कविताः वैगुनि समय...



ऊ अघि अघि । म पछि पछि । 

आउछ । लान्छ । जान्छ । 

दुःख दिन्छ । रुवाउछ । 

चोट दिन्छ । दुखाउछ ।

प्यार दिन्छ । छुटाउछ । 

खुसी दिन्छ । लुटाउछ । 

भाग्य दिन्छ । फुटाउछ । 

याद दिन्छ । चुटाउछ ।

त्यसैले, 

वैगुनि समयको नामबाट 

नयाँसालमा  म शुभकामना बाड्दीन ।

मलाइ माफ गर्नुहोला ।।

© SatBhim

Share:

कविताः मेरा बा शहीद भएनन्



मेरा बाले पनि 

कयौ युद्ध लडेका थिए । 

भोकसँगको युद्ध ।

शोकसँगको युद्ध । 

टारमा बाझो बारीसँग । 

उकालीमा भारीसँग ।। 

तर कहिल्यै जीतेनन् । 

हारलाई हार मानेनन् ।

युद्ध लडिरए । घामसँग ।

पानीसँग । बताससँग ।

युद्ध लड्ने क्रममा 

एउटा भयानक युद्ध लडे

मृत्युसँग–अन्तिम युद्ध । 

लड्दा लड्दै मरे ।

मर्न त मरे तर 

न त शहीद भए 

न त कमाण्डर कहलीए । 

गरिबीसँग लड्दा लड्दै

उपचार खर्च नभएर 

प्याकप्याकीदै,छटपटिदै 

तुलसीको मोठमा 

मृत्युसँग अन्तिम युद्ध लडे । 

लड्दा लड्दै मरे ।

हाँसी हाँसी मरे ।।

मृत्युसँग लड्न र 

मर्न सीकाएर मरे ।

तर मेरा बा शहीद भएनन् । 

कमाण्डर कहलीएनन् ।


© SatBhim

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message