सं/गीत: पहाड झुक्नु पर्छ, आधी रुक्नु पर्छ!


यस तस्बिर हामी आर आर क्याम्पसबाट २०७१ साल फागुन ९ गते दामन पिक्निक जाँदा खिचिएको हो, सम्झनाको लागि यहाँ अभिलिखित।

पहाड झुक्नु पर्छ, आधी रुक्नु पर्छ
हामी युवा जुटेपछि, काँडा फुल्नु पर्छ । 

जहाँ हामी टेक्छौ त्याहाँ, मोति फल्नु पर्छ
जता हामी भन्छौ त्यतै, घाम लाग्नु पर्छ । 

आऊ आजै पानीबाट, आगो झिक्नु पर्छ
जता ततै निर्माणको, ढोका खोल्नु पर्छ । 
Pahad Jhuknu parchha, aandhi ruknu parchha
[आवाजः राम थापा]
[शब्दहरुः दिनेश अधिकारी]
Share:

कविताः आत्मा



अमर छ । अजर छ । 

अजब छ । गजब छ । 

न जन्म हुन्छ न मृत्यु । 

न आकार छ न प्रकार ।

न देख्न सकिन्छ न छुन ।

कहाँ छ ? कस्तो छ ? 

कत्रो छ ? कति छ ?

नाप छैन । तौल छैन । 

छ त केबल अचम्म छ । 

अदृश्य,अदभूत  शक्ति छ ।

त्यसैले हरेक मनुवाभित्र 

राज गरिरहेको छ “आत्मा” । 


© SatBhim

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

Send Me a Message