कविताः यस्तै छ मेरो हाल - सधैं बेहाल बेहाल !

हरेक बिहान सुर्योदयसँगै 

सपनाको भारी बोकेर उठ्छु, 

दिनभरि यो खाल्टोको हरेक 

चोक र गल्लीहरुमा लुटिन्छु 

र साँझ हरितन्नम भएर 

डेरामा फर्कन्छु । 

यस्तै छ मेरो हाल ।

सधैं बेहाल बेहाल ।।


लखतरान भएको शरीर

पुनः आशाका टुक्राहरू सँगालेर,

जब पल्टीन्छु ओछ्यानमा,

भोलि त केही होला भन्दै

फेरि उही सपना पाल्छु ।

तर, 

भोलिको सुनौलो कल्पना पनि,

आजकै पीडामा अल्झिरहन्छ ।

यस्तै छ मेरो हाल ।

सधैं बेहाल बेहाल ।।


पसिनाले लेखिएका कथा

कसैले पढ्न चाँहदैन जहाँ,

भोक र अभावको बाध्यताबीच

म बाँचेको छु जसोतसो तहाँ,

जति दौडिए पनि लाग्छ

गन्तव्य अझ टाढा छ । 

यस्तै छ मेरो हाल ।

सधैं बेहाल बेहाल ।।


© SatBhim 


Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message