (नेता/सांसद/कार्यक्रर्ता) ले आफ्नो कार्यकालभरी “हाम्रो सभापति ठग हैन, हाम्रो सभापति प्रति राजनीतिक प्रतिशोध भयो” भनेर रुने सिवाय अरू एउटो सिन्को भाचेको देखिदैन । के चै काम गरे त यिनीहरुले ? आफ्नो सभापती रबी लाइ ठगीको मुद्धाबाट कसरी चोखाउने भनेर त्यहि अनुसारको गतिविधि गरेरै बित्यो उनिहरुको कार्यकाल । सभापतीलाइ गृहमन्त्री नै बनाएर चोख्याउन भरपुर प्रयास गरे, सकेनन । गृहमन्त्री भए लगत्तै आफ्नो मालिक जि.बी राइलाइ भगाएपछि चै आफु चोखिइन्छ भनेर जि.बी राईलाइ भगए, तर पनि चोखिएनन । संसदमा गर्जिएर चोख्याउन खोजे सकेनन । सडकमा गर्जिएर चोख्यान खोजे सकेनन । संसद अबरुद्ध गरेर चोख्याउन खोजे सकेनन ।  


के चै काम गरे त यिनीहरुले ? छन त त्यस्ता कुनै खास काम ? ए साची, यिनिहरूले एउटा महान काम चै गरे क्यार– देश जलाउने क्रान्ति । आफ्नो सभापतिलाइ ठगीको मुद्धाबाट चोख्याउन भएजति सबै सबै उपाय लगाएर केहि नलागेपछि अन्तत योजनाबद्ध रुपमा (बिदेशीको गोटी बनेर)– सबै तहका अअदालत जलाए, जेल फुटाए, सर्वोच्च अदालत जलाए, सिंहदरवार जलाए, संसद भवन जलाए, देशभरीका सरकारी अड्डा, मिडिया हाउस, बिजनेस हाउस, पसल, भाटभटीनि वा जनताको घर जलाएर लुटपाट गरे, आतंक मच्चाए, नेपालमा प्रजातन्त्र ल्याइदिएका अमर शहिदहरूको शालीक फुटाए, किसुनजी जस्तो सन्त सादगी नेताको कुटी जलाए, नेपालमा प्रजातन्त्रको जग हालेका बिपी जस्तो नेताको ऐतिहासिक घर जलाए । देश बनेन बनेन भन्ने निराशाजनक नारा बेचेर बनेको देश पनि भताभुंग लथालिंग बनाए । बस त्यति हो । यस्तो महान क्रान्ति गर्ने यिनीहरुलाई नेपाली ईतिहासले कहिल्यै बिर्सीने छैनन ।


र, देश जलाउने सो महान क्रान्ति गर्न गँजडीलाल बालेन र तीनका गँजडी ग्याङ पनि योजनाबद्धरुपमा ज्यान फालेर लागिपरेका थिए । किनभने, गँजडीलाल बालेन्द्र महाराजलाइ नेपालको हिटलरी प्रधानमन्त्री बन्नु जो छ । विचार र सिद्धान्तको आधारमा राजनीति गरेर हैन, देश जलाएर हुन्छ कि, देश बेचेर हुन्छ, जसरी हुन्छ उनलाई प्रधानमन्त्री बन्नु जो छ । अनि आफ्नो उग्र महत्वकांक्ष र स्वार्थको लागि देश जलाउने यी आतंककारी/ठगहरू मिल्नु त स्वभाविक थियो । जसरी हुन्छ देश कब्जा गर्नु जो छ यिनीहरुलाई । ब्लुप्रिन्ट त धेरै पहिलादेखि तयार थियो । तर, घर जलाएर फेरी त्यही घरमा जान यिनीहरूको लुछाचुडि जो देखिन्छ, दया लागेर आउछ यिनीहरूको भविष्य सम्झिदा । देश जलाएको हामीले नै हो भनेर दाजु भाइ ठग र गँजडीलाल ले राजनीतिक दस्ताबेज नै बनाएर स्वीकार गरिसकेपछि, अब पनि जनताले फेरी यी आतंकवादीहरुलाइ विश्वास गर्लान, यिनीहरुको सोसल मिडीया मानिपुलेसनको चंगुलमा फस्लान, नेपाली जनता फेरी यिनीहरुको सिकार होलान भनेर कसरी हिसाब किताब गरेका होलान ? 


यनिहरु रबी र बालेनले, कलिला बालकलाइ ताकी ताकी गोली हान्ने भन्ने जस्तो कथित भाष्य लाई व्यापक प्रचार प्रसार गरेर जबरजस्ती पुराना राजनीतिक दलहरुलाइ बदनाम गर्ने÷लखेट्ने, अनि देश कब्जा गरमला भन्ठानेका होलान । मलाइ दंग लाग्छ, कानुनी राज्यमा, विधिको शासन हुन्छ होला नि । देशको सम्पत्ति जलाउन जानेलाई गोली नचलाएर के फुलमालाले पुजा गरेर खुटा ढोग्नु पर्ने हो ? संसारभरी कही कतै कुनै पनि आन्दोलनमा बच्चालाई प्रयाग गरिन्छ ? बच्चाको प्रयोग गरेर योजनाबद्ध आतंकवाद मच्चाउनेलाई गोली नहानेर पुलिस प्रशासनले के आतंककारीहरुको कुटाइ मात्र खाएर बस्छ ? संसद भवन जलाउन जाने, बैंक लुट्न जाने, पसल लुट्न जाने, जेल फुटाएर भाग्ने, अदालत जाउन जाने, सिंहदरवार जलाउन जानेलाइ के पुजा गर्नु पर्ने हो ? गोलि त हानिन्छ होला नि कानुनी राज्यमा । अझ फाँसी चढाउनु पर्ने हो, हाम्रो संविधानले त्यस्तो परिकल्पना गरेको छैन र मात्र ।


के नेपाली जनतालाइ सामाजिक संजालको एल्गोरिदम अनुसारको मानिपुलेसन, सामाजिक संजालको असामाजिक भीड, घृणा, निराशा र उत्तेजना फैलाएर वा ठुलो ठुलो स्वरमा कड्कीएर वा केवल पुराना गौरवपूर्ण ईतिहास बोकेका राजनीतिक दलहरुलाइ गाली गरेर वा देशमा विध्वंस मच्चएर वा आतंकवाद मच्चाएर मात्र भड्काउन सकिन्छ भन्ठानेका छन ? के नेपाली जनता विवेकहीन छन त ? अह, नेपाली जनता एकदमै सचेत छन, विशेष गरी देशको सवालमा जहिले पनि मनबाट फैसला गर्दछन, एल्गोरिदम अनुसार एकल धुब्रीय प्याट्रनमा चल्ने सामाजिक संजालले उक्सायको दिमाखले हैन । देशको सवाल जब आउछ, तब नेपालीहरु सधैं सधैं मनबाट फैसला गर्दछन । नेपाली जनता सिधा सोधा त छन, तर विवेकपूर्ण छन, खास गरी देश बचाउने सवालमा नेपालीहरुले सधै सधै उच्चतम विवेक र बहादुरीको प्रदर्शन गर्दै आएका छन । विश्वास लाग्दैन भने, नेपालमा अहिलेसम्म भएका आठ वटा निर्वाचनहरुमा नेपाली जनताले गरेको फैसलाहरुलाइ मिहिन ढंगले विश्लेषण गरेर हेरौं । तपाईंहरुले सक्नुहुँदैन भने मैले यहाँ तल विश्लेष्ण गरिदिएको छु, नेपाली जनताहरु विवेकपूर्ण निर्णय लिन कति सक्षम छन भन्ने बारे ।


