२०८२ साल चैत्र ६ गते शुक्रबारको दिन हाम्रो परिवारका लागि अत्यन्तै विशेष, स्मरणीय र हर्षोल्लासपूर्ण रह्यो । यस दिन प्रिय भतिज (दाइको छोरा) को भातखुवाइ अर्थात् अन्नप्राशन समारोह अत्यन्त श्रद्धा, खुशीयाली, माया र उत्साहका साथ सम्पन्न गरियो । यस शुभ अवसरमा हाम्रो सम्पूर्ण परिवार—आमा, म, मेरी जीवनसंगीनी कमला, दाइ, भाउजु, दाइकी छोरी लगायत नजिकका आफन्तजन र इष्टमित्रहरूको उपस्थितिले वातावरण अझै रमाइलो, खास र आत्मीय भएको थियो । सानो बाबुलाई पहिलो पटक अन्न खुवाउने यो पवित्र संस्कार केवल परम्परा मात्र नभई परिवारका सबै सदस्यहरूलाई एकताबद्ध गर्ने, माया साट्ने र खुशी बाँड्ने सुन्दर अवसर पनि हो । रंगीन सजावट, हर्षोल्लास, शुभकामना र सबैको अनुहारमा देखिएको खुशीले यो दिनलाई झन् अविस्मरणीय बनाएको थियो । विशेषगरी भतिजको अनुहारमा देखिएको मासुम मुस्कानले सबैको मन जितेको थियो । यस्ता पारिवारिक जमघटका क्षणहरू जीवनका अमूल्य सम्पत्ति हुन जसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यका लागि मिठा सम्झनाहरू साँची राख्नेछन भन्ने सत्यलाइ आत्मसाथ गर्दै यस खुसीको क्षणलाई हामीले यादगार पलहरूको रूपमा स्मृतिको पानामा सझाएर राख्ने निधो गर्यौ ।







