सासु बुहारीको सुमधुर नाता



जिन्दगानी यो, फूलै फूल छ,

सासु–बुहारीको मिलन, अनमोल छ ।


बुहारीको आँखामा, आदरको भाव छ,

आमाको बोलीमा, स्नेहको कलकल छ ।


न त भिन्नता छ, न त भौतीक दूरी छ,

सासुबुहारीको एउटै गीत, एउटै बोली छ ।

 

सासु छ झलमल ज्योती, बुहारी छ उजेली जून,

सँगै बस्दा, सँगै हिँड्दा, जीवन मिठो जमेको छ।

Share:

सौन्दर्यको शाश्वत स्वरूपः हृदयकी रानी

 सर्वोच्च हिमशीखरको सौम्यता जस्तो, आकाश छोएर पनि धर्तिमै हाँसिरहेकी । प्रेमरसले भरिएर जति अग्लो देखिएपनि, तिम्रो प्रेमको गहिराइ, अनन्त महासागर जस्तो । जसरी समुन्द्रको छालहरूमा पानी छल्किन्छ, तिम्रो मृदु हाँसोले मेरो मन छचल्किरहेको छ । देउरालीको बतासजस्तो तिम्रो चाल, कहिले कोमल, कहिले शीतल, कहिले वेगवान । कहिले मनमा चल्छौ, कहिले मुटुसम्म सर्सराउछौ । कहिले झरनालाई मुईखान पहाड चढ्छौ, खासमा, झरनाको सौन्दर्य जस्तै छ तिम्रो आँखा, जसले पत्थरहरूलाई स्पर्श गर्दै, सुमधुर संगीत उराल्छ । वर्षा यामको बादल जस्तो, जो दिनभर आकाश ढाकेर बस्छ; तर साँझपरेपछि, पुन: धर्तीलाई चुम्न आइपुग्छ । तिम्रो गहिरो साथले, मेरो दिनको थकानमा, शान्तिको रङ लगाँउछ, र सारा धर्तिलाई हराभरा बनाउँने, वर्षातको झरी जस्तै, प्रेमको अतृप्ति प्यास मेटाएर, मेरो जीवनलाई अर्थपूर्ण बनाईदिन्छौ । जसरी मिर्मिरेको उषा किरणले उज्यालो विहननी लियर आउँछ, तिम्रो प्रेमको प्रकाशले, मेरो जीवनलाई झलमल बनाएको छ । तिमी त्यो नदी हौ, जुन निरन्तर सतत, सलल, बगिरहन्छ आफ्नै सरिता लयमा, जसरी नदीले, प्रत्येक चट्टानलाई आफ्नो कोमलताले खारेर खनिज बनाउँछ। त्यसरी नै तिम्रो मायाको भेलले मेरो मनको विकारहरू पखालेर, मेरो असलि मसँग भेट गराईदिन्छ । तिम्रो स्पर्श पवित्र पवन जस्तै छ, जसले मेरो जीवनको प्रत्येक पललाई अनुग्रहले भरिदिएको छ । म, तिमीलाई कसरी वर्णन गरूँ? तिमी प्रकृति हौ, सृष्टिकर्ता, संहारर्ता, जिवन्त, जिवन्त, सौन्दर्यको शाश्वत स्वरूप, कोमल, निर्जर, तिमी मेरी सहृदयी रानी हौ ।



Share:

अस्तित्वको चेतावनी: ए मान्छे भाइ एक पटक जाग !



ए मान्छे भाइ,

संसारको भोगमा,

पद, पैसा र प्रतिष्ठाको दौडमा, 

तिमिले बच्पनदेखि नै-

जिवन जिउन त भुलीसक्यौ,

तर, कृपया, एउटा कुरा नभुल-

तिमिले छिटै एक दिन मर्नु पर्छ ।

मर्नुभन्दा पहिले,

एक पटक जाग,

नमर्नु मरिसकेपछि

बेहोसीमा हैन

होसमा मर ।

म हुँ शाश्वत अस्तित्व ।


यो नयाँ वर्षलाइ,

एउटा आशाको वर्ष बनाउ ।

तिम्रो जीर्ण जीवनलाइ,

यो नयाँ वर्षमा पुनर्जीवन देउ ।

तिम्रो मरूभुमी जीवनमा,

यदि तिमि आशाको बिज रोप्न चाहान्छौ भने,

जीवनलाइ यदि फुल्न र फलाउन चाहान्छौ भने,

तिमिलाइ मेरोतर्फबाट यो अर्को सुन्दर अवसर हो,

सादय फेरी तिमिलाइ म अर्काे अवसर दिन सकुला नसकुला,

ए मान्छे भाइ, यस पटक तिमि जाग ।

सान्सारीक भोगको दास हुन बाट जाग

पैसा, बस्तु र मालको दास  हुनबाट जाग,

कम्प्युटर, मेसीन र मोबाइलको दासत्वबाट जाग ।

 म हुँ शाश्वत अस्तित्व ।


तिमि एकपटक गहिरो मौनतामा डुब,

तिमि एकपटक मौनताको महाशुन्यतामा हराउ,

सारा ब्रमाण्डिय गुप्त रहस्यहरू खुल्नेछ ।

तिम्रो जीवनको असलि अर्थ पत्ता लाग्ने छ ।

तिमि को हौ, त्यो पत्ता लाग्ने छ ।

यो नयाँ वर्ष तिम्रो जागरणको लागि

सायद अन्तिम मौका पनि हुनसक्छ ।

मान्छे भाइ, तिमी जाग ।

म हुँ शाश्वत अस्तित्व ।


आत्माको लाल्टिन जलाउ,

आज्ञा चक्र उघारेर हेर-

जुनको आकाशीय उज्यालो,

ताराहरूको अलौकिक चमक,

सुर्यको चमत्कारीक प्रकाश,

छायाको कलात्मक नृत्य, 

वायुको सुमधुर संगीत, 

ऋतुहरूको नित्य चक्र,

ढुंगा-माटोको सौम्य सरलता,

धर्तीको सार्वभौम गुरूत्व,

नदीको सतत सरिता लय,

आकाशको अनन्त विराटता,

ब्रमाण्डको सबै सबै जादुयी चमत्कारहरू देख्ने छौ,

तिमी को हौ?, त्यो पनि थाहा पाउने छौ,

सत्य के रहेछ, तिमिलाइ बल्ल थाहा लाग्ने छ ।


ए मान्छे भाइ,

कृपया, मर्नुभन्दा पहिले तिमि एकपटक जाग,

पूर्णतातर्फको एक पवित्र तिर्थयात्राको निमित्त,

सादय २०८२ तिम्रो लागि,

मेरोतर्फबाट अन्तिम मौका पनि हुनसक्छ ।

म हुँ शाश्वत अस्तित्व ।

Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message