वि.सं. २०१५ सालको पहिलो संसदीय निर्वाचनमा जहानियाँ राणा शासनबाट पीडित जनताले राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गराउन प्रमुख भूमिका खेलेको नेपाली काङ्ग्रेसलाई बहुमत दिनु जनतको सार्वभौम स्वतन्त्र विवेक हो । त्यस्तै, २०४८ सालको निर्वाचनमा पनि निर्दलीय पञ्चायतबाट आत्तिएका जनताले पञ्चायतविरोधी वा बहुदल वा प्रजातन्त्रको पुनःस्थापना गराउन प्रमुख भूमिका खेलेको नेपाली काङ्ग्रेसलाई नै जिताउनु नेपाली मतदाताको उच्च राजनीतिक चेत हो । त्यतिमात्र नभई वि.सं. २०५२ को निर्वाचनमा काङ्ग्रेसको आन्तरिक कलह र संसद् विघटनको नकारात्मक प्रभावलाई जनताले महसुस गरी नेकपा एमालेलाई जिताउनुले नेपाली मतदाताको राजनीतिक चेतना झनै प्रस्ट देखिन्छ । त्यसैगरी, २०५२ सालको निर्वाचनपश्चात्को वामपन्थी सरकारमा पनि आन्तरीक कलह र चरम अस्थिरता बढेपछि २०५६ सालको निर्वाचनमा जनताले पुनः नेपाली काङ्ग्रेसलाई नै विजयी गराए । 

 

२०६४ सालको संविधानसभा निर्वाचनमा शान्तिप्रक्रिया र राजतन्त्रको अन्त्यमा प्रमुख भूमिका खेलेको नेकपा माओवादीलाई जनताले समर्थन गर्नु अर्को महत्वपूर्ण उदाहरण हो । तर, माओवादीले अपेक्षाअनुसार काम नगर्दा र राजनीतिक अस्थिरता ल्याउँदा जनताले फेरि २०७० सालको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई नै जिताए । त्यस्तै, वि.सं. २०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई समर्थन गरी कम्युनिस्ट पार्टीलाई अभूतपूर्व बहुमत दिनुले पनि जनताको उच्च विवेक झल्किन्छ । तर, वाम गठबन्धन टिकाउन नसक्दा र पटक–पटक संसद् विघटन हुँदा जनताले पुनः २०७९ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई नै जिताएर आफ्नो असन्तुष्टि प्रकट गरे । यसले स्पष्ट देखाउँछ कि नेपाली जनताले हरेक निर्वाचनमा आफ्नो विवेक र देशको आवश्यकता अनुसार समयसापेक्ष निर्णय गरेका छन्, फलस्वरुप त्यस्ता सचेत जनअभिमतले नै नेपालको लोकतन्त्रलाई सुदृढ बनाएको छ । त्यसैले नेपाली मतदातालाई जो कोही आएर आवेक र उत्तेजना बाढेर भड्काउन वा सजिलै देशको छातिमा लात्ता बर्जान सकिन्छ भन्ने ठान्नु इतिहास, तथ्य र उनीहरूको विवेकपूर्ण निर्णयप्रतिको अपमान हो । 


अत, हालसम्म नेपालमा सम्पन्न आठ वटा निर्वाचनमा जनताले हरेक राजनीतिक गतिविधिलाई कसरी रियाक्ट गरिरहेका छन भन्ने तथ्यांकको आधारमा अब आँउदो निर्वाचनको नतिजा पनि लगभग तय जस्तै छ । देश जलाउने, आतंक मच्चाउने, देशमा सामाजिक विचलन र द्वोन्द ल्याउने, राष्ट्रिय एकतामा खलल पुर्याउने, नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रीक इतिहासलाई मेटाउन खोज्ने, संविधान मिच्ने, लोकतन्त्रलाई सिद्याउने वा कमजोर बनाउन खोज्ने, संविधान र संघियतालाई मासेर देशमा एकलौटी साशन चलाउन चाहने, देशमा निराशा, आवेग र उत्तेजना मात्र प्रवाह गरीरहने, विदेशीको इसारामा चलेर देशलाई नै कमजोर बनाउने, आफ्नो स्वार्थकै लागि वा केवल आफुहरु मन्त्री बन्न र राज्यशक्ता कब्जा गर्न कै लागि देशमा आगजनी, विध्वंस, लुटपाट र आतंक मच्चाएर देशको स्थीर सरकार ढालेर देश, सार्वभौमिकता र देशको विकासमा अत्यन्तै गम्भिर आघात पुर्याउने शक्तिहरु जसले पपुलिजमको आधारमा सेलिब्रेटी शासन गर्न खोज्दैछन, जसले सोसल मिडीयाबाट शासन चलाउन खोज्दैछन, जसले फेसबुकबाट शासन चलाउन खोज्दैछन, जसले देशमा प्रतिगमनकारी गतिविधिहरु गर्दै आईरहेका छन, जो आफुले गरेका काम र जनताप्रति कत्तिपनि जवाफदेही छैनन यी र यस्ता शक्तिहरुलाई अब आँउदो निर्वाचनमा जनताले आफ्नो विवेकपूर्ण निर्णय गरेर जनअभिमत मार्फत निस्तेज बनाउने छन र पुनः प्रजातान्त्रिक, लोकतान्त्रीक एवं वैचारिक पुराना राष्ट्रिय दलहरुलाई नै निर्वाचनमा विजयी गराएर देशलाई पुनः बचाउने छन, राष्ट्रियता र सार्वभौमिकता बचाउने छन । र, नेपाली जनताहरुको त्यही बहुमुल्य जनअभिमतको जगमा टेकेर ठग, गँजडी र उनिहरुका उत्तेजीत आतंककारी भीडले जलाएका, विगारेका र भत्काएका सबै प्रकारका प्रतिगमनहरुलाई पुराना लोकतान्त्रीक दलहरुले पुनः सम्हालेर निर्माण र विकासको पथमा देशलाई अघी बढाउने छन । देशलाई पुनः संवैधानिक विधि र पद्धतिको पथमा फर्काउनेछन । अझ भनौं, देशलाई अराजकतावाद, पपुलीजम र फाँसीवादबाट जोगाउनेछन ।


