देश जलाउने आतंककारीहरूको मीलन र सत्ता सपना



देश जलाउने आतंककारी/ठगहरू मिल्नु त स्वभाविक थियो, देशलाइ बंगलादेश बनाउने नाममा त्यत्रो अर्बौको डलर पचाएका स्टेकहोल्डरहरू जो परे । यो त सब  डिजाइन अन्तरगतको एउटा हिस्सा न हो । ब्लुप्रिन्ट त धेरै पहिलादेखि तयार थियो । तर, घर जलाएर फेरी त्यही घरमा जान यिनीहरूको लुछाचुडि जो देखिन्छ, दया लागेर आउछ यिनीहरूको भविष्य सम्झिदा ।


तर, यो मिनल सँगै, गँजडीको हैसियत कति रहेछ भन्ने पनि नेपाली जनताले राम्रोसँग छर्लंगै देखे । अन्तराष्टिय ठगको पाटिमा लतारिएर जानु सिवाय केहि खुल्क्याउन सकेन । अब जीवनभरी- "हाम्रो सभापति ठग हैन, हाम्रो सभापति प्रति राजनीतिक प्रतिशोध भयो" भनेर सडकमा नारा लगाएर जुनि बिताउनु सिवाय यो गँजेडीबाट अरू केहि आशा गर्न सकिन्न । किनभने, ठग पाटिका हरेक नेता/सांसद/कार्यक्रर्ताको पछिल्लो तीन वर्षको काम "हाम्रो सभापति ठग हैन, हाम्रो सभापति प्रति राजनीतिक प्रतिशोध भयो" भन्ने सिवाय अरू एउटो सिन्को भाचेको देखिदैन । ए साची, यिनिहरूले एउटा महान काम (क्रान्ति) चै गरे क्यार- देश जलाउने क्रान्ति । योजनाबद्ध रुपमा (बिदेशीको गोटी बनेर)- जेल फुटाउने, सिहदरवार, सर्वोच्च अदालत, संसद भवन, देशभरीका सरकारी अड्डा, मिडिया हाउस, बिजनेस हाउस, पसल, भाटभटीनि वा जनताको घर जलाएर लुटपाट गर्ने, आतंक मच्चाउने; शहिदहरूको स्टाचु फुटाउने, किसुनजी जस्तो सन्त सादगी नेताको कुटी जलाउने, नेपालमा प्रजातन्त्रको जग हालेका बिपी जस्तो नेताको ऐतिहासिक घर जलाउने जस्ता महान क्रान्ति गरिटोपले क्यार, देश बनेन बनेन भन्ने नारा लगाएर बनेको देश पनि भताभुंग बनायौ, बस त्यति हो ।  सो महान क्रान्ति गर्न तिमि ट्यापे र तिम्रा गँजडी ग्याङ पनि ज्यान दिएर लाग्यौ, किनभने तिमिलाइ नेपालको हिटलरी प्रधानमन्त्री बन्नु जो छ । अब, तिम्रो बचाउमा "राम राम" भन्नु सिवाय केहि गर्न सकिदैन, sorry साथी ।

Share:

