भर्चुअल भीडभाडभित्र हराएको मान्छे



आजभोली सामाजिक सञ्जाल, 
पूर्ण असामजिक पुष्टि भइरहेको छ ।
यसले मानिसहरुलाई जोड्ने हैन,
वास्तवमा टुटाउने काम गरिरहेको छ–
उसको ध्यानलाई, उसको मनलाई, 
उसको युनिक अस्तित्वलाई । 
आजभोली त मानिसले आफु मानिस हो कि
मिसिन हो बिर्सीसकेको छ । 

आजभोली मान्छेहरु 
एकआपसमा गहिरो वार्तालाप गदैनन, 
केवल ठाडो टिप्पणी मात्र गर्छन ।
एकअर्काको कुरा सुन्दैनन,
केवल ओठे जवाफ फर्काउछन । 
मानिसले आजभोली सोच्चदैन,
उसले रिएक्ट मात्र गर्छ ।
किनभने, उसको चेतनाको सन्तुलन,
आक्रोश र भ्रमको बाढीमा बगिरहेको छ ।

गीत/कविता लेख्ने हातहरु त आजभोली,
केवल रिल स्क्रोल गर्न व्यस्त छन ।
विचार जन्माउने मस्तिष्कहरु त आजभोली,
नोटिफिकेसनको आवाजमा रमाइरहेका छन । 

यो संसारमा अब शब्दहरू छैनन,
केवल एकोहोरो आवाजहरू छन ।
विचारहरू छैनन,
केवल प्रतिविचारहरुको प्रतिस्पर्धा मात्र छन । 
अनि सृजनशीलता?
मानिसको सृजनशीलता त,
स्क्रिनको उज्यालोमा खरानी भइरहेको छ ।

ओ, सामाजिक सञ्जाल!
तिमीले जोड्न त जोड्यौ  संसार,
तर काट्यौ आत्मा ।
तिमीले दिएर पनि लियौ सबै—
शान्ति, धैर्य, मौन, सृजनशीलता ।
आजभोली मान्छे बाँच्छ,
तर केवल अनलाइन दास भएर ।

ओ, सामाजिक संजाल!
तिमिले समाजलाई जोडेजस्तो गरेर,
भित्रभित्रै धुजा धुजा पारी टुक्रायौ ।
जातको नाममा, धर्मको नाममा, 
राजनीतिको नाममा, विचारको नाममा । 

सामाजिक सञ्जाल,
अब यो केवल कुरा गर्ने ठाउँ होइन,
यो त विचारहरूलाई बन्धनमा राख्ने डिजिटल जेल हो,
जहाँ स्वतन्त्रता पनि एल्गोरिदम अनुसार सास फेर्छ ।
मानिस अब आफ्नो विचार अनुसार होइन,
अरूले लेखेको, भनेको, देखाएको कुरा अनुसार चल्छ । 
साँचो सोच्ने शक्ति,
अब ‘फिड’ को गहिराइमा डुबेर बेहोस छ ।
उसको मौलिकता चोरी भइसकेको छ,
उसको स्वतन्त्र चेतना,
अब शेयर, लाइक र ट्रेंडको नोकर बनेको छ ।
त्यसैले, मानिसले आजभोली 
आफ्नो वास्तविक जीवनलाई होइन, 
आफ्नो प्रोफाइललाई सिगार्न थालेका छन ।

सामाजिक संजालको बजारमा
सत्य होइन, अब झुट मात्रै बिक्छ । 
किनभने, सत्यको चाल ढिलो छ, 
कहिल्यै रिच बढाउँदैन । 
तर, झुटको स्पिड इन्टरनेटभन्दा पनि छिटो छ,
एकैछिनमा भाइरल भएर सनशनी मच्चाउछ ।

समाजिक संजालको बजारमा,
मानिसहरुले सस्तो दाममा 
आफ्नो विवेक र आत्म बिक्री गरिरहेकछन । 
संस्कृति अब भिडियो क्लिपमा सीमित छ,
संस्कार रिल बनेर नाचिरहेको छ ।
इतिहासको अर्थ बिग्रिएको छ,
परम्पराको आत्मा विस्मृतिमा हराएको छ ।
अब पूजा पनि कन्टेन्ट हो,
र विश्वास ‘कमेन्ट’ मा लौलिन्छ ।
खासमा यो युगले 
मानिसहरुलाई मानिस होइन,
केवल युजर मात्र बनाएको छ ।

अनि म सोच्दछु,
के पहिले कहिल्यै यस्तो समय आएको थियो,
जहाँ सम्पूर्ण मानवता
एउटा स्क्रिनभित्र थुनिएको होस
र स्वतन्त्रताको नाममा
सबै आत्माहरू 
संजालको गुलाम बनेका होस ?

मानिस अब सत्य खोज्दैन,
सत्य अब सर्च रिजल्ट बनेको छ ।
दिमाख अब सोच्दैन,
त्यो एआई सुझाब अनुसार निर्णय गर्छ ।
यो संसारमा अब क्रान्ति पनि भर्चुअल छ,
र परिवर्तन पनि केवल स्टाटस अपडेटमा सीमित छ ।
साँचो बौद्धिकता बन्दी छ, किनभने, 
विवेक ट्रेन्डिङ को कठपुतली बनेको छ ।

समग्रमा,
संजालले मानिसको विवके शून्य पारेको छ,
यसले मानिसको वैचारिक क्षमता नष्ट गरेको छ,
यसले मानिसको दिमाख कब्जा गरेको छ,
यसले मानिसको सिर्जननात्मक क्षमता नष्ट गरेको छ,
यसले समाजमा सामाजिक विचलन ल्याएको छ,
यसले समाजमा सामाजिक विकृति फैलाएको छ,
यसले ज्ञानको नाममा भ्रम फैलाइरहेको छ,
यसले समाजलाई मिसगाइड गरिरहेको छ,
यसले मानिसको अफ्नो युनिक विचारहरुलाई विलिन पारेर अरुको विचारको दास बन्न बाध्य पारेको छ ।
यसले मानिसहरुलाइ भड्काएको छ ।
यसले सामाजिक एकतामा खलल पुर्याएको छ ।
यसले समाजमा दोन्द फैलाएको छ ।
यसले सामाजिक जनमतलाई भड्काएको छ । 
यसले एल्गोरिदमको आधारमा गलत सूचना बार बार दोहोराएर, सत्यलाई ओझेलमा परेको छ ।
यसले संस्कृतिमाथि ठाडो प्रहार गरेको छ । 
Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message