किनभने, गरीखाने नेपाली समुदायले देश जलाएको सबै मिहिन ढंगले हिसाब किताब गरिराखेका छन । चौबीसै घन्टा मोबाइलमा घोत्लीरहने, न समाज, न परिवार, न नातागोता, न इष्टमित्र, न छिमेकी, न देश को पिर गर्ने, केवल कृत्रिम दुनियामा रमाउने, फ्रि फायर र पब जी जस्ता मोबाइल गेममा हान हान र मार मार भनेर दीन रात खेर फाल्ने, केवल टिकटक र फेसबुक रिल मात्र स्क्रोल गर्न जानेका नवयुवाहरूको कच्चा दिमाख भुटेजस्तो सजिलो छैन नेपाली गरीखाने जनताको दिमाख भुट्न । 


नेपाली जनताले चुनावी स्टन्डबाट प्रभावित भएर मतदान गर्दैनन । बरु देशमा के आवश्यकता छ त्यही अनुसार मतदान गर्दै आएका छन । काठमाडौँको एैस आराम र रमझममा हुर्किएर भुइँमान्छेलाई मान्छे नदेख्ने एउटो जमिन्दारको छोरो गँजडीलाल बालेन्द्र चुनावको मुखमा अस्तिखेर पहिलो पटक मधेश झरेछ र भनेछ– “म सङ्घीयता अझै  बलियो बनाउँछु“ । हा हा हा । जसले देश जलाएर खरानी बनाइसकेपछि सबैभन्दा पहिलो सर्त नै “संघियता खारेजी हुनैपर्छ“ भनेको थियो । जसले कहिल्यै मधेशीलाई मान्छे देखेन । उनीहरूले बेच्ने स्याउ सुन्तला खोस्यो । साइकल र ठेला लुट्यो । कबाडपसलमा डोजर चलायो । गरिबको पेटमा नगरप्रहरीको डण्डा बर्सायो । उनीहरू बसिरहेको ठाउँ उजाडिदियो । उनिहरूलाइ लखेट्यो । काठमाडौंको मेयर हुन भोट माग्न आँउदा गरीबको चमेली बोल्दिने मै हुँ भनेर चुनाव जीतेपछि चै छानी छानी गरिबको घरमा डोजर चलायो, गाँस बास छिन्यो । उही गँजडीलालले अहिले फेरी आफु हिटलरी प्रधानमन्त्रि बन्न पुनः स्टन्ड निकालेछ– “म त मधेष पुत्र हुँ” । हा हा हा । यहाँ भन्दा भद्दा मजाक के हुन्छ नेपाली जनताप्रति । यस्ता चुनावी स्टन्डहरुलाई नेपाली जनताहरुले धेरै पहिला नै पचाइसकेका छन । मतदान देशको आवश्यकता हेरेर कुन शक्तिलाई मतदान गर्दा देशको भलो हुन्छ विचार गरेर मात्र मतदान गर्दै आएको तथ्यगत ईतिहास त मैले माथि नै प्रस्तुत गरिसके ।  


यिनी बालेनले ले के चै गरे त कलाकारीताबाट राजनीतिमा आएपछि ? फोहोरलाइ मोहोर बनाउछु भनेको थियो, फोहोरलाइ मोहोर बनाउने त कहाँ हो कहाँ, उल्टै उसकै कारणले काठमाडौंको फोहोर कयौं पटक ल्यान्ड फिल्ड साइडमा समेत लान दिइएन । फोहोरको समस्या ज्युका त्यु छ, उल्टै चर्किएको छ काठमाडौंको फोहोरको समस्या । अनि, काठमाडौंलाइ धार्मिक पर्यटन नगर बनाउनु भनेका थिए, तर पशुपतीमा डोजर लगाउन जाने यिनै हैनन ? यिनले अरू त अरू र्यापर भएर नेपाली महान र्यापर यम बुद्धको शालीक बनाउछु भनेको थियो, यस्ता झिना समिना काम समेत नगरी भागे । काठमाडौंमा जाम कम गर्न एकदम फुल प्रुफ योजना छ भन्थ्यो, खै त त्यस सम्वन्धमा केही काम भयो ? काठमाडौंमा चोक चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने छु भन्थ्यो, एउटा शौचालय बनायो त ? दुइ चार जना चिनेको होटलको ट्वाइलेटमा पब्लिक व्यक्तिलाई पनि पिसा फेर्न दिनुस है सम्म त भन्यो क्यारे । यिनको बाचाहरु त हजारौ बाचा छन तर यिनले ति बाचा पुरा नगरी भागे । काम गर्न गार्हो हुन्छ, अनुभव चाहिन्छ, भाग्न सजिलो हुन्छ, यिनी त्यही गरे । यिनले आफ्नो तीन वर्ष केवल पुराना राजनीतिक दलहरुसँग टसल गरेरै, घमण्ड गरेरै, बदलाको भावना र अहमता देखाएरै बिताए । कुनैवर्ष पनि महानगरको बजेट सम्म समयमा ल्याउन सकेन, भागी हिडने, महानगरका अन्य वडा अध्यक्षहरु र सरोकारवालाहरुसँग फेस गर्न नसक्ने । एउटा महानगरको बजेट त समयमा ल्याउन नसक्नेले देशको बागडोर सम्हाल्छ भनेर नेपाली जनताले पत्याईदिनु पर्ने ? हुन त नेपाली जनताले यस्ता सनकीलाई देशको जिम्मा लगाउँदै लगाउँदैन, कथमकदाचित यस्ता कुपात्रको हातमा देश गयो भने पनि देशलाई भड्खालोमा लगेर जाकेर आफु चै भाग्ने सिवाय यिनी बालेनबाट अरु कुनै आशा गर्न सकिने आधार कहि कतै देखिदैन । यिनले अहिलेसम्म गरेको एउटा मात्र राम्रो काम भनेको काठमाडौं उपत्यकामा मासियका केही हीटीहरुलाइ पुनःनिर्माण गर्न प्रयास गरे । त्यस बाहेक अरु कुनै खास/विशेष काम गरेका छैनन आजको मितिसम्म । छिमेकी मेयर चिरीबाबुले ललितपुरलाइ सुन्दर सांस्कृतिक नगरी बनाउन सफल भए । भक्तपुरका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई देशकै नमुना नगरपालीका बनाउन सफल भए । धनगडीका मेयरले धनगडीलाइ लन्डल शहर जस्तो बनाउ लागिसके । भरतपुरका मेयर रेणुले भरतपुरलाइ देशकै पर्यटनको केन्द्र बनाइन । यस्ता उदाहरण प्रसस्त छन अन्य मेयरहरुका पनि । तर, यी बालेन नामको गँजडीलाललाई त धुवा उडाउदैमा ठिक्क भयो, जनतासँग भागेर हिड्दामै ठिक्क भयो, बिग्रार्न र भत्काउनमा नै ठिक्क भयो । 