जर्मनीबाट फर्किएपछिको पहिलो दशैँ, नयाँ सदस्य र नयाँ खुशीहरू


२०८२ सालको बडादशैँ हाम्रो परिवारका लागि केवल चाडपर्व मात्र थिएन, बरु पारिवारिक एकता, प्रेम र सद्भावलाई अझ मजबुत बनाउने एक अनुपम अवसर बनेको थियो । म अध्ययनको शिलशिलामा ३ वर्ष जर्मन बसेर फर्किएकोले र अझ गत वर्ष २०८१ साल फागुनमा मेरो शुभविवाह भएर घरमा नयाँ सदस्य कान्छि बुहारी थपिएकोले यसपालिको दशै मलाइ त झन विशेष हुने भयो नै । त्यसैले दशैँ शुरु हुनु एक हप्ता अघिदेखि नै हामीमा उत्साह, टिकाजमरा राख्ने तयारी र चाडपर्वको रमाइलोले विशेष बनाएको थियो । दाइभाउजु र छोरी, हामी आमा छोरा बुहारी सबै एउटै ठाउँमा भेला भइ मनाउनु, पालैपालो एकअर्काबाट आशीर्वाद र टिकाजमरा थाप्नु र उत्साह साटासाट गर्नुले परिवारको महत्व झनै प्रगाढ भएको महसुस गरायो । साथै, थानकोट कान्छामामाको घर र गोरखामा मावली जाँदाको उत्साह, आशिर्वाद र रमाइलो त अझ विशेष थियो । समग्रमा, २०८२ सालको बडादशैँ हामी सबैलाई भावनात्मक रूपमा नजिक ल्याउने, प्रेम र सद्भाव बढाउने र परिवार नै जीवनको सबैभन्दा ठूलो समृद्धि हो भन्ने कुरा पनुः सम्झाइ दिने अविस्मरणीय उत्सव बन्यो । स्मरणको लागि केही तस्बिरहरूः














Share:

नेपाल खरानी बनाउने ग्रान्ड डिजाइनको टाइमलाईन



नेपाल खरानी बनाउने ग्रान्ड डिजाइनको टाइमलाईनः

-चीनमा सम्पन्न एन्टी अमेरिकन सभामा नेपालको प्रधानमन्त्री गएर अमेरिकाको प्रमुख शत्रुहरु सिजीङपीङ, पुटीन लगायतसँग भेटनु । अझ नेपालमा लिपुलेकको विषय चर्किएको बेलामा सो सभामा गएको बेला भारतको शत्रु राष्ट चिनसँग लिपुलेक हाम्रो हो, तपाईहरु रोड सम्झौताबाट पछि हटीदिनुस भनेर नेपालको प्रधानमन्त्रीले भनिनु, नरेन्द मोदी चिढिनु, नेपाली प्रधानमन्त्रीको तय भै सकेको वा मुखैमा आएको भारत भ्रमणमा मोदीले पुनः नबोलाउनु, 

-लामो समयदेखि नेपालमा सबै मुख्यत अमेरिका केन्द्रीत सोसल मिडियाले हेपाहाप्रवृत्ती/दादागीरी देखायर नेपालमा दर्तानगरी चलाउनु, दर्ता गरेर कानुनी प्रक्रियामा आएर ट्याक्स तिर्न नमान्नु, 

-सार्वभौम राष्टप्रति यस्तो हेपाहाप्रवृत्तीको विरुद्धमा नेपालले ती अमेरिकन केन्द्रीत सोसल मिडिया ब्यान्ड गरिदिनु, जसले अमेरिका चिढिनु,

-यहि मौकामा नेपालमा कुन कुन समुहहरु भिडाउदा देश कोल्याप्स पार्न सकिन्छ भनेर अमेरिकन लगायत प्रो अमेरिकन राष्टहरु (भारत समेत)ले सोसल मिडियाको आक्रोस चलेको बेलामा देशको सबैभन्दा आक्रोसित र उत्तेजीत युवावर्गलाई अगाडी सारियो भने देश खरानी बनाइदिनसक्छ भनेर त्यही सोसल मिडिया परिचालन गरी फेक जेन जे मोमेन्ट शृजना गरिनु, 

-अझ, उत्तेजीत युवाहरुमा पनि जो जो राजाबादी छन उनिहरुलाइ टार्गेट गरिनु, अझ बढी उत्तेजीत समुह दुर्गा प्रशाइ जस्तो ठग/माफियाको समुहलाई टार्गेट गरिनु, जो जो प्रो अमेरिकन, प्रो इन्डीयन छन जस्तै अन्तराष्टिय ठग रबीको पार्टी रास्वपाका कार्यक्रतालाई टार्गेट गरिनु, जसको उत्तेजीत भीड छ जस्तै बालेन–हर्कहरुको उत्तेजीत समुहलाई टार्गेट गरिनु, र जेन जे आन्दोलन उत्तेजीत बनाउन त्यही ब्यान्ड भएको सोसल मिडियाबाट सर्कुलर गरिनु, यो डिजान गर्न नेपालकै देश विदेशमा रहेका जेन जे समुहभन्दा अग्रजहरुले गर्नु, जस्तै अमेरिकामा बसेर देश भाडने टंके लगायत  जस्ता खलपात्रहरू, देशकाे उग्रबादि युटुबरहरू, प्रत्यक्ष अप्रत्यक्ष  यस फेक माेमेन्टकाे खलपात्र हुनु,

