दुस्मनसँग युद्ध लड्दै गर्दा
दुस्मनको मार खाएर
पराजय स्वीकार्न
आत्मसमर्पण गर्नै लाग्दा
अकस्मात,
पिताजीको मुहार देख्न
पाइयो भने
दुस्मनसँग पुनः लड्ने साहस
र शक्ति मिल्छ रे ।
युद्ध जित्ने हौसला मिल्छ रे ।
सफलताको दौडमा
दुगुर्दै गर्दा ठक्कर खाई
अशक्त हुँदा दौड जित्ने
सहारा पिताजी रे ।
जीवन भोगाइसँग डराइ
भाग्दै गर्दा संर्घषको
पाठ पढाउने पिताजी रे ।
जीवनमा हरेस खाएर
निराश हुँदा
रंगीन जीवन जिउने
कला सिकाउने गुरु
पिताजी रे ।
जीवनको आधा उमेरभरी
हरेक समस्याको समाधन
पिताजी रे ।
माया, ममता र प्रेम माता भए
सम्पूर्ण ज्ञान, कला, गुरु,
शक्ति र भाक्ति पिताजी रे ।
सिङ्गो धर्ती माता भए
सिङ्गो देश पिताजी रे ।
दुःखको कुरा पिताजीको
मुहार देख्न पाउनु कर्मको
फल होइन रहेछ ।
--SatBhim