अब कुरा गरौं नेपाल विकास भएन, विकास भएन भन्ने भाष्यको । युरोप, अमेरिका, जापान, कोरीया, अष्ट्रेलीया, क्यानडा लगायत अन्य विभिन्न देशमा बसेर दिनभरी विदेशीले छाडेको फिजीकल काम गरेर लखतरान भएर आउने, साझ परेपछि ओछ्यानमा पल्टियर सोसल मिडियामा निराशाको व्यापार गर्न थाल्ने– नेपाल विकास भएन, नेपाल सिद्धीयो, नेपाल खत्तम भयो, राजा आउ देश बचाउ, बेलेन आउ देश बचाउ, रबी आउ देश बचाउ भनेर कराउने । अक्सर यिनीहरु देशलाई लात्ता हानेर पलायन भइसकेका वा हुने शिलशिलामा रहेका तत्वहरु हुन । के कुनैपनि देश जादुको छडी घुमाएर बन्ने हो ? के कुनै पनि देश एकजना अमुक पात्र वा महिसाले बनाइदिएर बन्ने हो ? यी माथिका कथित विकसीत देशहरु विकासको कस्ता कस्ता चरणहहरु पार गरेर कयौं वर्ष लगाएर अहिलेको चरणमा छन । देश र समाज भनेको चरणबद्धरुपमा विकार हुने हो । एकैपटक कायापटक हुने त सपनामा मात्र हो । उसै पनि हाम्रो देश नेपालको भुभौतिक अवस्था, भुपरिवेष्ठीत सिमा, धेरै क्षत्रफल उच्च हिमाली र उच्च पहाडी भुभागले ओगटेको र मुख्य गरी कुनै विशेष क्यास खनिज स्रोतको उत्खनन नभएकोले (जस्तै तेल वा सुन वा अन्य क्यास खनीज) तिब्र आर्थिक छलाङ सजिलो छैन, अझ मुख्य चै औद्योगीक उत्पादन खपतको लागि छिमेकी बजारीकरण नभएकोले नेपालमा औधोगीकरणको सम्भावना समेत कम छ, त्यसैले विकासमा नेपाल सुस्त हुनु बाध्यता हो, हामी भारत चाइना जस्ता ठुलो औद्योगीक राष्ट्रको बिचमा भएकोले उनिहरुले हामीलाई उपभोगमा दबाएर राखेका छन । उनिहरुको उत्पादन हामीलाई बेच्नको लागि उनिहरुको व्यापार व्यावसायमा ह्रास आउने खाले उद्योग कलकारखाना उनिहरुले सजिलै नेपालमा खोल्न दिँदैनन । कथमकदाचीत खौल्यौ आन्तकि स्रोत र साधानमा भनेपनि निर्यात कुन देशलाइ गर्ने ? जबकी हाम्रा छिमेकी देशहरु सबै हामीभन्दा धेरै अघि छन र उनिहरुले उल्टै हामीलाई सामान बेच्दै आएका छन । हामीले गर्न सक्ने भनेको विशेश्वर प्रसाद कोइरालाले भनेको जस्तो हरेक घर आत्मनिर्भर हुने हो । अर्थात, कृषी मुलश्च जीवनम् भन्ने मन्त्रको पालना गर्ने । एक घर, एक हल गोरु, एक खेत, सानु परिवार, एक महिना दुःख गरेर एक वर्ष खाने, आत्मनिर्भर हुने, सुखी जीवन बिताउने । तर, अब यो कुरा कल्पनाभन्दा बाहीर गईसक्यो किनभने हामीलाई श्रम गरेर वा आफ्नो काम गरेर वा खेती गरेर खान हैन अरुको वा साहुको वा विदेशीको गुलाम हुने बानि परीसक्यो । हाम्रो नेपालको सम्भावना भनेकै– पर्यटन, कृषी र जलविद्युत हो । कृषी को त अब के कुरा गर्नु सबै नेपालीले गाँउका अब्बल खेत बाजो राखेर अबरको खाडिमा पसिना बगाउन नै ठिक ठान्यौ, सकियो । नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण भएकोले पर्यटन चै अझै पनि उच्च सम्भावनाको क्षेत्र छँ दै छ । र, जलविद्युतमा पनि अब सम्भावना देखिदैन, नेपालले अहिलेसम्म उत्पादन गरेको जलविद्युत बेचेर लगानि उठाउन पनि सकेको छैन, निर्यात गर्ने भारत र बंगलादेशलाई नै हो, उनिहरुको नीति नियम हामीले मानेर उनिहरुलाइ ढोग्नु पर्छ, हाम्रो नेपालमा बिजुलीको खबत हुन सकेको छैन, अहिले विद्युत चाहिने भन्दा बढी भएर र निर्यात नभएर खेर गइरहेको छ । हाइड्रोपावर कम्पनी सबै आइपीव ल्याउने, तीन वर्षमा प्रोटर शेयर सबै बेचेर ठुला लगानीकर्ता भाग्ने, परियोजना अलपत्र पार्ने कार्य मात्र भईरहेको छ । अनि, राता रात चमत्कार यो देशमा कसरी हुन्छ ? कसले गर्न सक्छ रातारात चमत्कार ? के यो देशमा महान नेताहरुको कमि थियो र ? राजा महेन्द्र, बि.पि. कोइराला, राजा बिरेन्द्र, गणेशमान सिंग, गिरीजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराइ, मदन भण्डारी, मनोमोन सिंह लगायत पुराना कयौं महान नेताहरुले पनि यदि जादुको छडी घुमाएर देश कायापलट हुने भए त बनाउथे होलान पक्कै पनि । बनाउने थिएनन होला र ?


अब नेपाल विकास नभएको हैन, नेपालमा प्रसस्त विकास भएको छ भन्ने वास्तविकतातर्फ जाऔं । नेपाल अहिले विजुलीमा पूर्ण आत्मनिर्भर भएर छिमेकी देशलाई थोरबहुत निर्यात गर्न थालिसकिएको छ । नेपालमा पर्यटन पूर्वाधार तिब्रगतिमा विकास भईरहेका छन, उदाहरणको लागि गाँउ गाँउमा पुगेका बाटाघाटा र डाडाँ काँडामा रहेका धार्मिक एवं पर्यटकीय स्थलसम्म पुराइएका केबलकारहरु हेरम । हवाई सेवा विस्तारको लागि बनेका नयाँ डोमेस्टीक तथा अन्तर्राष्ट्रिय अत्याधुनिक एर्पोटहरु हेरम । कयौं थ्रि स्टार होटल र फाइब स्टार होटल हेरम । कृषिको लागि सरकारको हरेका वर्षको अनुदान हेरम, कृषिको लागि बनेका ठुला ठुला सिँचाइ परियोजनाहरु हेरम । नवप्रवर्दन वा स्टाटअपको लागि सरकारले प्राथमिकतामा राखेको बिना धितो बिना ब्याजको ऋण, बिना धितो न्युनतम ब्याजदरमा ऋण लगायत हेरम । यातायातको लागि बनेका ठुला ठुला परियोजनाहरु जस्तै सुरुघमार्ग, रेलमार्ग, फास्ट ट्याक, विभिन्न नयाँ बनिसकेका र बन्दै गरेका राजमार्गहरु हेरम र सम्भाव्यता अध्यन गरिसकेका परियोजना संचालन हुन लागेका ठुला ठुला आयोजनाहरु हेरम । शिक्षा र स्वास्थ्य त विश्वमै नमुना छ नेपालको किनभने सरकारी शिक्षा र स्वास्थ्य लगभग निशुल्क जस्तै छ नेपालमा । तथ्यांक नै हेर्नुहुन्छ भने मानव विकास सुचांक, प्रति व्यक्ति आय, साक्षरता दर, बाल मृत्युदर, औसत आयु, बैंकिङ सेवाको पहुँच, डिजिटल बैंकिकको तिब्र बिस्तार, सरकारी सेवामा डिजिटलाइजेसन, फाएब जी इन्टरनेटको तिब्र बिस्तार लगायत अन्य धेरै छन, तपाइहरुले अध्ययन गर्नुहोला । यी त भए राष्ट्रियस्तरका विकास । 