-यस्तो अवसर आएपछि अन्तराष्टिय ठग रबीले पनि जेल फुटायर भाग्ने यै हो मौका भनेर आफ्ना उत्तेजीत कार्यक्रताहरुलाई देशभर तोडफोड गर्न र आगो लगाउन सर्कुलर गरिनु, उसको बिरुद्धमा बोल्दै आएको नेता वा व्यावसायी वा मिडिया छानी छानी जलाउनु । 

-अझ ठग पाटी रास्वपाले आफ्ना सबै साम्सदहरुलाई संसदबाट राजीनामा दिन लगाउनु किनभने उनीहरुलाइ थाहा छ देश खरानी बनाउनलाई ग्रान्ड डिजाइन सफल हुँदैछ,

-जेल फुटायर हजारौ हत्यारा/ठग/बलत्कारी सहित जेलबाट भाग्नु, आफु मात्र हैन देशभरीका जेलहरु फुटाउन अन्तराष्टिय ठग रबीले उर्दी दिनु ।

-यही मौकामा पुराना दलसँग टसल गरिरहेका गँजडी हिटलरी बालेनले, जो पहिलेदेखि सिंहदरबार जलाइदिन्छु भन्दै आएका थिए, आफ्ना उत्तेजीत कार्यक्रताहरुलाइ देश खरानी बनाउन उर्दी दिनु, सिंहदरबार जलाउन उर्दी दीनु । 

-यही मौकामा दलाल माफियाको नेपालकै सबैभन्दा ठुलो ठेकेदार दुर्गा प्रर्शाइले आफु नेतृत्वमा पुग्ने लोभमा आफ्ना विध्वंसकारी कार्यक्रताहरुलाई देश खरानी हुनेगरी विध्वंस गर्न उर्दि दिनु,

-यही मौकामा उत्तेजीत भीडका अर्का नाइकेहरु हर्कसाम्पकाङ (जातिय दाेन्दकाे ठेकेदार) र ज्ञानेन्द शाही जस्तो फटाहाले पनि यही मौकामा देश कोल्याप्स बनाउन सकिन्छ भनेर आफ्ना उत्तेजीत भीडलाई देश खरानी बनाउन उर्दी दिनु,

-अहीले यी फटाहाहरू सबै सबै म नेतृत्व गर्छु भन्दै आउनु वा काेही देश खरानी बनाउन उक्सायर कुना पसेर बस्नु, 

-यो सबै सिनहरु त डिजाइन नै थियो, सामान्य भयो । खेल खतम, पैसा हजम ।

-तर, अर्को अझ सबैभन्दा शंकास्पद चै नेपाली आर्मीको भूमीका । नेपाली आर्मी नेपालको कुनैपनि विपदमा काम आएको छैन (भुकम्पमा भत्केको घर भत्काउन बाहेक), विश्वनै चकित बनाउने त्यत्रो दरबारहत्या काण्ड गराउन सगाउने मतियार नेपाली आर्मी, नेपाली सिमा मिचिदा सिमामा पाइला सम्म राख्न नसक्ने नामर्द नेपाली आर्मी, अहिले देश बचाउन नसक्ने, अन्तमा देश खरानी भइसकेपछि शासन कब्जा गरेर दुर्गा प्रशाइ जस्तो देशको सबैभन्दा खराब पात्र/माफियासँग आर्मीको चिफले दिनभरी बसेर जाँड खाएको फोटो शेयर गर्ने । नेपाली आर्मी लाई मासु भात दिएर पाल्नुको सट्टा कुकुर पालेको भए देशको न्युनतम सूरक्षा गर्ने थियो । देश जलीरहदा हेरीरहने, खरानी भइसकेपछि शासन हातमा लिएर देशबासीलाइ  अन्धकारमा धकेक्ने ।

-हेक्का रहोस, कसैलाई पनि देशमा सरकार परिवर्तन वा शासन व्यवस्था परिवर्तन नै चाहिएको थियो भने चुनाव आउन डेढ वर्ष मात्र थियो, अहिलेको डिजाइन त देश नै कोल्याप्स बनाउने भएकोले अझ के के दुदशा वा डिजाइन जो देखिन बाँकी नै छ, हेर्दै जानु होला ।

-रिस, उत्तेजना, आवेग, विध्वंस, बदला, भीड वा एकछिनकाे उत्तेजीत भीडकाे बाढीले देशलाइ हानी मात्र पुग्छ, क्षति मात्र पुग्छ, देशकाे विकासकाे लागि विवेक, विचार, दर्शन, सिर्जनशिलता र मेहेनत चाहिन्छ । 

-१९९० देखि को निरन्तरको प्रजातान्त्रिक/राजनीतिक संघर्षबाट नेपाल अहिलेको लोकतान्त्रीक अवस्थामा आइपुगेको थियो । देश बनाउन समय लाग्ने हो तर भत्काउन बेर लाग्दैन, २४ घन्टामा भत्कायौं तिमारू आतंककारीहरूले, खरानी बनायौ ।

पुर्खाले कति त्याग र तपस्या गरेर सिर्जेकाे देश एक दिनमा खरानी हुनेगरी जलाउने आतंककारी जेन जीहरू, तिमिहरू मानव हैनाै, तिमिहरूप्रति थु थु थु । अनि, जेनजीको बाउअमा! धेरै महान छोराछोरी जन्माउनुभएको रहेछ तपाइहरूले, तपाइहरूकै घर जलाउलान, विचार गर्नुहोला ।

Share:

कृष्ण तिमिलाइ राधा सुहाको...!

खासमा मलाइ अभिनय गर्न मन पर्दैन र आँउदैन पनि । हामी दुबै कुनैपनि सामाजिक संजाल चलाउदा पनि चलाउदैनम । तर, तीजको पावन अवसरमा बुडीले एउटो भिडियो बनाम बुडा भनेर बिनम्र अनुरोध गरेपछि लौ त लौ बनाम भनेर रमाइलोको लागि बनाएको एउटा भिडियो । कृष्ण तिमि मनैमा पसेछौ, थाहै नपाइ सुटुक्क बसेछौ । रातो रूमालको, कृष्ण तिमिलाइ राधा सुहाको । 

म चै कृष्ण अरे, उनी चै राधा अरे । म कृष्णलाइ उनी राधा अति सुहाएको अरे । नसकिने भयो कमलिसँग, नसकिने भयो । अन्तत, यो भिडियो हामी दुबैको लागि एउटा मिठो स्मृति बनेर बस्यो । त्यसैले यसलाइ सुरक्षित राखम भनेर आफ्नै ब्लगसाइटमा प्रकाशन गरिराखेको ।



Share:

सासु–बुहारीको तीजका रमाइलो क्षणहरू



नेपाली नारीहरूको महान एवं पवित्र चाड तीजको पावन अवसरमा मेरी आमा र मेरी बुडी अर्थात सासु–बुहारीले यस वर्ष निकै उत्साहका साथ विभिन्न तीज विशेष कार्यक्रमहरूमा सहभागी हुँदै श्रद्धापूर्वक तीज मनाए । काठमाडौँ उपत्यकाको सम्पूर्ण महादेव मन्दिरहरूमा गरिएको पवित्र दर्शन, चेलिबेचिहरूबीचको दरखाने कार्यक्रमको हाँसो–ठट्टा र नाचगान, अनि नगरकोटको सुनौलो विहानी, चिसो हावा र रमणीय दृश्यसँगै बिताएका अनुपम क्षणहरू सबै सबै ले सासुबुहारीको यस वर्षको तीज उत्साहपूर्ण, स्मरणीय र अर्थपूर्ण भएको मैले बुझेको छु । सासुबुहारीको तीज विशेष झलकहरु सम्झनाको लागि यहाँ प्रकाशन गरेको ।