अब, स्थानीय स्तरमा भईरहेका अत्यन्तै महत्वपूर्ण विकासका पहलहरुको कुरा गरौं । प्राय गाँउमा एक घर एक धारा, एक घर एक रोड, एक घर एक ट्वाइलेट, एक घर एक बिजुली, एक घर एक आम्दानीमुलक सानो व्यवसाय, एक गाँउ एक मन्दिर, एक वडा एक स्वास्थ चौकी, एक वडा कम्तिमा एक÷दुइ स्कुल, एक खेतीयोग्य फाट एक सिचाइ, एक किसान एक अनुदान लगायत कयौं गाँउविकासका कार्यक्रमहरू सम्पन्न भइसकेका छन र हुँदैछन । यी कामहरु अझै बाँकि छन होला कहि कही बन्न, वा बन्ने शिशिलामा होलान । 

र, अब अर्को महत्वपूर्ण  पक्ष रोजगारीको कुरा गरौं । नेपालमा रोजगारी नै छैन,  युवाहरू जति विदेशमा काम गर्न जानु परेको छ, युवा पलायन भयाे, भनेर भनिन्छ । म त भन्छु- विदेश पलायन भन्नुभन्दा पनि श्रम अनुसारको सम्मानजनक पारिश्रमिकको दृष्टिकोणले जहाँ सम्मानजनक पारिश्रमिक पाउँछ त्यतातर्फ श्रमिक जनशक्ति रोजगारीको लागि जानु र आफ्नो आर्थिक समृद्धिको सपना पुरा गर्नु उनीहरूको स्वतन्त्रताको विषय नै हो । यो सिलसिला विश्वभरीका हरेक देशमा चलिरहेको अभ्यास हो ।  

त्यही पनि, के विदेश नेपालमा रोजगारी नभएरै मात्र गएका हुन त ? अहिले हरेक स्थानीय तहले प्रावि शिक्षक, निमावी शिक्षक, माबी शिक्षक लगायतको जागिर खुलाउदा जागीर खाने मान्छे पाइएको छैन । कमर्सीएल बैंकमा, विकास बैंकमा र अन्य बित्तिय संस्थाहरुमा जागिर खुलेको बेलामा जागीर खाने मान्छे पाइएको छैन । विभिन्न संस्थाहरुमा रोजगारीको प्रसस्त अवसर छन । मिडिया सेक्टरमा प्रसस्त रोजगारीको अबसर छन । लोकसेवामा कम्पीटिसन असाध्यै कम छ अहिले । एनजिओ आइएनजिओमा प्रसस्त जागिरका भ्याकेन्सी छन । विभिन्न व्यापारिक संस्था, बिजनेस हाउस एवं प्रतिष्ठानमा प्रसस्त रोजगारी छन । साना तथा मझौला उद्योगकलकारखानमा प्रसस्त रोजगारी छन । कृषिमा प्रसस्त अबसरहरु छन । पर्यटनमा प्रसस्त अवसरहरु छन । होटल तथा रेष्टुरेन्ट सेक्टरमा प्रसस्त अवसर छन, यस क्षेत्रमा त म्यानपावर सधै अभाव छ । हाइड्रो सेकटरका विभिन्न कम्पनीहरुमा प्रसस्त रोजगारीहरु छन । सूचना, प्रविधि र विकासको श्रेत्रमा त झन प्रसस्त उत्कृष्ट अवसर र फ्रिलेन्सरको अवसरहरु छन । उच्च विकसित देशहरूको तुलनाको पारिश्रमिक यहाँ नहुन सक्छ तर नेपालमा प्रयाप्त सम्भावनाहरू छन । नेपालमा शिक्षा, सिप, अनुभव, लगाब र देशप्रेम भएका मेहेनती मानिसहरुको लागि कहिल्यै रोजगारीको कमि छैन ।  बरू, के चै यथार्थ हो भने, कयौं रोजगारीका अवसरहरूमा मान्छे नपाएर भारत र बंगलादेशबाट मान्छे ल्याएर पुर्ति गर्नु परेको छ ।  