Share:

धेरै पछि भेटिएको साथी: एक यादगार दिन


आजको दिन मेरोलागि एकदमै खास दिन सावित भयो । किनभने, स्कुलको साथि जो कक्षा ६ देखि कक्षा १० सम्म सँगै एउटै स्कुल श्री भीमोदय उच्च माध्यमिक विद्यालयमा पढियो, केयरसिंङ गुरूङसँग धेरै पछि काठमाडौंमा भेट हुँन पाउदा र दिनभरी दुइभाइ साथि काठमाडौंका विभिन्न ठाँउहरू बालाजु, माछापोखरी, बाइपास, बाइसधारा, त्यसपछि बुडानिलकन्ठ भगवानको दर्शन र अझ सबैभन्दा सुन्दर पक्ष चै जामचेन बिजय स्तुपासम्मको पदयात्रा एकदमै विशेषा रह्यो । स्कुले साथी, धेरै पछि भेट भएको, जीवनको दुख सुखको गफगाफ, जीवनको योजना, अरिअर र पारिवारीक कुराहरू, हाँसो र ठठ्टा गरेर दिन एकदमै थाहा नै नपाए झै बितिगयो । हुन त हामि निरन्तर फुन मार्फत सम्पर्क भइनै रहन्थ्यो, उ गाँउ माछेखोलामा बस्ने, म काठमाडौंमा, त्यसैले फुनबाट सम्पर्क त भइनै रहन्थ्यो, तर भेट भएर यसरी घुमघाम गर्न पाउँदा हामी दुबैजना एकदमै खुशी भयौं । उ जहिले काठमाडौं आएपनि मलाइ सम्झिएर भेटेकै हुन्छ । समग्रमा यस्तो प्रिय साथिसँगको भेटघाट र घुमघाम एकदमै स्मरणीय रह्यो । सम्झनास्वरूप केही तस्बिरहरूः









Share:

बिशंखुनारायण क्षेत्रको पिकनिकः एउटा अविस्मरणीय दिन



राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फन) द्वारा २०८२ साल जेठ ३ गते शनिबार आयोजना गरिएको बिशंखुनारायण धार्मिक क्षेत्रको पिकनिक कार्यक्रम साँच्चिकै अविस्मरणीय बन्यो । पवित्र धार्मिक स्थल बिशंखुनारायणको दर्शन गर्दै, गाउँ–टोलको रमणीय वातावरणमा गरिएको भ्रमणले कार्यक्रमलाई झन् अर्थपूर्ण बनायो । मन्दीरभित्रको ऐतिहासिक गुफामा छिरेर निस्कदाको अनुभवले सबैलाई उत्साहित बनायो । त्यस्तै, नाचगान, खेलकुद, समूहगत गतिविधि र सहभागीहरूले दिन अझै जीवन्त भयो । चारैतिर हरियालीले ढाकिएको प्राकृतिक वातावरण, स्वादिष्ट भोजन, रमाइलो गफगाफ र सबैको उत्साहपूर्ण उपस्थितिले गर्दा पिकनिक कार्यक्रम भव्य र यादगार रूपमा सम्पन्न भएको अनुभूति हामी सबैले गयौं ।









Share:

सासु बुहारीको सुमधुर नाता



जिन्दगानी यो, फूलै फूल छ,

सासु–बुहारीको मिलन, अनमोल छ ।


बुहारीको आँखामा, आदरको भाव छ,

आमाको बोलीमा, स्नेहको कलकल छ ।


न त भिन्नता छ, न त भौतीक दूरी छ,

सासुबुहारीको एउटै गीत, एउटै बोली छ ।

 

सासु छ झलमल ज्योती, बुहारी छ उजेली जून,

सँगै बस्दा, सँगै हिँड्दा, जीवन मिठो जमेको छ।

Share:

सौन्दर्यको शाश्वत स्वरूपः हृदयकी रानी

 सर्वोच्च हिमशीखरको सौम्यता जस्तो, आकाश छोएर पनि धर्तिमै हाँसिरहेकी । प्रेमरसले भरिएर जति अग्लो देखिएपनि, तिम्रो प्रेमको गहिराइ, अनन्त महासागर जस्तो । जसरी समुन्द्रको छालहरूमा पानी छल्किन्छ, तिम्रो मृदु हाँसोले मेरो मन छचल्किरहेको छ । देउरालीको बतासजस्तो तिम्रो चाल, कहिले कोमल, कहिले शीतल, कहिले वेगवान । कहिले मनमा चल्छौ, कहिले मुटुसम्म सर्सराउछौ । कहिले झरनालाई मुईखान पहाड चढ्छौ, खासमा, झरनाको सौन्दर्य जस्तै छ तिम्रो आँखा, जसले पत्थरहरूलाई स्पर्श गर्दै, सुमधुर संगीत उराल्छ । वर्षा यामको बादल जस्तो, जो दिनभर आकाश ढाकेर बस्छ; तर साँझपरेपछि, पुन: धर्तीलाई चुम्न आइपुग्छ । तिम्रो गहिरो साथले, मेरो दिनको थकानमा, शान्तिको रङ लगाँउछ, र सारा धर्तिलाई हराभरा बनाउँने, वर्षातको झरी जस्तै, प्रेमको अतृप्ति प्यास मेटाएर, मेरो जीवनलाई अर्थपूर्ण बनाईदिन्छौ । जसरी मिर्मिरेको उषा किरणले उज्यालो विहननी लियर आउँछ, तिम्रो प्रेमको प्रकाशले, मेरो जीवनलाई झलमल बनाएको छ । तिमी त्यो नदी हौ, जुन निरन्तर सतत, सलल, बगिरहन्छ आफ्नै सरिता लयमा, जसरी नदीले, प्रत्येक चट्टानलाई आफ्नो कोमलताले खारेर खनिज बनाउँछ। त्यसरी नै तिम्रो मायाको भेलले मेरो मनको विकारहरू पखालेर, मेरो असलि मसँग भेट गराईदिन्छ । तिम्रो स्पर्श पवित्र पवन जस्तै छ, जसले मेरो जीवनको प्रत्येक पललाई अनुग्रहले भरिदिएको छ । म, तिमीलाई कसरी वर्णन गरूँ? तिमी प्रकृति हौ, सृष्टिकर्ता, संहारर्ता, जिवन्त, जिवन्त, सौन्दर्यको शाश्वत स्वरूप, कोमल, निर्जर, तिमी मेरी सहृदयी रानी हौ ।



Share:

अस्तित्वको चेतावनी: ए मान्छे भाइ एक पटक जाग !