के विदेश जाने जति सबै नेपालमा रोजगारी नभएर गएका हुन त ? त्यस्तो त हुँदै हैन । केही निकै कम हदसम्म मात्र त्यस्तो होला । विशेष गरेर खाडी मुलुक वा मध्यम आम्दानी हुने देशमा जानेहरुको लागि शिक्षा, सिप र अनुभवको अभावमा खाडी मुलुक जानु पर्ने बाध्यता हुनसक्ला । तर, न्युनतम २० लाख देखि १ करोडसम्म तिरेर अमेरीका, अस्ट्रेलिया, जर्मनी, क्यानडा, युरोप, जापना, कोरीया लगायत  तुलनात्मक रूपमा उच्च आम्दानी  भएका देशहरुमा सबैभन्दा बढी नेपालीहरु जाने र उतै पलाएन हुने शिलशीला बढ्दो छ । यो तथ्यांकले बताउने कुरा हो । यी त सब आफ्ना उच्च महत्वकांक्षा, नेपाली भएर पनि नेपालीपना नभएका, देश प्रेम नभएका, स्वाभिमान नभएका, पैसा नै सबैथोक हो भन्नेखाले र चाडै धनी बन्ने उच्च महत्वकांक्षा भएका दासहरु हुन । र, यस्ता छिटो धनि बन्छु भन्ने खाले मानिसहरुको महत्वकांक्षा सजिलै पुरा गरिदिने खाले विश्व खुला अर्थव्यस्थाको युग चलिरहेको हुनाले गर्दा विदेश जाने शिलशिलालाइ कसैले पनि रोक्न सक्दैन । राजा महेन्द्रले जस्तो पासर्पोट नै बनाउन नदिएर रोक्यो भने अलग कुरा । नत्र, कोही माइकलालाले पनि रोक्न सक्दैन । अर्थात, नेपालमा जनशक्ती छ, पश्चिमा देशहरुसँग जनशक्तिको अभाव छ । नेपालमा न्युन आम्दानी दिनसक्ने खाले मात्र रोजगारी छ, पश्चिमा मुलुकमा उच्च आम्दानी दिनसक्नेखाले रोजगारी फालाफाल छ, त्यति मात्र हैन, पश्चिमा देशले हाम्रो जस्तो देशको युवा जनशक्तिलाई उनिहरुको देशमा तान्नको लागि विभिन्न खाले स्किमहरु सहितको ललिपप देखाएर व्यापकरुपमा आकर्षित गरिरहेका छन । अनि, चाडै धनि बन्ने महत्वकांक्षा भएका नेपालीहरु, जसलाइ देशको माया छैन, विदेशीको लालिपपको गुलियोमा भुल्न पाएपछि आमाको छातिमा लात्ति हान्न सक्ने नेपालीहरु सजिलै त्यता खिचिनु वा मोडिनु वा उतै गएर उतै पलाएन हुनु त नौलो कुरा होइन नि जता खाल्डो छ उतै पानि बग्छ । जता धेरै फाइदा उतै बस्न काईदा । यो त अर्थशास्त्रको अत्यन्तै व्यवहारी पक्ष हो । अर्थशास्त्र र खुला विश्वअर्थतन्त्रको यस्तो व्यवस्थालाई कसैले रोक्न सक्दैन । किनभने, नेपालमा माबी शिक्षकको तलब मासिक लगभग ५० हजार भन्दा बढी छ । तर, त्यो जागिर छाडेर जापानमा भाडा माज्न गएका त मैले नै देखेको हजारौंमा छन । नेपालको आर्मि पुलसिको तलब सुविधा राम्रै छ तर यस्ता जागिर छाडेर हङकङ र मकाउमा सुरक्षा गार्ड गर्न गएका वा जापान कोरिया गएका त हजारौ हजार उदाहरण छन । यो मैले देखेका घटनाहरूबाट केहि उदाहरण मात्र दिएको, यस्ता उदाहरण त प्रसस्त छन । अनि के नेपालमा रोजगारी नभएर हो विदेश गएकाखासमा नेपालको माया चै नभएर हो । परिवारमा दुःख खुस गरेर नेपालमै जति आम्दानी हुन्छ त्यसमा बाउआमा, छरछरी, परिवार, समाज, छिमेकी, दाजुभाइ, दिदीबैनी मिलेर खुशी भएर बस्नु पो असली नेपाली पहिचान हो । बाउआमा, परिवार, छिमेकी, इष्टमित्र, गाँउसमाज र देशलाई लात्ता हानेर पश्चिमाको गुलाम बन्न जाने अनि दिनभरी काम गरेर थकित भएर बेलुका कोठामा आएर उनिहरु नै  देश बनेन, देश बिग्रीयो, देश खत्तम भयो, राजा आउ देश बचाउ, रबी आउ देश बचाउ, बालेन आउ देश बचाउ भनेर कराउने ।

यसरी उता विदेशमा बसेर रातदीन देश बनेन भनेर कराउने व्यक्तिहरले त कत्तिपनि देखेका छैनन- नेपालमा माथी उल्लेखीत विकासका कयौं उल्लेखनीय पहलहरू भइरहेका छन भन्ने यथार्थ । देशलाई लात हानेर पलायन भइगय उनिहरु त । के यी र यस्ता विकास बालेनले गरिदिएका हुन ? जहानिया राणा शासनको कब्जा बाट देशलाइ लोकतान्त्रीक पथमा ल्याएर नेपाली जनतालाई स्वतन्त्र बनाउने मात्र हैन यी माथि उल्लेख गरिएका सम्पूर्ण विकासका अगुवाहरु पुराना राजनीतिक दल नै हुन । खास गरी नेपाली काँग्रेस, नेकपा एमोले, राप्रपा, नेकपा माओवादी र मधेशवादी दलहरु नै हुन । यिनीहरुले नै देशलाई विश्वव्यापी लोकतान्त्रीक पथमा हिँडाएर देशलाई यहाँसम्म ल्याएका थिए । 


यिनी बालेनलाई नेपाली जनताले नेता मान्न नसक्ने प्रमुख पक्ष भनेको– यीनी जनतासँग जवाफदेही कहिल्यै बनेन । केवल सोसल मिडियाबाट शासन चलाउने, सोसल मिडिया मानिपुलेसन गरेर जनतालाइ उचाल्ने, उक्साउने, उत्तेजीत बनाउने, बनेको देश बिगार्ने, भत्काउने, जलाउने, समाजमा निराशा र उत्तेजना फैलाउने मात्र हो यीनको काम । अनि यस्तो व्यक्तिलाई नेपाली जनताले नेता स्वीकार्न सक्छन ?


के अहिलेसम्म बनेको नेपाल बालेनले बनाइदिएका हुन ? के रबीले बनाइदिएका हुन ? यिनीहरुले त देश बनेन बनेन भनेर निराशा र उत्तेजनाको व्यापार गर्ने, अनि बनेको देश जलाउने भत्काउने विध्वंस मच्चाउने मात्र काम गरेका हुन । अनि, फेरी हामीले नै देश जलाएको हो भनेर राजनीतिक दस्ताबेजमा नै लेखेर स्वीकार गरीसकेपछि फेरी अहिले चुनावको मुखामा जनतालाई मुर्गा बनाउन दोष चै अरूलाइ दिने ? जनताले हिसाब किताब राखेका हुँदैनन ? अनि यिनीहरुका यी र यस्ता कयौं देश सिद्धाउने करतुत थाहा पाएपछि पनि फेरी यीनै बालेनलाइ नेपाली जनताले प्रधानमन्त्री बनाइदिनु पर्ने ? पद र पावरको महत्वकांक्षी बालेनलाइ त्यही सिंहदरवार जलाएर फेरी अहिले त्यही सिंहदरबार जानु पर्ने रहेछ त किन जलाएको ? यी र यस्ता सवालहरुको कम्तिमा धेरै थोरै स्पस्ट जवाफ दिनुपर्दैन ? खै जवाफदेहित ? भएका उद्योगधन्दा, होटल, पसल, व्यवसाय जलाएर लाखौको रोजगारी छिनेर नेपालमा केही विकास भएन, नेपालमा रोजगारी भएन भन्ने ? जनतालाई पंगु बनाउने ? 


त्यसर्थ, नेपाली गरीखाने जनताले छर्लङ बुझिसकेमा छन– नेपालमा पछिल्ला छ महिनाबिच जे जे भइरहेका छन सबै योजनाबद्ध ब्लुप्रिन्ट अुनसार नै भइरहेको छ । यतिखेर नेपाली जनताले चनाखो हुनुपर्ने प्रमुख कुरा भनेको कस–कसले कस–कसलाइ परिचालन गरेर नेपालका गौरवपूर्ण इतिहास बोकेका सबै राजनीतिक दलहरुलाइ टुटाएर फुटाएर देशलाइ कमजोर बनाउन भरपुर कसरत गरीरहेका छन भन्ने कुरा हो । जस्तै, माओवादीलाइ फुटायो, पहिल्यै फुटेको एमालेलाइ पुनः फुटाउन भरपुर कसरत भएकै थियो, राप्रपालाइ फुटाउन भरपुर कसरत भएकै थियो, निर्वाचनको मुखमा नेपाली काँग्रेसलाइ फुटाउन के कस्ता खेल खलियो यहाँहरुले राम्रोसँग देखिहाल्नुभयो । ठगहरुलाइ जिताएर पश्चिमाहरुको एजेन्डा स्थापित गराउन र शेर बहादुरसँगको पुरानो रिस फेर्न सुसिलाले निर्वाचन आयोगमा दलको आधिकारीकताको फाइल लग्नेबित्तिकै तुरुन्त गगनको पक्षमा फैसला गर्न लगाइएको कुरा छर्लंगै छ । कसैलाई चै जबरजस्ती मिलाउने, कसैलाई जबरजस्ती फुटाउने । कुरा छर्लंगै छैन र भन्या ?


यसरी देशका गौरवपूर्ण ईतिहास बोकेका राजनीतिक दलहरुलाई फुटाउने शिलशिला विगत एक वर्षदेखि चर्काउदै चर्काउदै ल्याइएको थियो । यस्तो गर्न बाह्य बल लगाइरहेका रणनीतिकारहरुको प्रमुख उद्देश्य भनेको नेपाललाइ जसरी हुन्छ कमजोर बनाउने, दोन्दमा फसाइराख्ने, अल्झाइराख्ने, यही नै हो । उदाहरणको लागि, अन्तराष्ट्रिय ठग रबि र गँजडी बालेन लगायतले (विदेशीको गोटी बनेर) मच्चाएका  पछिल्लो जेन जेड आतंकबादी गतिविधि पनि यसैभित्र पर्दछ । अन्यथा, नेपाली इितहासमा, देशको हरेक संकटमा सबै राजनीतिक दलहरु एकताबद्ध भएको उदाहरण–  भुकम्पपछिको पुननिर्माण, कोरोनाकालपछिको आर्थिक पुनर्उत्थान, २०७७ सालको लिपुलेक सिमाविवाद र सर्वदलीय एकता सहित संविधाननै संसोधन गरेर सिमा विवादलाइ सम्बोधन गरीनु लगायत हरेक राष्ट्रिय सवालमा सबै दलहरु एकताबद्ध भएका उदाहरण प्रसस्त थिए।


यतिखेरको दुरदशा हेरम त, देशमा संवैधानिक संकट मडारीरहेको छ, देशलाइ पुनः लोकतान्त्रीक एवं संवैधानिक बाटोमा हिडाउन सबै दलहरु एकजुट भएर लाग्नु पर्नेमा, सबै दलहरुलाई आ आफ्नै आन्तरिक विवाद र दोन्दमा जबरजस्ती फाईएको छ । गगन जस्तो आशा लाग्दो नेता पनि यही मौका हो पाटी कब्जा गर्ने वा पाटी फुटाउने भनेर ज्यान फालेर लागिपरेको थियो । त्यसर्थ, भनिन्छ नि समयले सबैको असलीयत उदांगो पारिदिन्छ भनेर, त्यसै देखियो । नत्र भने, सबै मिलेर यतिखेरको राष्ट्रिय संकटलाइ कसरी समाधान गर्ने भन्ने त गगनको दिमाखमा छँ दै थिएन रहेछ, केवल पाटी कब्जा गर्ने स्वार्थ बाहेक।  जबकी आतंककारीहरुले गगन कै घर पनि जलाएको थियो । देश विषम संकटउन्मुख छ, तर यतिखेरको नेपाली जंक पोलिटिक्समा भने सबै नयाँ वैकल्पिक भनाउँदाहरूलाइ पद, पावर, पैसा र पहुँच हाँसील गर्नु मात्र छ । राष्ट्रिय हित त बालै फररर । 


नेपाली जनतले राम्रोसँग बुझिसकेका छन– नेपाललाई अमेरिकाले आफ्नो भुराजनीतिक रणनीतिक भुमी बनाउन नेपालका यी माथि उल्लेख गरिएका उत्तेजीत खलपात्रहरुलाई प्रयोग गरेर के कस्ता गतिविधि गरिरहेका छन, जेनजेड विध्वंस मच्चाउन कति मिलियिन डलर लगानी गरेका छन, जसरी बंगलादेशमा गरे, जसरी इरानमा गरिरहेका छन, जसरी अन्य विभिन्न रणनीतिक देशहरुमा यस्ता द्वोन्दहरु सृजना गर्न अमेरीकाले रणनीतिक तवरले लगानी गरिहरन्छ, सबै नेपाली जनताले बुझेका छन । किनभने संसारले बुझिसकेको छ अमेरिका कस्तो राष्ट्र हो भन्ने कुरा । कमजोर राष्ट्रहरूको सरकार गिराउने (जसरि नेपालमा जेन जेडको नाममा आतंक मच्चाएर सरकार गिरायो), द्वोन्द र हिंसा फैलाउने, कमजोर राष्ट्रहरूलाइ कहिल्यै माथि उठ्न नदिने, अरू देशको बहुमुल्य प्राकृतिक स्रोत र साधनहरू जसरी पनि कब्जा गरेरै छाड्ने आतंकबादी/साम्राज्यवादी  राष्ट्र हो अमेरिका । अनी त्यै अमेरिकाको गोटी बनेर देशमा अराजकताबाद, पपुलीजम र फाँसीवाद लाद्न खलपात्र बनेका यी बालेन र रबी लाई नेपाली गरीखाने जनताले पुजा गर्नु पर्ने ? 