ए मान्छे भाइ,

संसारको भोगमा,

पद, पैसा र प्रतिष्ठाको दौडमा, 

तिमिले बच्पनदेखि नै-

जिवन जिउन त भुलीसक्यौ,

तर, कृपया, एउटा कुरा नभुल-

तिमिले छिटै एक दिन मर्नु पर्छ ।

मर्नुभन्दा पहिले,

एक पटक जाग,

नमर्नु मरिसकेपछि

बेहोसीमा हैन

होसमा मर ।

म हुँ शाश्वत अस्तित्व ।


यो नयाँ वर्षलाइ,

एउटा आशाको वर्ष बनाउ ।

तिम्रो जीर्ण जीवनलाइ,

यो नयाँ वर्षमा पुनर्जीवन देउ ।

तिम्रो मरूभुमी जीवनमा,

यदि तिमि आशाको बिज रोप्न चाहान्छौ भने,

जीवनलाइ यदि फुल्न र फलाउन चाहान्छौ भने,

तिमिलाइ मेरोतर्फबाट यो अर्को सुन्दर अवसर हो,

सादय फेरी तिमिलाइ म अर्काे अवसर दिन सकुला नसकुला,

ए मान्छे भाइ, यस पटक तिमि जाग ।

सान्सारीक भोगको दास हुन बाट जाग

पैसा, बस्तु र मालको दास  हुनबाट जाग,

कम्प्युटर, मेसीन र मोबाइलको दासत्वबाट जाग ।

 म हुँ शाश्वत अस्तित्व ।


तिमि एकपटक गहिरो मौनतामा डुब,

तिमि एकपटक मौनताको महाशुन्यतामा हराउ,

सारा ब्रमाण्डिय गुप्त रहस्यहरू खुल्नेछ ।

तिम्रो जीवनको असलि अर्थ पत्ता लाग्ने छ ।

तिमि को हौ, त्यो पत्ता लाग्ने छ ।

यो नयाँ वर्ष तिम्रो जागरणको लागि

सायद अन्तिम मौका पनि हुनसक्छ ।

मान्छे भाइ, तिमी जाग ।

म हुँ शाश्वत अस्तित्व ।


आत्माको लाल्टिन जलाउ,

आज्ञा चक्र उघारेर हेर-

जुनको आकाशीय उज्यालो,

ताराहरूको अलौकिक चमक,

सुर्यको चमत्कारीक प्रकाश,

छायाको कलात्मक नृत्य, 

वायुको सुमधुर संगीत, 

ऋतुहरूको नित्य चक्र,

ढुंगा-माटोको सौम्य सरलता,

धर्तीको सार्वभौम गुरूत्व,

नदीको सतत सरिता लय,

आकाशको अनन्त विराटता,

ब्रमाण्डको सबै सबै जादुयी चमत्कारहरू देख्ने छौ,

तिमी को हौ?, त्यो पनि थाहा पाउने छौ,

सत्य के रहेछ, तिमिलाइ बल्ल थाहा लाग्ने छ ।


ए मान्छे भाइ,

कृपया, मर्नुभन्दा पहिले तिमि एकपटक जाग,

पूर्णतातर्फको एक पवित्र तिर्थयात्राको निमित्त,

सादय २०८२ तिम्रो लागि,

मेरोतर्फबाट अन्तिम मौका पनि हुनसक्छ ।

म हुँ शाश्वत अस्तित्व ।

Share:

मनको मिलनदेखि वैवाहिक बन्धनसम्म: जब हाम्रो प्रेमले सात फेरा पूरा गर्यो



हाम्रो प्रेम कहानी

प्रेमको बिजारोपण जुन दिन भयो, त्यही दिन दुई वर्षपछि हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण आयो— हाम्रो शुभ विवाह । म (भीम) र मेरी प्रेमीका (कमला) को पहिलो भेट २०७९ साल फागुन ९ गते भएको थियो । त्यसै दिनदेखि हामीले एकअर्कालाई माया गर्न थाल्यौ । बिस्तारै बिस्तारै हामीबीचको आत्मीय सम्बन्धले गहिरो प्रेमको रुप लियो । दुई वर्षसम्म हामी कहिल्यै एकअर्कासँग सम्पर्कविहीन भएनौं, बरु हामी हरेक दिन घण्टौं घण्टा फोनमा कुराकानी गथ्र्यौं । फुनमा कुरा गर्दा हामी सधै दुःख सुखका कुरा गर्ने, हाँस्ने, रमाउने र बालापनदेखि अहिलेसम्मको अनुभव साटासाट गरेर हामीले एकअर्कालाई गहिरोसँग बुझ्यौं । दूरीले हाम्रो प्रेमलाई कहिल्यै कम गर्न सकेन, म जर्मनीमा अध्ययनरत थिएँ, उनी नेपालमै, तर हाम्रो मन भने सँधै एउटै धड्कन्थ्यो । दुई वर्षसम्म कहिल्यै झगडा गरेनौं, किनभने हाम्रो सोच, व्यवहार, दुःख सुख, संघर्ष, अनुभव, विचार र सपना एकदमै मिल्दोजुल्दो थियो । भनिन्छ– जन्म, विवाह र मरण देखेको हैन लेखेको हुन्छ, ठ्याक्कै त्यस्तै भयो । हाम्रो पहिलो भेटको ठ्याक्कै २ वर्षपछि २०८१ साल फागुन ९ गते, हामी विवाहको पवित्र बन्धनमा बाँधियौं । 

शुभ विवाहको अविस्मरणीय दिन



हाम्रो योजना अनुसार २०८१ साल फागुन ९ गते नै हामीले एकअर्कालाई जीवनसाथी बनाउने निर्णय गर्यौं । सोही अनुसार फागुन ८ गते जगिया लगाएर, शुभविवाहको पूर्वाङ्ग गर्यौ । बिहेको दिन हाम्रो बसाइ काठमाडौँको मातातीर्थबाट जन्ती गएका थियौँ पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको घर चक्रपथमा, किनभने मेरी प्रेमीका उहाँको नातिनी थिइन् । हामी करिब ६५ जना जन्ती उल्लासमय पञ्चेबाजा र नाचसहित भव्य रमाइलो गर्दै गएका थियौँ । बिहेको पूरै संस्कारिक विधि सम्पन्न गर्यौं, सबै परम्परागत रीतिरिवाजहरू पालना गर्दै, सात फेरा घुम्यौं र बाचाकसम खाएर विवाह बन्धनमा बाधियौं । दुलहीलाई घर भित्र्याउने क्रममा बैनिहरूले परम्पराअनुसार बाटो छेके । बैनिहरूले बाटो छाड्न मोलमोलाई गरेको क्षण अझ अविस्मरणीय रह्यो । दुलही भित्र्याउने सबै विधि पूरा गरिसकेपछि दुलहीको मुख हेर्ने कार्यक्रम सम्पन्न भयो, जसले दुलहीलाइ हाम्रो परिवारसँग घुममिलन र चिनजान गराएर उनलाइ पारिवारीक नाता गाँस्न सहज गरायो । यसरी फागुन ९ गते हाम्रो जीवनकै सबैभन्दा महत्वपूर्ण, स्वर्णिम एवं शुभ दिन सावित भयो । जे भएपनि हाम्रो मिलन केवल संयोग मात्र हैन, बरु दुई वर्ष लामो प्रेम र समझदारीको सुन्दर परिणति हो ।

रिसेप्सन भोजको भव्यता

बिहेको भोलीपल्ट फागुन १० गते, सम्राट पार्टी प्यालेस, नयाँबजारमा, हाम्रो रिसेप्सन भोज थियो । १५० जना भन्दा बढी आफन्त, इष्टमित्र र साथीभाइहरू हामीलाइ बधाइ तथा शुभकामना दिन पाल्नुभएकाले हामीमा उत्साहको कुनै सीमा थिएन । रमाइलो नाचगान, खानपान र शुभकामनाले वातावरण उल्लासमय बनेको थियो । त्यो दिनको भब्य रमाइलो क्षणहरू हाम्रो स्मृतिमा अमिट रहिरहेको छ । खासमा हाम्रो विवाहले हामीलाई मात्र होइन, सबैलाई अविस्मरणीय क्षणहरूको उपहार दियो ।  

प्रेमको सफल परिणति

यसरी, हाम्रो दुई वर्ष लामो प्रेम विवाहमा परिणत भयो, र हामी गृहस्थ जीवनको मार्गमा अगाडि बढ्ने प्रण गर्यौं । उनी मेरो प्रेमीकाबाट मेरी जीवनसंगिनी भइन । समग्रमा भलै हाम्रो विवाह सभ्य, सरल र सिम्पल भए पनि भव्य र स्मरणीय रह्यो । यी पलहरू जीवनभर हाम्रो हृदयमा सुनौलो सम्झनाको रुपमा रहनेछन् । विवाहको दिन हामीले केवल संस्कारहरू मात्र पुरा गरेनौं, बरु जीवनभर सँगै रहने संकल्प समेत गर्यौं । 

यो प्रेम, बिश्वास र आत्मीय सम्बन्धको यात्रा जीवनभरि यस्तै प्रगाढ बनिरहुन् । हाम्रो प्रेमकथा, हाम्रो विवाह र यी सुनौला क्षणहरू सँधै स्मरणीय रहिरहून् ! ❤

हाम्रो शुभ विवाहको सम्झनाको लागि केहि भिडियोहरूः





Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message