यिनीहरुको सबै गतिवीधि योजनाबद्ध ब्लुप्रीन्ट अनुसार नै चलिरहेको छ भन्ने कुरा जस्तो सुकै सिधा सोझा नेपालीले पनि बुझेका छन । देश जलाएर, संविधानलाई कुल्चीयर, संसद विगटन गरेर (अझ यनिहरुले त संघियता नै खारेज गर्न सकेसम्मको बल लगाएका थिए तर सकेनन) र अमेरीकी डिस्कर्ड मार्फत यिनीहरुले बनाएको नागरीक सरकार कस्तो थियो यहाँहरुलाई थाहा छँ दै छ । केवल नाम मात्रको नागरीक सरकार । खासमा सरकार चै रबी र बालेनको गठबन्धन सरकार थियो । निर्वाचनको मुखमा गँजडीलाल  बालेन पनि ठगपार्टी रास्वपामै लतारीएर आएपछि त घटनाक्रमलाई थप प्रष्ठ भै गयो । उदाहरणको लागि उनिहरुले गरेको निर्णय हेरम– जेल फुटाएर बिसौं हजार कैदिहरुलाई फरार गराउने ठगलाई जनताले पुनः जेलमै पठाएका थिए तर त्यही ठगलाइ जेलबाट छुटाउने, बिना कानुनी आधार त्यही ठगकोसबै मुद्धा फिर्ता लिने, त्यति मात्र हैन त्यस ठगको बाउ जीबी राइसमेतको मुद्धा फिर्ता लिने । जनताको लगभग २५ अर्ब भन्दा बढी खाएको जीबी राइलाई पहिला ठग गृहमन्त्री हुँदा रातारात भगाएको थियो तर अहीलेको ठगको सरकाले त जीबीको मुद्धा नै फिर्ता लियो । यति मात्र हैन, निर्वाचनको जनमत आफ्नो पक्षमा पार्न, भित्री सेटीङ मिलाउन र निर्वाचन मानिपुलेसनमा आवश्यक जोहो गर्न चुनाव लड्ने खलपात्रहरुलाइ पहिल्यै नागरीक सरकारमा मन्त्री बनाएको थियो । नाम चै नागरीक सरकार, मन्त्रीहरुचै ठग र गजडीको गठबन्धन दल रास्वपाको मन्त्रीहरु, भनेसी सरकार कसको थियो ? नागरीकको थियो कि ठग र गजडीको गठबन्धन सरकार थियो ? हेरौ त राम्रोसँग । छर्लंग छैन र भन्या ? नेपाली जनतालाई यहाँ भन्दा पंगु कति बनाउने ? के नेपाली जनता अन्धो छ ? के नेपाली जनता बैरो छ ? 


पछिल्लो समय खुबै जेन जे, युवा, युवा मात्र भनिएको सुनिन्छ । तिनिहरुको घरमा भाइ बहिनी छैनन कि ? तिनिहरुको घरमा बाउआमा छैनन की ? हजुरबा हजुरआमा छैनन कि ?  कि बाउआमा र हजुरबा हजुरआमा सबैलाई कुटेर घरबाट निकाल्ने गर्छन कि ? के तिनिहरु मान्छे हैनन ? के अनुभव, परिपक्कता, ज्ञान, बुद्धी र विवेकको चै काम छैन ? केवल उत्तेजीत युवा शक्ति मात्र हो अब नेपालमा बस्न पाउने ? संसारभरका नेतृत्व हेरौं, अमेरीका, जर्मनी, जापान, भारत, चाइना, रसीया, बंगलादेश, लगायत संसारका सबै देशमा अनुभवी, विशेष गरेर साठी सत्तरी वर्ष पार गरेका नेताहरुले नै देशको नेतृत्व गरीरहेका छन । अनि, उत्तेजना र आवेगमा मात्र चल्ने गैरजवाफदेही यी गँजडीलालले देश चलाएर कुन खाडलमा लगेर सेलाउछन देशलाइ ? के नेपाललाई जेलेन्सकीले युक्रेनलाइ भडखालोमा हालेजस्तै हालोस भन्ने चाहना छ ? 


खबरदार । तिमिहरु  अपरिपक्क नवयुवाहरु यही चाहान्छौ भनेपनि, यस्तो हुन दिनेछैन महान नेपाली जनताले । ढुक्क भएर आफ्नो पढाइ गर्ने, ज्ञान बटुल्ने, अनुभव बटुल्ने, जागीर खाने, समाज र राष्ट्रलाइ बुझ्ने, आफ्नो आफन्त, इष्टमित्र, छरछिमेक, परिवार र समुदायमा कसरी घुममिलन हुने, कसरी सामाजिक हुने जस्ता महत्वपूर्ण मानविय पक्षहरु र क्षमता विकास गर । अनि बिस्तारै, कसरी राजनीतिमा समर्पित भएर समाजको योगदान गर्ने भन्ने जस्ता कुराहरु बुझेर पछि अनुभवि एवं परिपक्क भएपछि मात्र समाज र देशको नेतृत्व गर्न अग्रसर हुनपर्दछ । पपुलिजमको पछि लागेर आफु व्यक्तिगत विकासलाई ध्वस्त गराउनु बाहेक केही हुनेवाला छैन । एउटा व्यक्तिको पछि लागेर केही हुनेवाला छैन ।  


अन्ततः आजको यो निर्णायक मोडमा आइपुग्दा नेपाली समाजले बुझ्नै पर्ने कुरा के हो भने देश कुनै प्रयोगशाला होइन, लोकतन्त्र कुनै खेलौना होइन र जनअभिमत कुनै एल्गोरिदमले चल्ने भर्चुअल बटन पनि होइन, यो हजारौँ सहिदको बलिदान, पुस्तौँको संघर्ष र आम नेपालीको पसिना र रगतले बनेको साझा भविष्य हो । पपुलिजम, डिजिटल म्यानिपुलेसन, भीड र उत्तेजनाको क्षणिक हल्लाले क्षणभर त आँखामा चमक ल्याउन सक्छ, तर त्यसले दीर्घकालमा देशलाई अराजकता, विभाजन र अधिनायकवादतर्फ धकेल्छ भन्ने कुरा इतिहासले पटक–पटक प्रमाणित गरिसकेको छ । त्यसैले आज नेपाली जनताले फेरि एकपटक आफ्नो विश्लेष्णात्मक विवेक, राजनीतिक चेतना र राष्ट्रिय जिम्मेवारीलाई स्मरण गर्नुपर्ने बेला आएको छ । विगतका सबै निर्वाचनहरूमा सही र समयसापेक्ष निर्णय गरेर लोकतन्त्रलाई जोगाउँदै आएको नेपाली जनता यसपालि पनि भ्रम, उत्तेजना र निराशाको खेती गर्ने शक्तिहरूको पासोमा नफसी देशको पक्षमा उभिनेछ भन्नेमा म विश्वस्त छु । देशको सवाल आउँदा व्यक्तिगत रिस, दलगत आक्रोश, अस्थायी असन्तुष्टि र भावनात्मक उत्तेजनालाई थाती राखेर राष्ट्र, संविधान, लोकतन्त्र, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई पहिलो स्थानमा राख्ने परिपक्वता नै आजको आवश्यकता हो । त्यसर्थ, नेपाली गरीखाने जनताले एकपटक छातिमा हात राखेर पुनः आफ्नो बहुमुल्य अभिमत सही ठाँउमा मतदान गरेर एकस्वरमा भन्नु पर्ने बेला आएको छ कि– “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे” । देशको सवाल जब आइसकेको छ, तब अरु सबै सबै सवालहरुलाइ थाती राखेर देशलाइ जिताउनु पर्छ, देशलाइ बचाउनु पर्छ । यही एकस्वर, यही दृढता, यही एकता र यही एकिकृत विवेकले मात्र नेपाललाई अराजकता, पपुलिजम र विध्वंसको अँध्यारोबाट निकालेर पुनः लोकतान्त्रिक, स्थिर र समुन्नत भविष्यतर्फ डोर्याउन सक्छ ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message